बाम्तिमा २० सैयाको कोरोना क्वारेन्टाइन कक्ष तयार

चैत,१३,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका चडा न‌ २ बाम्तिभण्डारमा २० सैयाको कोरोना उपचार कक्ष तयार भएको छ । बिहिबार उमाकुण्ड गाउँपालिकाकी उप प्रमुख उर्मिला कार्कीले उमाकुण्ड गाउँपालिकाको २ न‌ बाम्ती भण्डारको सिद्देश्वर माविमा २० सैयाको क्वारेन्टाइन तयार भएको जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्रमा पनि थप क्वारेन्टाइन स्थापना गर्ने तयारी भैरहेको पनि उहाँले सामाजिक संजालमा उल्लेख गर्नुभएको छ । तत्काल सङ्कास्पद कोहि भेटिएमा क्वारेन्टाइनमा पठाउन अनुरोध गदै उहाँले अन्य जिल्लाबाट तथा पालिकाबाट प्रवेश गरेकाहरुलाई थप कडाइ गर्ने जानकारी दिनुभएको छ । आफु पनि बचौ र अरुलार्इ पनि बचाउ अभियानमा लाग्न सबैमा उहाँले अनुरोध पनि गर्नुभएको छ । पालिकाका विभिन्न ठाउँमा साबुन, पानीले हात धुने ब्यवस्था पनि गरिएको छ ।