Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यालयकाे नतिजा प्रकाशन : प्रभाकारिता र परीणाम

Kumar Shrestha by Kumar Shrestha
May 1, 2020
in विचार
0
विद्यालयकाे नतिजा प्रकाशन : प्रभाकारिता र परीणाम
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काेराेनाकाे विश्वव्यापी संक्रमणका कारण जारी लकडाउनकाे बीच अहिले हतारमा विद्यालय स्तरकाे नतिजा परीक्षार्थीकाे नाम सहित सामाजिक संजालमा प्रकाशन भैरहेका छन्, याे त्यति राम्राे हाेइन । कसैकाे कुनै विषयकाे सफलता वा असफलताकाे निर्णयकाे सार्वजनिकिकरण कन्फसडेन्सियल (गाेप्य) विषय हाे । स्कूलमा सुचनापाटीमा टाँस्नु, स्कूलसँग सम्बन्धित व्यक्तिहरू सम्म प्रबाहित गर्नु सामान्य हाे र अावश्यक पनि । तर फलानाेले फलानाे कक्षामा फलानाे नतिजा ल्याएकाे प्रमाण यसरी सामाजिक संजालमै असरल्ल पार्नुले बच्चाकाे मनाेभावनामा नकारात्मक असर गर्छ । कक्षामा प्रथम हुने वा राम्राे रिजल्ट ल्याउनेलाई त रवाफ कै विषय बन्ला तर अन्य बालबालिकामा यस्तै हर्कतका कारण हीनताबाेध हुने वातावरण बन्छ ।

बालबालिकाहरूलाई पढाइ र सिकाईसँग जाेडिराख्नका लागि गर्न सकिने विकल्पबारे सराेकारवाला व्यक्ति र निकायहरूसँग छलफल गर्ने बैकल्पीक र सम्भव हुने माध्यम वा प्रविधि प्रयाेग गर्ने काममा ढिलाई पटक्कै हुनुहुन्न ।

छरछिमेक र समाजमा अभिभावक र विद्यार्थीलाई लज्जाकाे विषय पनि बन्न सक्छ । स्कूलले बुझ्न नसकेकाे चाइल्ड साइकाेलाेजि अब अरू कसले बुझ्ला ? अनि प्राप्तांक र र्याङ्क मात्र हेरेर त्यसपछि विद्यार्थीले के गर्ने ? सबै नाजवाफ छन् । शिक्षामा एउटा चेन हुन्छ परीक्षा-नतिजा-भर्ना-पाठ्यपुस्तक-पढाइ । याे चेनका अन्य बढी महत्वपूर्ण विषयहरू अन्याेलमा छन् । अहिलेकाे उदार कक्षाेन्नति हुने प्रणालीका कारण परीक्षामा सहभागी सबै विद्यार्थी माथिल्लाे कक्षामा स्वतः पुग्छन्, अनि किन कक्षाेन्नति मात्र देखाउन रिजल्टलाई नै किन यसरी हत्तेराे गरेर ढाेल पिटाई भइरहेकाे छ सबैतिर ? सकेकाे भए बरू वेबसाइटबाट अाफैले खाेजेर हेर्न मिल्ने वा एसएमएसबाट पठाउने वा सम्बन्धित कक्षा शिक्षक वा ताेकेकाे व्यक्तिकाे फाेन नं स्कूलले सार्वजनिक गरि अाफ्ना विद्यार्थी वा अभिभावकलाई त्यसमा फाेन गरेर रिजल्ट बुझ्न लगाउनु उपयुक्त हुने थियाे ।

सबै क्षेत्रका तालिकाहरू अस्तव्यस्त भएका छन् । अनि जम्माजम्मी रिजल्टकै लागि किन यस्ताे हताराे ? रिजल्ट पाएपश्चात के हुन्छ ? ल ठीक छ, उहिल्यै सकिएकाे परीक्षाकाे रिजल्ट थाहा पाउनु राम्राे हाे, तर सामाजिक संजालमै किन बिस्कुन बनाउनु ?

यी विकल्पहरू अलि बढी प्रभावकारी र सुरक्षित हाेलान् । कतिपय जिल्लाहरूमा त परीक्षा नै सकिएकाे छैन (चैत्र ५ भित्रै परीक्षा सक्नकाे लागि सरकारले गरेकाे अनुराेधकाे अवज्ञा गरेकाे मनाेवैज्ञानिक दुष्परीणाम) । कति स्कूलमा रिजल्ट बनेकै छैन, शिक्षकहरू स्कुल नजिक छैनन्, भएपनि लकडाउनकाे नियमका कारण स्कूलसम्म पुग्न सक्दैनन् । अनि कतिपय स्कूलमा कापी नै परीक्षण नगरी टाउकाेमा अनुमानका अाधारमा नम्बर हालेर रिजल्ट दिइन्छ । विश्वकाे मानव सभ्यता संकटमा छ, वश्व अर्थतन्त्र डामाडाेल छ, लकडाउनकाे सिमा अनिश्चित छ, सबै क्षेत्रका तालिकाहरू अस्तव्यस्त भएका छन् । अनि जम्माजम्मी रिजल्टकै लागि किन यस्ताे हताराे ? रिजल्ट पाएपश्चात के हुन्छ ? ल ठीक छ, उहिल्यै सकिएकाे परीक्षाकाे रिजल्ट थाहा पाउनु राम्राे हाे, तर सामाजिक संजालमै किन बिस्कुन बनाउनु ? अनि हेडमास्टर/शिक्षककाे फेसबुक अकाउन्टमा सबै विद्यार्थी/अभिभावक साथी छन् ? सबै अभिभावकहरू इन्टरनेट/फेसबुककाे पहुँचमा छन् ?

यसरी प्रकाशित नतिजा अावश्यक व्यक्तिकाे अाँखामा बढी पुग्छ कि अनावश्यक व्यक्तिसम्म ? रिजल्ट पछि पास भएर गएकाे कक्षामा पढ्न मन हुन्छ, रमाइलाे अनुभूति पनि हुन्छ, तर खै किताब ? खै पढाइ ? खै स्कुल ? बरू सरकारले किताबकाे प्रकाशन, ढुवानी र वितरणमा अावश्यक साबधानी सहित सहज बनाइदिए बिद्यार्थीले स्वअध्ययन गर्न पाउँथे ।

फलानाेले फलानाे कक्षामा फलानाे नतिजा ल्याएकाे प्रमाण यसरी सामाजिक संजालमै असरल्ल पार्नुले बच्चाकाे मनाेभावनामा नकारात्मक असर गर्छ । कक्षामा प्रथम हुने वा राम्राे रिजल्ट ल्याउनेलाई त रवाफ कै विषय बन्ला तर अन्य बालबालिकामा यस्तै हर्कतका कारण हीनताबाेध हुने वातावरण बन्छ ।

विश्वकै दाेस्राे स्लाे इन्टरनेट भएकाे मुलुकमा अनलाइन शिक्षा केही प्रतिशतका लागि त साैभाग्य नै हाेला तर अधसकांशका लागि “चन्द्रमामा कुखुरापालन” गरेझैँ हाे । तर यसाे भन्दैमा याे अवस्थामा स्कूलहरू र शिक्षकहरू बिदा मनाएरर र निन्द्रा पुर्याएर बस्ने बेला पक्कै हाेइन । बालबालिकाहरूलाई पढाइ र सिकाईसँग जाेडिराख्नका लागि गर्न सकिने विकल्पबारे सराेकारवाला व्यक्ति र निकायहरूसँग छलफल गर्ने बैकल्पीक र सम्भव हुने माध्यम वा प्रविधि प्रयाेग गर्ने काममा ढिलाई पटक्कै हुनुहुन्न । याे लकडाउनकाे अबधिमा भाेजन र जीवन वर्तमान हुन् अनि शिक्षा भविश्य हाे । वर्तमानलाई पहिलाे प्राथमिकतामा राखेर भविश्यका लागि पनि पक्कै बेलैमा सबैले साेच्नैपर्छ ।

(लेखक कर्कलादेवी ईङ्लिस बोर्डिङ स्कुल मन्थली, रामेछापका प्रिन्सिपल हुन् ।)

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

यहाँ सरकार नै सपना र भ्रष्टचार मिश्रित छ

Next Post

ओखलढुंगाका सबै अस्पतालमाा थर्मल गन

Next Post
ओखलढुंगाका सबै अस्पतालमाा थर्मल गन

ओखलढुंगाका सबै अस्पतालमाा थर्मल गन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.