कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन

चैत्र, ०६,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाइरस रोकथामका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । नेपाल सरकारको निर्णय अनुसार नै जिल्लामा २५ जना भन्दा बढी एक ठाउँमा भेला नहुन आग्रह गरको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा जिल्लाका सरोकारवालहरुको भेलाले यस्तो निर्णय गरको हो ।

प्रशासनले जिल्लाका सबै नगर तथा गाउँपालिकाहरुलाई विपदको सामाना गर्न एक हुनुपर्ने र तयारीका साथ बस्नको लागि आग्रह गरेको छ । सोही भेलाले जिल्लामा २४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको, औषधीहरु तत्कालको लागि तयारी अवस्थमा राखेको, जिल्लामा प्रवेश गर्ने सावारी साधानहरुलाई विभिन्न जिल्लासंग सिमानमा चेक जाँच गरि जिल्ला प्रवेश गर्ने निर्णय गरेको, सवारीमा यात्रुहरुको ब्यवस्थापन गर्ने, स्वास्थ्य कर्मीहरुको स्वास्थ्यमा पनि विशेष सुरक्षा अप्नाउने, कोरोना भाइरहेको त्रास अधिक मात्रमा नफैलाउने, संचार क्षेत्रले सकारात्मक पक्षहरुलाई बढी पम्प्रशेन गर्ने लगायतका गतिवीधिलाई आधारमानी निर्देशन जारी गरेको हो ।

समबन्धीत समचार

सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

मन्थली नगरपालिकाको सबै एस इ.इ परिक्षा केन्द्रमा कोरोना सर्तकता केन्द्र तयार