जेठ १४
रामेछाप । सिन्धुलीमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएको छ । चट्याङ लागेर कमलामाई नगरपालिका ४ देउराली बस्ने बासु सापकोटाको मृत्यु भएको हाे ।
कमलामाई नगरपालिका ६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते भएका उनलाइ उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहारीका अनुसार मृतककाे पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ ।
