(लोकगायक दुर्गानायारण श्रेष्ठसँगको अनौपचारिक कुराकानीमा आधारित पाठ्य सामग्री ।)
रामेछाप । त्यो समय लोकगीतहरु काँठे भाकामा गाइन्थे । थेगो नहाली । त्यसको मज्जा बेग्लै थियो ।
अहिलेको सन्दर्भमा लोकगीतको स्वरुप मात्रै परिवर्तन भएको हो । हुन त लोकगीतको कुनै बिऊ बिजन भन्ने हुँदैन । भएका भाकाहरुलाई परिमार्जन गर्ने मात्रै हो । नयाँ कुनै पनि भाका बनाउने भन्ने नै हुँदैन । रामेछापबाट पनि धेरै भाइबहिनीहरुले नेपाली लोक संगीतको क्षेत्रमा योगदान दिइरहेका छन् । हामीले उनीहरुलाई हाम्रो पुस्ताको हस्तान्तरण भनेरै पठाएका हौं ।
हामीले गीत गाउँदाको समय भनेको पचासको दशकको सुरुतिरै हो । यस्तो बेला हामीले गाउने गीतको भाका र बाद्यवाधन समेत सीमित हुनेगर्दथ्यो । त्यस्तो बेला पनि हामीले आफ्ना मौलिक सिर्जनाहरुलाई जनश्रुतिको बोध गरेर उठाएका थियौं । रेशम थापा, घमेश दुलाल लगायत मेरा धेरै अग्रजहरुको गीतको प्रभावले मलाई झन यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको हो ।
प्रष्ट भन्दा त मलाई लोक गीत गाउने गला त ‘गड गिफ्ट् नै हो’ जस्तो लाग्छ । हामीलाई हिजोका दिनमा गीत गाउँदै गर्दा गाउँघरको निकै याद आउँथ्यो । हामी संगीतकर्मीहरु गीत गाउँदागाउँदै कतिपय अवस्थामा त भावुक हुन्थ्यौं ।
‘हामीलाई होमसिक थ्यो त्यो बेला ।’
गाउँघरमा सम्पर्कका लागि कुनै माध्यम हुँदैनथ्यो । बिजुलीबत्ती, टेलिफोन आदि केही थिएन । आफूले डुलेको गाउँघर पाखा, पखेर आदि सम्झेर हामी रुन्थ्यौं । यस्तो अवस्थामा पनि नेपाली मौलिक गीतहरु प्रखर भएर बजारमा आउँथे ।
अहिले नेपाली लोकसंगीतमा मौलिकता हराएको होइन । मात्रै परिष्कृत भएर आएको हो । हिजोको सन्दर्भमा मिडियो बनाउने र रिलिज गर्ने भन्ने हुँदैनथ्यो तर आज एचडी क्वालिटीमा भिडियो नबनाइकन गीत रुचाइँदैनन् । कारण केहो भने दर्शक श्रोताको चाहाना नै त्यस्तै भइदियो । समयको माग हो । समयले जे गर् भन्यो कलाकारले त्यहीगर्ने हो ।
मैले पछिल्लो पुस्ताका लागि बाटो खाली गरिदिएर आफू पेन्सनमा बसेको हूँ ।
बाँकी भिडियोमा…