असार ०७
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेपाका) नेता नारायण काजी श्रेष्ठले नागरिकता विधेयकमा आपत्ति जनाउनुको कुनै औचित्य नभएको बताएका छन् । आइतबार टुवीट गर्दै नेता श्रेष्ठले नेपाली नागरिक पुरुषसँग विवाह गरेकी बिदेशी नागरिक महिलाको हकमा अङ्गिकृत नागरिकता प्राप्त गर्न राखिएको ७ वर्षको विषयमा आपत्ति जनाउनुको कुनै औचित्यपुर्ण कारण नभएको उनले लेखेका हुन । नागरिकता विधेक विवाधित बनेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्षको सीमा राख्ने हो भने संविधान संशोधन गर्नुपर्ने माग गरेको छ । आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसदहरूले यस्तो माग गरेका हुन्।
यसअघि शनिबार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेपाली पुरूषसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत वैवाहिक नागरिकता दिन उपयुक्त हुने निर्णय गरेको थियो । सत्तारूढ दलको उक्त निर्णय यसअघिको सहमति र संविधानको मूल मर्मविपरीत भएको कांग्रेस सांसदहरूले तर्क गरे ।
नेता श्रेष्ठले भने यो विषयमा राष्ट्रिय सहमति कायम गररे अधि बढनु पर्ने बताएका हुन ।