Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सहकारी र त्यसका संचालक कस्ता हुन् चिनेर मात्रै पैसा बचत गर्नुस्, त्यो पैसा डुब्दैन

जनता भ्वाइस by जनता भ्वाइस
May 28, 2020
in अन्तर्वार्ता
0
सहकारी र त्यसका संचालक कस्ता हुन् चिनेर मात्रै पैसा बचत गर्नुस्, त्यो पैसा डुब्दैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


(सिन्धुली जिल्लाको दुम्जामा जन्मनु भएका जनार्दन कोइराला हाल चपुर स्थित श्री विन्दावासिनी बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक हुनुहुन्छ । पछिल्लो समय देशको अर्थतन्त्रमा कोरोना भाइरसको ठूलो प्रभाव परेको अवस्थामा सहकारीहरुले पनि देशको अर्थतन्त्रलाई उकास्न केही सहयोग गर्ने गरेका तथ्यलाई नकार्न सकिदैन, हो यो बेला सहकारी क्षेत्रमा चाहि कोरोनाको कस्तो प्रभाव छ त ? यही विषयमा जनता भ्वाइसका महोत्तरी संवाददाता उद्धव अविचालले कोइरालासँग गर्नुभएको कुराकानीको सम्पादित अंश– प्रधान सम्पादक)


अहिले कोभिड १९ को प्रकोपले सबै नेपालीलाई एकान्तवासमा पुर्याएको छ, यसबाट नेपालका सहकारी क्षेत्रमा कस्तो असर देखिएको छ ?
कोभिड १९ को कारण सहकारी क्षेत्रमा ठूलो प्रभाव परेको छ । देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । नेपालमा हाल ३४ हजार ५ सय १२ ओटा सहकारी सस्थाहरु सञ्चालनमा छन् ।
६० देखि ६५ लाख जनसंख्या सहकारीतामा आवद्ध छन्् । ६० हजार जनशक्तिले सहकारीमा रोजगारीको अवसर पाएका छन् । नेपालको कूल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत योगदान सहकारी सस्थाको देखिन्छ । २०७६ चैत ११ गते देखिको लकडाउनले गर्दा सहकारी संस्थाको ऋण लगानी रोकिएको छ । ऋणको व्याज उठेको छैन । सहकारी संस्थाको वार्षिक कार्य योजना अन्तर्गत पर्ने अधिकांश कार्यक्रमहरु सन्चालन गर्न सकिएको छैन । महंगोमा पैसा किनेर (बचतमा उच्च व्याज दिएर ) सस्तो मा राख्नु परेको छ । समग्रमा सहकारी क्षेत्रको लागि आर्थिक बर्ष २०७६–०७७ को क्लोजिङ अपेक्षित हुन सक्ने देखिदैन ।

तपाई त सहकारीको व्यवस्थापक हुनुहुन्छ, आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ? सहकारी विभाग, सहकारी मन्त्रालयले जारी गरेका सूचनालाई आत्मसात गर्दै अनि स्थानीय प्रसासनले जारी गरेका निर्देशनहरु पालना गर्दै सहकारी संस्थाले आंशिक रूपमा यो अवधिमा सदस्यलाई सेवा दिएको देखिन्छ । नेपाल सरकारले ऋणको व्याजदरमा दुई प्रतिशत छुट् वा पाकेको व्याज मा १० प्रतिशत छुट दिन को लागी अनुरोध गरेको मा हाम्रो सहकारी ले ऋण असुली को लागी कुनै पनि किसिमको दबाब सृजना नगरी २०७६ चैत देखी २०७७ असार सम्म गरि ४ महिना को ऋणको पाकेको व्याज मा ५ प्रतिशत छुट दिने र यो अबधि को ऋण रकम एवम् व्याज अन्तर्गत कुनै पनि शीर्षकमा हर्जना नलिने व्यवस्था मिलाएका छाँै ।
त्यसैगरि सुरक्षित तरिकाले सम्भव भएसम्म संस्थाका कर्मचारी मार्फत् कानुनी प्रक्रिया पुरा गरी घरमै बचत फिर्ता एवम् रेमिटेन्स भुक्तानी को व्यवस्था मिलाएका छौँ । बजार गएर रिचार्ज कार्ड किन्नु पर्ने अवस्थामा सदस्यलाई घरैमा बसेर कार्यालयमा वा कर्मचारीलाई एक कल फोन मार्फत मोबाइल, टेलिफोन, टिभी, इन्टरनेटमा रिचार्ज को व्यवस्था हामीले हालका दिनमा गरिरहेका छौँ ।

हिजो सहज भएको बेलामा तपाईहरुले आफ्नो आम्दानीको आधारमा राज्यलाई कर तिर्नु भो, आज तपाईहरु नै एक किसिमले भन्नु पर्दा अप्ठ्यारोमा हुनुहुन्छ, यस्तो बेला तपाईहरुले राज्यबाट कस्तो अपेक्षा गर्नुहुन्छ ?
सारै राम्रो प्रश्न गर्नुभयो । आम समुदायलाई थाहा नै छ अहिले लकडाउनले गर्दा देश का सम्पूर्ण उधोग धन्दा, कल कारखाना एवम् संघ सस्थाहरु बन्द छन्् । नेपाल सरकारको बजेटको प्रमुख स्रोत भनेको कर हो, जुन यो आर्थिक वर्षमा सोचे जति प्राप्त गर्न सकिने देखिँदैन ।
त्यसैले सहकारीको कर मा थप छुट् दिन सायद सम्भव नहोला । तत्कालीन अवस्थामा राज्यले सहकारीलाई गर्ने ठूलो सहयोग भनेको सहकारी ऐन २०७४ मा उल्लेख गरिएको कर सम्बन्धी व्यवस्थालाई आय कर ऐनमा पनि समावेश गरिदिनु पर्ने देखिन्छ ।
यसो गरेमा सहकारी सञ्चालनमा थप सहजता हुन जान्छ । त्यसै गरी सहकारी संस्था सम्बन्धी नियमनकारी निकायले यो आर्थिक वर्ष को लागि एलएलपीमा छुट्, त्यसैगरि विभिन्न कोषमा रकम राख्नुपर्ने अनिवार्यता खारेजी, नियमनकारी निकायमा संस्थाको विवरण बुझाउनु पर्ने समय अवधिमा वृद्धि, लेखा परिक्षण र साधारणसभा गर्ने समयमा थप र यो सङ्कटको समयमा नियमनकारी निकायले निरन्तर रूपमा सहकारी व्यवस्थापन समन्धी प्रशिक्षण गरिदिएमा सहकारी संस्थालाइ ठूलो राहत पुग्ने थियो ।

सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन्् भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
भनाइ नै छ एकले बिरायो साखा पिरायो । मलाई लाग्दैन यो आरोप सबै सहकारीमा लागु हुन्छ । सहकारी संस्थाहरु सञ्चालक समिति अनि कर्मचारीको मात्र होइन, यो सम्पूर्ण शेयर सदस्यको हो ।
कुनै पनि सहकारीले सदस्यलाई ऋण प्रवाह गर्ने क्रममा संस्थाको विनिमय, ऋण नीति अनुसार ऋण लगानी नगरेको अवस्थामा शेयर सदस्य अनि संस्था दुवैमा असर पर्न जान्छ । त्यसैले म के भन्छु भने ऋण प्रवाह गर्ने क्रममा शेयर सदस्यले कत्रो भारी बोक्ने चाहाना गरेको छ र बोक्न कत्रो सक्छ, त्यत्रो मात्र भारी बोकाउनु पर्दछ । ऋण लगानी पूर्व ‘फाइभ सी’ लाई विष्लेशण गर्दै लगानी गरेमा कुनै पनि शेयर सदस्य को उठिबास लाग्ने छैन । अनि सहकारी संस्थामाथि यस्तो आरोप पनि आउँदैन ।
त्यसैले ऋण लगानी पूर्व नै ऋणी शेयर सदस्यसँग ऋणको सम्बन्धमा विस्तृत रूपमा छलफल र परामर्श गरेमा यस्तो आरोप आफँै हराएर जान्छन्् जस्तो लाग्छ मलाई ।


सहकारी क्षेत्रलाई देशको अर्थ व्यवस्थाको मेरुदण्ड भनिन्छ । के यस्तै भूमिका रहने हो सहकारीहरुको ?
सरकारको तीन खम्बे अर्थनीतिमा सहकारी पनि परेको छ । देशभर संचालित सहकारी संस्थाले राज्यलाई ठूलो मात्रामा कर तिरेका छन्् । हाम्रै सहकारीको कुरा गर्नु हुन्छ भने संस्थामा ६ जना कर्मचारीले रोजगारी पाएका छन् । १२ सय शेयर सदस्यहरु संस्थामा आबद्ध छन्् । संस्थाले शेयर सदस्यहरुलाई प्राथमिकताको आधारमा विभिन्न किसिमका सीपमुलक तालिम एवम् सहकारी शिक्षा कार्यक्रम संचालन गरिरहेको छ । शेयर सदस्यको आर्थिक विकास एवम् व्यावसायिक र घरायसी प्रयोजनार्थ विभिन्न शिर्षकमा रु ६ करोड भन्दा बढी ऋण लगानी गरेको छ । सदस्यमा वचत गर्ने बानीको विकास गराउँदै रु ६ करोड भन्दा बढी बचत संस्थामा रहेको छ । संस्थाले विभिन्न शीर्षकमा राज्यलाई वार्षिक १० लाख भन्दा माथि कर तिर्ने गरेको छ । यसबाट पनि स्पष्ट हुन्छ कि विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको राज्यको आर्थिक स्तर उकास्न केही प्रतिशत भूमिका देखिन्छ ।

सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ?
हामी सहकारीकर्मीले के बुझ्न् आवश्यक छ भने हामी जुन सहकारी संघ संस्थामा आबद्ध हुन खोजिरहेका छौं । त्यस सहकारीले कति प्रतिशत बोनस बाँढ्छ ? बचत र ऋणको व्याज दर के कस्तो छ ? अवलोकन भ्रमण, अनि तिर्थाटन लान्छ कि लाँदैन ? यिनीहरुको मात्र खोजी नगरी सन्चालकहरु को को छन् ? कहाँ छन् ?
संस्थामा के कस्ता नीति, विधि र प्रविधि छन् ? कति शेयर सदस्य छन् ? संस्थागत पूँजीको अवस्था के छ ? प्रत्येक वर्ष साधारणसभा भएको छ कि छैन ? भाका नागेको ऋणको अवस्था के छ ? संस्थाको वित्तिय सूचक (पल्र्स) को विष्लेसण गरेर शेयर सदस्य बनेमा र संस्था चलाएमा कुनै पनि सहकारी कुनै पनि समुदायबाट भाग्नु पर्ने अवस्था आउँदैन ।
त्यसैले म सम्पूर्ण सहकारी संस्थाका शेयर सदस्यहरुलाई के अनुरोध गर्दछु भने सहकारी संस्था तपाईंको हो । त्यसैले तपाईं आफ्नो सहकारी संस्थाले के के गरिरहेको छ ? सुशासन को अवस्था के छ ? वार्षिक कार्यक्रमको तर्जुमा र कार्यान्वयनको स्थिति के छ ? आगामी वर्ष को योजनाहरु के के छन् ? यी विषयवस्तु माथि निरन्तर रूपमा खोज गर्नु भयो भने तपाईंको समुदायमा, तपाईद्वारा संचालित, तपाईंको सहकारी सस्था, तपाईंको पैसा कुम्ल्याएर पक्कै पनि भाग्दैन । सहकारी र त्यसका संचालक कस्ता हुन् चिनेर मात्रै पैसा बचत गर्नुस्, त्यो पैसा डुब्दैन ।
हुन्छ, यहाँको यो महत्वपूर्ण समय र संवाद्का लागि यहाँलाई धन्यवाद् ।
यहाँलाई पनि विशेष धन्यवाद् ।
जनार्दन कोइराला बिन्दाबासिनी बचत तथा ऋण सहकारी संस्था , चपुर रौतहटका ब्यबस्थापक हुन् । JV Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका सबै स्थानिय तहहरुले कोरोना बिमा गरिदिने : भारतबाट आउनेलाइ अनिवार्य क्वारेन्टाइनमा

Next Post

चट्याङ लागेर सिन्धुलीमा एक मृत्यु

Next Post
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु

चट्याङ लागेर सिन्धुलीमा एक मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.