Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिग्रिएको छवि सुधार्दै ओली

जनता भ्वाइस by जनता भ्वाइस
June 23, 2020
in विचार
0
बिग्रिएको छवि सुधार्दै ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले संविधान संशोधन गरेको छ । संसदका दुवै सदनबाट संविधान संशोधन भएपछि राष्ट्रपतिले प्रमाणीकरण पनि गरेकी छिन् । नेपालको निशान छाप परिवर्तन भएर राजपत्रमा पनि प्रकाशित भइसकेको छ, अब सरकारी कामकाजमा र चलनचल्तीमा यही छाप प्रयोग हुने छ । संविधान संशोधनमा सबै दल एकमत भएर सकारात्मक सन्देश दिएका छन् । अरुबेला सानातिना कुरामा पनि विभाजित हुने र सधैं द्धन्द्ध निम्त्याउने ती दलहरुको एकता उदाहरणीय भएको भन्दै प्रशंसा गरिएको छ । संसदमा उपस्थित सबै सांसदले संशोधनको पक्षमा मतदान गरेका थिए । सरकारले मन्त्रिपरिषद्को जेष्ठ ५ गतेको बैठकबाट नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरे अनुसार नै ७ गते नयाँ नक्सा सार्वजनिक भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सामात्र होइन भूमि नै ल्याएर देखाइछोड्ने अडान लिँदै आएका छन् ।

नेपालले संविधान संशोधन गरेकै दिन भारतले आपत्ति जनाएको छ । भारतले भने वार्ताको वातावरण बिथोलिएको समेत आरोप लगाएको छ । लामो समयदेखिको बिबाद भएकाले नेपालले त्यो जमिन फिर्ता लिन सक्दैन भन्ने धेरैले अनुमान गरेका छन् । ओलीको बोली अनुसारको व्यवहार भयो भने उनले आफूलाई थप स्थापित हुने एउटा अवसर पाउने छन् । सरकार गठन हुँदा ओलीप्रति जनताको जति अपेक्षा थियो त्यो अनुसार काम नभएको र धेरै गफ र कम काम गर्ने भएकाले उनी नराम्ररी आलोचित भएका थिए र अझै पनि छन् । नयाँ नक्साले उनको बिग्रदै गएको छविलाई थोरै भएपनि सुधार गरिदिएको छ तर भूमि नै फिर्ता गराउन सके भने उनी साँच्चै राष्ट्रवादी नेताका रुपमा ठहर हुने छन् नेपालले सधैं अन्तिम अवस्थामा मात्र आएर महत्वपूर्ण निर्णय गर्ने गरेको छ । गत कार्तिक १६ गते नै भारतले नेपालको भूमि प्रकाशित गरेर नक्सा सार्वजनिक गरेपनि नेपाल सरकार चुपचापजस्तै लागेको थियो । एक सातापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सबैजसो नेताले परराष्ट मन्त्रालयको भर पर्न नहुने र प्रधानमन्त्रीस्तरीय नै वार्ता गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई पहलकदमी गर्न सुझाव दिएका थिए ।

सरकारले सामान्य विज्ञप्ती निकाल्नुबाहेक हामी गम्भीर छौं भनिएपनि युद्ध स्तरमा चासो नदेखाएकाले भारतले पटकपटक नेपाललाई हेप्दै आएको थियो । ओलीले नक्सामात्र प्रकाशित गर्ने र सधैं भारतसँग छलफल भइरहेको छ भन्दै काम नगर्ने चलख्याँई गर्छन् कि भन्ने आशंका पनि जिवित छ, यदी नियतवश रुपमा भारतलाई चित्त बुझाउन र सरकारको आयु बढाउन त्यसै गर्छन् भने जनताले अवश्य पनि बुझ्ने छन् । नेपालको राजनीतिमा भारतको प्रतक्ष्य संलग्नता हुने भएकाले पनि भारतविरुद्ध गए सरकार ढुलमुल हुने भएकाले सरकार र मन्त्रीहरु जे छ त्यसलाई कडा रुपमा राख्न पनि सक्दैनन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि पटकपटक भारतसँग वार्ताको प्रयास भइरहेको र भारतले समय नदिएको प्रतिक्रिया दिँदै आएका छन् । यो सिमा बिबाद धेरै पुरानो भएकाले दुई देशसँगको मात्र विषयमात्र पनि छैन । दुवै देशले यो भूभाग आफ्नै भएको दावी गरेपछि वास्तविक रुपमा यो जमिन कसको भन्ने विषय निकै गम्भीर बनेको छ । नेपालले आफ्नै भएको सबै प्रमाण सुरक्षित रहेको दावी गरेको छ । गत बैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालको बाटो हुँदै कैलाश मानसरोवर जाने बाटोको उद्घाटन गरेपछि बिबादले झन् उग्र रुप लिएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नागरिकता विधेयकमा आपत्ति जनाउनुको कुनै औचित्य छैन – नारायण काजी श्रेष्ठ

Next Post

रामेछापमा फेरी थपिए एक जना कोरोना संक्रमित

Next Post
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

रामेछापमा फेरी थपिए एक जना कोरोना संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.