जेठ १३,
रामेछाप । संवत् २०७६ भदौबाट मेरो जिन्दगीको कृष्णपक्षको आरम्भ भयो । सामान्यतया वास्तुविज्ञानले कृष्णपक्षलाई महिनामा १ पटक ल्याइदिन्छ तर मेरो जीवनको अबका इहलीलाका समयहरु कृषपक्षकै साथमा बित्ने आँकलन गरिसकेको छु ।
हाल मल्टिपल माइलोमा नामक रक्त क्यान्सरबाट पीडित छु । मन्थली नगरपालिका वडा नं. १३ स्थायी निवासी म मुकुन्दप्रसाद भण्डारी हाल सोही नरगरपालिकाको १४ नं. वडाको पोखरी बजारमा आफू र आफ्नो परिवारलाई जीवनको जीवन धान्नका लागि सानो पसल गरी बसेको छु ।
गत वर्षको भदौ ५ गतेबाट ढाडको समस्याले अचानक बेहोस भएर ढल्दा एम्बुलेन्स मार्फत काठमाडौं शिक्षण अस्पताल सिनामंगलमा गएर भर्ना भएको ७ दिन सम्म सोही अस्पतालमा बसेपछि मलाई क्यान्सरको सम्भावना देखेर सिभिल सर्भिस अस्पताल मीनभवनमा पुनः उपचारको लागि भर्ना भएँ । जब सिभिल अस्पतालमा गएँ तब त्यसको केही दिनपछि मलाई मल्टिपल माइलोमा नामक रक्तमासी क्यान्सर भएको छ भन्ने कुरामा डाक्टरहरु सहमत भए ।
मलाई स्पष्ट रुपमा नभए पनि घाइरोघुइरो मेरो रोगको बारेमा डाक्टरहरुले कुराकानी गर्दा नै मलाई कुनै असाध्य रोग लागेको छ भन्ने मैले आँकलन गरिसकेको थिएँ ।
जब आधिकारिक रुपमा नै डाक्टरहरुले मलाई आफ्नो रोगको बारेमा बताए, तब मलाई यो संसार नै मेरो पक्षमा छैन भन्ने भान गरें । जीवनका सारा आशा र उत्साहहरु पानीको फोका जस्तै फुटेर गएको अनुभूत गरें ।
जब आधिकारिक रुपमा नै डाक्टरहरुले मलाई आफ्नो रोगको बारेमा बताए, तब मलाई यो संसार नै मेरो पक्षमा छैन भन्ने भान गरें । जीवनका सारा आशा र उत्साहहरु पानीको फोका जस्तै फुटेर गएको अनुभूत गरें ।
आखिर समयको चक्र हो । मैले मलाई समयले दिएको यो उपहारलाई स्वीकार्नुको विकल्प थिएन । डाक्टरको सल्लाह र परिवार आफन्तहरुको रोहवरमा अब मेरो उपचार गर्नुपर्छ भन्ने सल्लाह भएपछि क्यानसरको उपचारको एउटा पक्ष ‘किमोथेरापि’ गर्नका लागि तयारी हुनुपर्ने भो मैले ।
डाक्टरका तयारी र आफन्त, साथीभाइ, नरनाता सबैको समन्वयमा किमोथेरापिका लागि म शारीरिक रुपमा तयार थिएँ– थिइँन, त्यो डाक्टर नै जानुन् तर मैले आफूलाई मानसिक रुपमा तयार गराएँ ।
‘उपचार नगराई मर्नु भन्दा उपचार गराएर सम्भावित जीवनप्रतिको आशा जगाउने सोच बनाएँ ।’ सिभिल अस्पतालका डाक्टरहरुको समन्वयमा किमोथेरापि संचालन गर्ने दिन सुरु भयो । किमोथोरापि भन्नाले कस्तो न होला भन्ने लागेको थियो, तर मलाई सामान्य लाग्यो । हप्ताको एक दिन लगभग मानामा भर्ने हो भने १ माना औषघि खाँदा किमोथेरापिको खास उपादेयता मैले खुट्याउन सकिँन । मेरो किमोथेरापिको साप्ताहिक दिन आइतबार थियो । किमोथेरापि सुरु गरेको केही हप्ता त यसले खासै मलाई नराम्रो प्रभाव पारेन । सामान्य अवस्थामा गुज्रिन थाले तर आउँदा हप्तामा भने मलाई त्यसले निकै भयानक असर गर्न थाल्यो ।
खाएको खाना पेटमा नअडिने समस्या प्रमुख रुपमा आउन थाल्यो । खानामा समेत औषधिको गन्ध आउँदा अन्नको बुँद समेत मुखमा हाल्न नसक्ने अवस्थामा पुगें । हुँदाहुँदा एकदिन हडात् ! किमोथेरापि बिचमा नै छोड्ने निधो गरेँ ।
आफूलाई क्यान्सरको दबदबा छ भन्ने जानकारी पाउँदा समेत त्यसको बारेमा मानसिक रुपमा विमर्श नगर्ने मानिस सायदै होलान् । यदि बच्चा भएको भए पनि त्यसो हुँदो हो । तर मैले आफूलाई लागेको रोग, आफ्नो आर्थिक हैसियत र समग्रमा आफ्नो वास्तविकताका बीच आफ्नो रोगलाई दूर गर्ने बारे सोचिरहेको थिएँ ।
आफूलाई क्यान्सरको दबदबा छ भन्ने जानकारी पाउँदा समेत त्यसको बारेमा मानसिक रुपमा विमर्श नगर्ने मानिस सायदै होलान् । यदि बच्चा भएको भए पनि त्यसो हुँदो हो । तर मैले आफूलाई लागेको रोग, आफ्नो आर्थिक हैसियत र समग्रमा आफ्नो वास्तविकताका बीच आफ्नो रोगलाई दूर गर्ने बारे सोचिरहेको थिएँ । सोच्थें, आफ्नो हरेक रोग र यसलाई औषधिले पारेको प्रभावको बारेमा डाक्टर सँग विस्तृतमा छलफल गर्न चाहन्थें । समग्रमा भन्दा मलाई डाक्टरस्तरबाट नै ‘काउन्सेलिङ्’ जरुरत थियो । म आफूलाई हेर्ने डाक्टरले काउन्सेलिङ गरिदियून भन्ने चाहन्थें ।
तर अहँ, मैले डाक्टरबाट त्यो समय पाउन सकिँन ।
आफूले प्रयोग गरेको औषधी र त्यसले आफूलाई पारेको दुष्प्रभावले गर्दा मैले किमो छोड्ने निर्णय त गरिसकेको थिएँ तर किमो छोडेर पनि के गर्ने भन्ने अन्यौलता कायमै थियो । यसै बीचमा आफ्ना आफन्त र साथीभाइको सल्लाह समन्वयमा साथै आफूले यूट्युब बाट होमियाथेरापीबाट पनि क्यान्सरको निदान गर्न सकिन्छ भन्ने जानकारी पाएँ ।
अब म यतातर्फ आकर्षित भएँ…
(भण्डारीसँग गरिएको अनौपचारिक कुराकानीमा आधारित पाठ्य सामग्री )
बाँकी कुराकानी यहाँ सुन्नुहोस्…





