Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना पछिको नेपालको रोडम्याप

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in फिचर, विचार
0
कोरोना पछिको नेपालको रोडम्याप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्याँस, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ? उत्तर स्पष्ट छ । पढेपछि सानोतिनो काम गर्नु हुँदैन भन्ने गरिब नेपाली संस्कार जो हामीमा झुन्डिएको छ । झुर मानसिकता र प्रमाणपत्रहरू काखी च्यापेर हामी पढेका भनिएका मानिसहरू बाँचिरहेका छौं । यो खराब मानसिकता हो । तर कुरो यसो होइन ।

जुनसुकै काम सिके पनि मानिसले त्यसबाट प्रशस्त पैसा कमायो भने ऊ आफ्नो कामप्रति अधिक सन्तृष्ट हुन्छ । शिक्षाले दिने अनेक कुराहरूमध्ये सन्तुष्टि पनि हो । जो मानिसले आफूले गर्ने काममा पाउने गर्छ । अँझ त्यो काम उसको आफ्नै छनोटको भयो भने त झन् सुनमा सुगन्धै हुन्छ ।

भन्न त मानिसहरू रोजगारीमा सोर्सफोर्सले काम गर्छ भन्छन् तर कुशाग्र बुद्धि भएको मानिसका लागि वा सीप र तालिमले तिखारिएको मानिसका लागि कुनै रोजगारीमा पनि प्रतिस्पर्धा हुन सक्दैन । बरू उसको आफ्नो मात्र प्रतिस्पर्धा आफैँसँग हुन्छ । यो कुरा ठट्टा होइन सोरैआना साँचो हो ।

अहिलेको जमानामा प्राविधिक र साना काममा पउल पैसा छ । रेडियो र टेलिभिजन अनि पत्रपत्रिकामा कुनै प्रकारका काम पाउनका लागि तालिम र सीप चाहिने खालका विज्ञापनहरू प्रकाशित भैरहेका हुन्छन् । जोसँग सीप छ उसले काम पाइरहेको हुन्छ अनि जोसँग तालिम र सीप छैन उसले काम पाएको हुँदैन । भन्न त मानिसहरू रोजगारीमा सोर्सफोर्सले काम गर्छ भन्छन् तर कुशाग्र बुद्धि भएको मानिसका लागि वा सीप र तालिमले तिखारिएको मानिसका लागि कुनै रोजगारीमा पनि प्रतिस्पर्धा हुन सक्दैन । बरू उसको आफ्नो मात्र प्रतिस्पर्धा आफैँसँग हुन्छ । यो कुरा ठट्टा होइन सोरैआना साँचो हो ।

एक छिन गम खाएर सोच्नुस् त । हो पनि ।

जीवनलाई उपयोग हुने सन्दर्भमा यहाँ जीवनोपयोगी शिक्षा भनिएको हो । संसारका सबै दर्शन र सिद्धान्तको सार भनेको –मानिसको सुख र आनन्द हो । भौतिकवादको आदि होस् या अध्यात्मवादको अन्त्य सबैको उपसंहार भनेकै –आनन्द उर्फ परमानन्द हो । असीम तुष्टि । पर म सन्तुष्टि । कोही कसैको पनि विचार समग्रमा आजसम्म एउटा मानिसको विपक्षमा छैन र हुनु हुँदैन । सारमा । या संसारमा ।

पूर्वीय धर्मशास्त्रको आदिग्रन्थ वेदले ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तुमा कश्चिद् दुःख भाग्जन’ भनेर संसारका सबै मानिसहरू सुखी हुन्, दुखीया कोही नहून्, सबैको कल्याण होस् र सबै आनन्दमा रहून भनेको छ ।

पूर्वीय धर्मशास्त्रको आदिग्रन्थ वेदले ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तुमा कश्चिद् दुःख भाग्जन’ भनेर संसारका सबै मानिसहरू सुखी हुन्, दुखीया कोही नहून्, सबैको कल्याण होस् र सबै आनन्दमा रहून भनेको छ । मानिसले उसले दसबीस वर्ष परिश्रमपूर्वक साधना गरी अहोरात्र खटेर पसिनाको भाग लगाएर लिएको शिक्षाले उसको पछिल्लो जीवनमा काम गरेन भने त्यसले उसको सफल मानसिकतालाई सम्बोधन गर्न सक्दैन । एक त शिक्षा उधारो प्रकृयाका रूपमा हाम्रो देशमा भैरहेको छ । आज लगानी गर भोलि भए खाऊँला । एकजना मेरा मित्र हुनुहुन्छ वहाँ आफ्ना सन्तानमा गरेको शैक्षिक लगानीलाई सोरैआना जोखिमयुक्त लगानी भन्नुहुन्छ । नेपाली परिवेशमा नराम्रो भयो भने कामै पाउँदैन र राम्रो भयो भने विदेश गैहाल्छ । बस् । यो सामान्य सोच मात्र हो ।

एउटा व्यक्तिलाई त्यस्तो शिक्षा दिनु पर्यो कि उसको शिक्षाले उसलाई जीवनभरि रोजगारी र अवकासीय जीवनमा पेन्सनको सुविधा दिन सकोस् । नदी बगेजस्तो सततः ।

प्राविधिक शिक्षाले मानिसलाई आधिकाधिक सन्तुष्टि दिन्छ । सीपले । रोजगारीले । पैसाले । जीवनोपयोगी शिक्षाले अनुकरणीय अवस्थाको स्थापना गरिदिन्छ ।

पढेर मात्र केही हुनेवाला छैन यदि उसले समयानुकूल सीप भएको शिक्षा पाएन भने । कामले कुनै पनि मानिसलाई जीवन जिउनसक्ने स्रोत दिन्छ । पढेर सरक्कै त्यसैअनुसारको काम एउटा मानिसले पायो भने ऊ सन्तुष्ट हुन्छ । पहिलेको जमानामा पनि सानोतिनो कुटिर उद्योग संचालन गर्ने खालका जीवनोपयोगी शिक्षा दिने संस्था र निकायले बिस्तारै बिस्तारै भए पनि प्राविधिक शिक्षा दिन थालेका थिए ।

शिक्षा भनेको पहिलेपहिले विकासको पूर्वाधार भएको कुरा बताइन्थ्यो तर अहिले शिक्षालाई अधिकारमा लिइन्छ । अधिकारको कुरा गर्ने सन्दर्भचाहिँ विकासे संस्थाहरूको काउन्सिलिङ्ले ल्याएको हो । यसर्थमा संसारको मुहार फेरेको नै शिक्षाले हो ।

शिक्षा भनेको पहिलेपहिले विकासको पूर्वाधार भएको कुरा बताइन्थ्यो तर अहिले शिक्षालाई अधिकारमा लिइन्छ । अधिकारको कुरा गर्ने सन्दर्भचाहिँ विकासे संस्थाहरूको काउन्सिलिङ्ले ल्याएको हो । यसर्थमा संसारको मुहार फेरेको नै शिक्षाले हो । जसले समयानुसारको शिक्षा लिन सकेको हुन्छ । उसले आफ्नो भविष्य पनि निकै उज्यालो भएको महसुस गरेको हुन्छ । शताब्दी÷सहस्राब्दीको परिवर्तनसँगै समयले विज्ञान र प्रविधिको निकै विकास गरेको छ ।

पूर्वमा ज्ञानगंगा रसाएको थियो भने पश्चिममा विज्ञानको आकासगंगा फैलिएको थियो ।

शिक्षाको इतिहास मानव सभ्यताको इतिहास जत्तिकै पुरानो छ । विश्वको पहिलो प्रकाशित पुस्तक चीनको ‘हिरक ग्रन्थ’ हो । यो इसापूर्व नै प्रकाशित भैसकेको थियो । समयान्तरमा मानिसहरू कागजमा प्रकाशित पुस्तकको भर नपर्ने भएका छन् । अहिले ‘इ बुक’ को चलन चलेको छ । यसो भएर पनि विश्वमा छापिएको पुस्तकको माग भने घटेको छैन । ‘मानिसको विकास शिक्षाबाट र बिरूवाको विकास आधुनिक कृषि प्रविधिबाट भएको हो’ भनेर भारतका आधुनिक विद्वान् जेके कृष्णमूर्तिले भनेका छन् । मानिसले प्राप्त गरेको बुद्धि र विवेकबाट नै यो संसारमा भएका सबै प्राणीभन्दा ऊ उच्चकोटीको प्राणीमा दरिएको हो । प्रकृतिले मानिसलाई जति सीप दिएको छ त्यो अन्य प्राणीलाई दिएको छैन ।

कसैलाई भुक्ने, कसैलाई सुँघ्ने, कसैलाई मिठो स्वर अनि कसैलाई दौडने शक्ति दिए पनि मानिसलाई चाहिँ यी सबै शक्तिको एकमुष्ठ स्वरूपमा बुद्धि दिएको छ । यही बुद्धिका कारण मानिसले संसारमा यतिविधि विकासका झाँकीहरू प्रस्तुत गर्न सकेको छ । यो उसकै मानस शक्तिका कारण भएको हो ।

कसैलाई भुक्ने, कसैलाई सुँघ्ने, कसैलाई मिठो स्वर अनि कसैलाई दौडने शक्ति दिए पनि मानिसलाई चाहिँ यी सबै शक्तिको एकमुष्ठ स्वरूपमा बुद्धि दिएको छ । यही बुद्धिका कारण मानिसले संसारमा यतिविधि विकासका झाँकीहरू प्रस्तुत गर्न सकेको छ । यो उसकै मानस शक्तिका कारण भएको हो ।

यही माहौलमा समयले पखेँटा चाल्यो । सभ्यताले टाप कस्यो । अहिलेको संसारिक गति हेर्ने हो भने हामी प्रविधिको चकाचौँध विकासमा मानिसले गर्न नसकेका कुराहरूको लेखाजोखा मात्र गर्ने हो भने पहिलेको समयभन्दा निकै प्रगति पाउँछौं । कुरा के भने वर्षे भेल तर्न नसकेर वाल्ल परेर खोलाको वारिपट्टि नै उभिने मानिस अब चन्द्रमामा पुग्ने भएको छ । ज्ञानात्मक शिक्षा लिने मानिसहरू चन्द्रमालाई अर्घ चढाइरहेका छन् भने प्रविधिमूलक शिक्षा लिने मानिसहरू चन्द्रमामा गएर त्यहाँको मज्जा लिन सक्ने हैसियतका भैसकेका छन् ।
यो अवस्था भने धनी मानिस र विकसित देशका मानिसमा धेरै छ ।

शिक्षा प्रसारका बाटामध्ये अहिलेको महत्वपूर्ण बाटो भनेको प्राविधिक शिक्षा हो । मानिसले जीवनसँग जोड्ने शिक्षाका रूपमा लिएको र विगत् निकै समयदेखि अब्बल शिक्षा भनेर मानिएको प्राविधिक र व्यावसायिक शिक्षाका रूपमा लिइएको यो पाटोलाई अहिले जीवनसँग जोड्नेहरूले पनि यसैमा बढीसेबढी वकालत गर्न थालेका छन् ।

विकसित देशको व्यक्तिको शिक्षाले उसलाई उसको कामसँग जोडेको हुन्छ । इच्छासँग जोडेको हुन्छ । बजारमा विकसित भएका प्रविधि र विधिसँग जोडेको हुन्छ । बजारले जे माग्छ त्यो विद्यालय र विश्वविद्यालयमा सिकाइन्छ ।

विकसित देशको व्यक्तिको शिक्षाले उसलाई उसको कामसँग जोडेको हुन्छ । इच्छासँग जोडेको हुन्छ । बजारमा विकसित भएका प्रविधि र विधिसँग जोडेको हुन्छ । बजारले जे माग्छ त्यो विद्यालय र विश्वविद्यालयमा सिकाइन्छ । यो अहिलेको संसारको पद्दति हो । नेपालजस्ता गरिब र विकासोन्मुख देशमा चाहिँ अहिले पनि सैद्धान्तिक शिक्षा कै रट लगाइएको छ । जनतालाई चाहिएको रोजगारी या स्वरोजगारीको सन्दर्भमा उनीहरूलाई बेवास्ता गरिएको छ । यो त भयो बास्वविकता । अब भविष्यको जनेजा चाहिँ के छ त ?भन्दा पनि यथास्थितिको अवस्था अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण भएको यो व्यवस्थासँगै विद्यमान छ ।

जीवनोपयोगी शिक्षा के सम्भव छ ?

यो हाम्रो देशका लागि निकै दसकदेखिको टाउको दुखाइको विषय हो । नेपालमा शिक्षा र चेतनाका कुरा गर्दा राणाकालको इतिहासलाई नै मन लगाइनलगाई पल्टाउनु पर्ने हुन्छ । जङ्गबहादुरले तीन महिना लगाएर बेलायत यात्रा गरेपछि नेपालमा देखासिकी रूपमा अहिलेको थापाथलीस्थित थापाथली दरबारमा विसं १९१०तिर ‘दरबार हाइस्कुल’ स्थापना गरेको हो । सन्तानलाई मात्रै भएपनि अङ्ग्रेजी शिक्षा र आधुनिक विश्वको चेतना संप्रेषणार्थ जङ्गबहादुरले दाखचोकमा दरबार हाइस्कुलको स्थापना गरे । कालान्तरमा त्यसले देशभरि नै चेतनाको उभार ल्याउन प्रत्यक्ष अप्रत्यक्षरूपमा मद्दत गरेथ्यो ।

सात सालको अवस्थाले नेपालको निकै कालो अवस्था संकेत गर्दछ । त्यसपछि पनि शिक्षामा ह्वात्तै विकास भएको पाइदैँन । किनकि सत्र अगाडि र सात साल पछाडिको समयले अहिलेको जस्तै टेलिसिरियलझैँ संक्रमणलाई झेलेको थियो ।

वि.सं.२००२ सालतिर नेपालको कूल साक्षरता २ प्रतिशत मात्रै थियो अर्थात् एकसय जना मानिसमा अन्ठानब्बे जना मानिसहरू निरक्षर थिए । हुन त त्यसै बेलामा हाम्रा बूढापाकाहरू ‘पढी गुनी कुनै काम हलो जोती खायो माम’ भन्थे । बाँकी २ जना मात्रै साक्षर थिए –सयको समूहमा । यो एक प्रकारले कहालीलाग्दो अवस्था थियो । यस्तो अवस्थाले नेपालको शैक्षिक जगत्को टिठलाग्दो अवस्था चित्रण गर्दथ्यो । वास्तविकता पनि यही थियो ।
सात सालको अवस्थाले नेपालको निकै कालो अवस्था संकेत गर्दछ । त्यसपछि पनि शिक्षामा ह्वात्तै विकास भएको पाइदैँन । किनकि सत्र अगाडि र सात साल पछाडिको समयले अहिलेको जस्तै टेलिसिरियलझैँ संक्रमणलाई झेलेको थियो । यो अवस्थामा भएका करिबकरिब सबै शैक्षिक संस्थाहरूलाई धुकधुकी जोगाएरै थेग्ने काम मात्र भएको थियो ।

प्राविधिक शिक्षा कहिलेदेखि ?

प्रविधिसँग एकाकार गरेर लैजान सकिने शिक्षा प्राविधिक शिक्षा हो । यसले पनि मानिसको निकै ठूलो आवश्यकतालाई सम्बोधन गर्छ । जीवन जिउन हरेक मानिसलाई रोजगारी चाहिन्छ । त्यो रोजगारी दिलाउने काम प्राविधिक शिक्षाले दिन्छ । नेपालमा डाक्टर, इन्जिनियर, ओभरसियर, नर्स र कम्प्युटरसँग सम्बन्धित प्राविधिक शिक्षा निकै अघिदेखि दिन थालिएको हो । शिक्षकहरूलाई शैक्षिक तालिम दिनका लागि आधार स्कुलहरूको स्थापना राणा राज्यको अन्त्य सम्ममा हुन थालेको थिायो ।

त्यसपछि क्रमशः नयाँ शिक्षाको उदयपछि प्राविधिक र जीवनोपयोगी शिक्षाले आफूलाई आम जनमानसकैसामु कारगर रूपमा उभ्याएपछि भने निम्न, मध्यम र उच्च वर्गका लागि समेत यो आसाको केन्द्र बनेको छ । अहिले त लगभग गाउँगाउँमा मानिसहरू प्राविधिक शिक्षाको अभ्यास गर्न थालेका छन् ।

महाभारतको मिथकलाई विश्वास मान्ने हो भने अर्जुनले सुभद्राको गर्भमा रहेका अभिमन्युलाई पनि आमाकै पेटमा हुँदा चक्रव्यूहमा पस्न सिकाएका तर सुभद्रा कथान्तमा निदाएकीले अभिमन्यु निदाउन विवश भएकाले चक्रव्यूहबाट बाहिर निस्कने उपाय नजानी वाल्ल परेका साथै उनको चक्रव्यूहमै परेर मृत्यु भएको कुरा महाभारतले सगौरव वर्णन गरेको छ । यो त भयो आख्यान अर्थात् कल्पिताख्यान ।

शिक्षा कुनै पनि मानिसको जीवनमा जन्मदेखि मृत्युपर्यन्त चलिरहने शाश्वत र निरन्तर प्रकृया हो । केही विद्वान्हरूले त शिक्षण सिकाइ प्रकृयालाई ‘ओहम टु टोहम’ पनि भनेका छन् । यसो भनेर यसले गर्भदेखि चिहानसम्मलाई भनेको हो । महाभारतको मिथकलाई विश्वास मान्ने हो भने अर्जुनले सुभद्राको गर्भमा रहेका अभिमन्युलाई पनि आमाकै पेटमा हुँदा चक्रव्यूहमा पस्न सिकाएका तर सुभद्रा कथान्तमा निदाएकीले अभिमन्यु निदाउन विवश भएकाले चक्रव्यूहबाट बाहिर निस्कने उपाय नजानी वाल्ल परेका साथै उनको चक्रव्यूहमै परेर मृत्यु भएको कुरा महाभारतले सगौरव वर्णन गरेको छ । यो त भयो आख्यान अर्थात् कल्पिताख्यान । तर वास्तविकतामा पनि जीवनोपयोगी शिक्षा सम्भव छ ।

नेपालमा सैद्धान्तिक शिक्षाको उन्मुलन आवश्यक छ ?

नेपालमा अघिअघि ल्याइएका शिक्षाका पुराना जडौरी प्रकारका योजनाका लागि मात्र योजना बन्ने कार्य प्रणालीलाई अब बन्द गरी नयाँ र समुदायमा आधारित प्राविधिक शिक्षाको महाअभियानलाई थाल्न ढिलो भैसक्यो । अहिले गाउँमा सैद्धान्तिक शिक्षा र सहर बजारमा चाहिँ प्राविधिक र जीवनोपयोगी शिक्षा दिने परिपाटी अलि क्रियाशील भएकाले पनि गरिब र सीमान्त वर्गका मानिसहरू शिक्षाको मोडलबाट निराश भएका हुन् । यो प्रकृयाले हेर्दा पनि अहिले गरिब, दलित, जनजाति, छेउ लागेको वर्ग र सीमान्तकृत वर्गलाई प्राविधिक शिक्षाले सम्बोधन गर्दै गएन भने अब अचेतनशील मानिसको दृष्टिमा फेरि शिक्षालाई उही धनी र हुनेखाने वर्गको कुरा गर्ने साधन मात्र भन्ने बुझिन सक्छ ।

– अहिलेको समयमा दूध, मासु, अन्डा र फूलखेतीमा देशलाई आत्मनिर्भर बनाउने हो भने देश दिन दुगुना रात चौगुना धनी हुन्छ ।

– साना जलविद्युत, पिउने पानी, फलफूल, तरकारी, माछा, सांस्कृतिक सिनेमा, डक्युमेन्ट्री निर्माण, कम्प्युटर प्रोग्रामजस्ता कुराहरूमा अब मध्यम र उच्च जन शक्तिका सीपहरू दिएका खण्डमा देश दुईचार दसकमै धनी बन्छ ।

प्राविधिक शिक्षा स्थापनाका केही नौला र मौलिक उपायहरू ः

– पाँचै विकासक्षेत्रमा साना, मझौला र ठूला जनशक्ति उत्पादन गर्ने खालका प्राविधिक शिक्षालयहरूको स्थापना गरेर ।
– समावेशी प्रजातन्त्रको अवधारणालाई मूर्तरूप दिन गरिब, दलित, जनजाति, सीमान्तकृत, मधेशी र छेउ लागेको वर्गका व्यक्तिलाई प्राविधिक शिक्षामा ल्याएर र शिक्षालाई जीवनसँग जोड्नका लागि जहाँ जुन भूगोलमा जे हुन्छ त्यहाँ त्यही पढाउने जस्तै ः सुनसरीमा माछापालन र तरकारी खेती, सिन्धुलीमा सिन्कौली, रामेछापमा जुनार, सोलुमा पर्वतारोहरण र पर्यटन, कास्कीमा होम स्टे, मनाङ र मुस्ताङमा साहसिक पर्यटन, पश्चिमी पहाडी जिल्लामा यार्सागुम्बा आदि ।
– प्राविधिक शिक्षालाई मध्यनजर गरेर राष्ट्र सेवा र विविध कार्य प्रकृतिको संयोजन गर्नुपर्छ ।
– व्यक्तिलाई उसको बसोबास भएको क्षेत्रको भूधरातलीय स्वरूप अनुसारको शिक्षा र सीप दिनुपर्छ । जस्तै ःतराईमा हुने प्रकारका बालीनालीलाई तराईमा पढाइलेखाइ गर्नुपर्छ । त्यसैगरी पहाडका चिजबिजहरू पहाडमा उत्पादन गर्न सकेर निर्यात गर्न सकिएको खण्डमा धेरै उपयोगी हुन्छ । हिमालका वस्तुहरू हिमाली क्षेत्रमा नै पढाइ हुनुपर्यो ।
– अहिलेको समयमा दूध, मासु, अन्डा र फूलखेतीमा देशलाई आत्मनिर्भर बनाउने हो भने देश दिन दुगुना रात चौगुना धनी हुन्छ ।
– साना जलविद्युत, पिउने पानी, फलफूल, तरकारी, माछा, सांस्कृतिक सिनेमा, डक्युमेन्ट्री निर्माण, कम्प्युटर प्रोग्रामजस्ता कुराहरूमा अब मध्यम र उच्च जन शक्तिका सीपहरू दिएका खण्डमा देश दुईचार दसकमै धनी बन्छ ।
– राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलहरूलाई यहाँ आयोजना गर्नु पर्यो । खेल कूटनीतिको प्रयोगका साथै खेल पर्यटनमा ध्यान दिन बन्जी जम्प, रेसलिङ् र हिउँ स्कीजस्ता खेल कार्यक्रम देशीय रूपमै अगाडि बढाइनु पर्यो ।
– पर्यटनमुखी अर्थतन्त्रको विकासमा आधारित शिक्षानीति ल्याउनुपर्छ अहिले भएको पुरानो र सिद्धान्तमुखी पाठ्यक्रमलाई तुरुन्तै हटाउनु पर्छ । च्यातेरै फाल्नु पर्छ ।
– श्रमलाई सम्मान गर्न सक्ने खालको शिक्षालाई अनिवार्य गर्नुपर्छ । जस्तै ः पत्रकार, शिक्षक, वकिल र प्राध्यापकलाई पार्ट टायम जब गर्न सक्ने संस्कृतिको आरम्भ गर्नु पर्छ ।
– जनतालाई अनिवार्य रूपमा साक्षर र केहीलाई विशीष्ट खालको सैद्धान्तिक शिक्षा, रूचि भएका तमाम मानिसलाई सीप भएको शिक्षा अनिवार्य रूपमा दिने ।
– नदीका बगरमा सामूहिक प्रकारले सहकारीको माध्यमबाट लसुन, प्याज, गोलभेडा, सिमसारका सागहरू, लौका, फर्सी, खोर्सानी, परबरजस्ता महँगा तरकारी खेती वा फलफूल खेती जस्तै ः तरभुजा, खरभुजा, काँक्रा र खिरा खेती गर्न सकिन्छ ।

– भीरमौरी काढ्नेहरूको साहसिक कथा, राउटेहरूको यायाबरीय कथा (घुमैया कथा) र नेपाली गाउँघरका बूढापाकाहरूको अचम्मका रमाइला लोककथा, गाउँखाने कथालाई नेपाली सिनेमाका पर्दामा ल्याएर लामाछोटा खालका सिनेमा बनाएर खिच्ने । जसबाट नेपालीले काम र नाम दुवै पाउँछन् । साथै विश्वका ओस्कार र अन्य विश्वप्रसिद्ध पुरस्कारहरू पाउने खाले रणनीति बनाउने ।


– युवा युवतीलाई मौरीपालन, बट्टाईपालन, फूलखेती, फलफूल खेती, च्याउ खेती, गाईभैँसी पालन, बाख्रा पालन र धरातलीय स्वरूप फरकफरक खालका भएका स्थानमा फलफूल खेतीमा अनिवार्य रूपमा लगाउनका लागि तालिम र सीपको विकास गराउने खालको व्यावसायिक शिक्षा दिनुपर्छ ।
– नाङ्गा पाखा र डाँडाहरूमा रूख बिरूवा रोप्नै पर्ने र नरोपेमा जरिवानाको संस्कृति पनि सुरू गर्नु पर्छ ।
– वृद्धवृद्धा, महिला, अशक्त, गरिब र निमुखालाई उनीहरूको मानवीय ऊर्जा प्रयोग हुने खालको सीप र तालिम दिने । जस्तै ः बत्ती कात्ने, धूप बनाउने, मइनबत्ती बनाउने, हातले बनाएका दुना, टपरी र बोहोता बनाउने काममा र लुगामा टाँकघर हाल्ने, उन्नेतुन्ने काम, आइरन लगाउने, बगैँचामा पानी हाल्ने, फूलहरू गोडमेल गर्ने र अन्य हाते काम लगाउन सकिन्छ ।
– मध्ये पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका नाङ्गा डाँडामा अनिवार्य रूपले फलफूल खेती गर्ने, वृक्षरोपण गर्ने, भूगोल र हावापानी हेरी चिया, अलैँची, अदुवा, बेसार, अम्रिसोजस्ता घाँसे वनस्पति, बयर, सतिबयर, चिउरी र अन्य प्रकारका रूख रोप्ने कार्यलाई अभियानका रूपमा लैजाने ।
– सामुदायिक वनमा आधारित साल र सखुवाका पातमा आधारित वृहत् प्रकृतिका दुनाटपरी उद्योग तराई, भित्री मधेश र पहाडी जिल्लामा सहकारीका रूपमा खोल्ने ।
– नेपालले ‘प्याटेन्ट राइट’ लिन नसकेका तर उत्पादन गरी निर्यात गर्ने गरेका लप्सी, आँप, अम्बा, गुन्द्रुक, मोरब्बा, नेपाली कागज, अकबरे खोर्सानी र बेसारजस्ता कुराहरूमा नेपाली उत्पादनको पेटेन्ट राइट लिने । त्यसले नेपालकै नाम विश्वमा चम्काउँछ । जसबाट नेपाली साना र मझौला सबै खाले उद्योगले विश्व बजारमा आफ्नो नाम राख्छ ।
– विश्व खेल जगत्लाई चकित पार्ने खालका खेल प्रविधि, खेल सामग्री र खेलाडीहरू नेपालबाट उत्पादन गर्दै नेपाली भूमिमा अब क्रमशः दसौँहज्जार खेलकुद विद्यालयहरूको स्थापना गर्ने । नेपालमा खेलिने पारम्परिक र विकसित खेलमा नेपाली खेलाडीहरू उत्पादन हुन थालेका छन् । तिनीहरूलाइरहरमुखी नभएर जीवनमुखी बनाई व्यावसायिक बनाउने ।
– नेपालमा संचालनमा आएका माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूलाई अब क्रमशः एकातिर साक्षर र अर्कोतिर पेसागत विद्यालयको अवधारणानुसारका फुटबल, भलिबल, बास्केटबल, क्रिकेटजस्ता खेलकुद विद्यालयका रूपमा रूपान्तरण गर्दै लैजाने ।
– फूटबल, भलिबल, हेण्डबल, बास्केटबलजस्ता व्यावसायिक र कपर्दी, भेडीगाँठो, काकाजोरी बिजोरी, तेलकासा, लठ्ठीकासा साथै बूढीजस्ता गाम्रीण जनजीवनका खेलहरूलाई पुनर्जागरणका माध्यमबाट नयाँ ढङ्गले व्यवसायीकरण र व्यापारीकरण गर्दै जाने ।
– नेपाली लोकजीवनमा आधारित कथा, मुन्धुम, आख्यान, उपाख्यान, मिथक, जनश्रुति, लोकाख्यान र जनजातीय गाथा बोकेका बालोपयोगी कार्टून चलचित्र र युवामुखी तथा वयश्कमुखी एनिमेटेड चलचित्र बनाएर विश्व बजारमा लैजाने ।
– सांस्कृतिक र पर्यटनमुखी वृत्तचित्रहरूको निर्माण आक्रामकरूपमै थालनी गर्ने र त्यस्तो निर्माणलाई सरकारबाट अनुदान दिने । त्यस्ता पढाइ हुने खालका विद्यालय एव म क्याम्पसहरूको स्थापनामा विदेशीहरूको सहयोगसहित विदेशी विश्वविद्यालयहरूसँग सम्पर्क राखी सम्बन्धन लिई काम थाल्ने ।

– ग्रामीणमुखी खासगरी कृषिका सन्दर्भलाइ समाचारमा ल्याउनका लागि कृषि क्षेत्रको गाउँ पत्रकारिताको आरम्भ गर्नुपर्छ । जसमा नामुद् र हिरो कृषकका कथा, जीवनी, अन्तरबार्ता, लेख र फिचरजस्ता सामग्रीले खेतीपाती, बजार विस्तार र कृषि कार्यको व्यापारीकरणलाई अघि बढाउन ठूलो टेवा दिनसक्छ । जसका कारणबाट देशको जिडिपीकै वृद्धि हुन जान्छ ।


– भीरमौरी काढ्नेहरूको साहसिक कथा, राउटेहरूको यायाबरीय कथा (घुमैया कथा) र नेपाली गाउँघरका बूढापाकाहरूको अचम्मका रमाइला लोककथा, गाउँखाने कथालाई नेपाली सिनेमाका पर्दामा ल्याएर लामाछोटा खालका सिनेमा बनाएर खिच्ने । जसबाट नेपालीले काम र नाम दुवै पाउँछन् । साथै विश्वका ओस्कार र अन्य विश्वप्रसिद्ध पुरस्कारहरू पाउने खाले रणनीति बनाउने ।
– ग्रामीणमुखी खासगरी कृषिका सन्दर्भलाइ समाचारमा ल्याउनका लागि कृषि क्षेत्रको गाउँ पत्रकारिताको आरम्भ गर्नुपर्छ । जसमा नामुद् र हिरो कृषकका कथा, जीवनी, अन्तरबार्ता, लेख र फिचरजस्ता सामग्रीले खेतीपाती, बजार विस्तार र कृषि कार्यको व्यापारीकरणलाई अघि बढाउन ठूलो टेवा दिनसक्छ । जसका कारणबाट देशको जिडिपीकै वृद्धि हुन जान्छ ।

यसरी अनेकन खालका प्राविधिक शिक्षाको उपाय अवलम्बन गरेर नै हामीले नेपालका लागि सुन्दर भविष्यको निर्माण गर्नु नितान्त जरुरी भैसकेको छ ।

यस्तो कार्यक्रम गर्न कुनै वादी नै आवश्यक छैन । केवल विकासवादी इच्छाशक्तिका मानिसहरू नेतृत्वमा पुगे हुन्छ । तेस्रो आँखा खोल्नका लागि सबैमा चेतना भया । जय नेपालीपन ! जय नेपाली भावना !!

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

९ लाखभन्दा धेरै काेराेना सङ्क्रमित निकाे भए

Next Post

माकुनेको बुइ चढेर सत्ता हत्याउने प्रचण्डको छिर्के दाउ

Next Post
माकुनेको बुइ चढेर सत्ता हत्याउने प्रचण्डको छिर्के दाउ

माकुनेको बुइ चढेर सत्ता हत्याउने प्रचण्डको छिर्के दाउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.