असार ६,
काठमाण्डौ । विश्वमा कोरोना सङ्क्रमित मध्ये आधाभन्दा धेरै निको भएका छन् । झण्डै ८७ लाख ५८ हजार सङ्क्रिमत रहेकोमा ४६ लाख २५ हजार बढी निको भएका हुन् । सङ्क्रिमतमध्ये ४ लाख ६२ हजार ५ सयको ज्यान गएको छ ।
हालसम्समा बैभन्दा धेरै अमेरिकामा झण्डै २३ लाख सङ्क्रिमत भएका छन् भने ९ लाख ५६ हजार निको भएका छन् । अमेरिकामा १ लाख २१ हजारले ज्यान गुमाएका छन् ।
सङ्क्रिमत धेरै हुनेको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा १० लाख ३८ हजार रहेका छन् । त्यहाँ ५ लाख २० हजार निको भएका छन् । ब्राजिलमा ४९ हजारको ज्यान गएको छ ।
भारतमा झण्डै ३ लाख ९६ हजार सङ्क्रिमत भएका छन् भने २ लाख १४ हजार निको भएको वल्र्डओमिटरले जनाएको छ ।
पछिल्लो विवरण अनुसार भारतमा १२ हजार ९ सय ७० जनाको ज्यान गएको छ । यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ । संगठनका प्रमुख टेड्रोस अधानोम ग्रेबियसले विश्व नयाँ र खतरनाक चरणमा प्रवेश गरेको भन्दै थप सचेत रहन आग्रह गरे । file Photo





