चैत,१३,
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा २० सैयाको क्वारेन्टाईन तयार भएको छ । बिहिबार मन्थली नगरपालिका तथा अन्य जिल्लाबाट जिल्ला प्रवेश गरेकाहरुलाई कोरोना भाइरसको संक्रमण भएको वा आशंका लागेका बिरामीहरुलाई राख्नको लागि क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले क्वारेन्टाइन बनाएको मन्थली नगरपालिकाका प्रमुख रमेश वस्नेतले जानकारी दिनुभयो । मन्थली माध्यामिक विद्यालयको एल आर सि हललाई प्रयोग गरी २० सैयाको क्वारेन्टाइन कक्ष तयार पारिएको मेयर बस्नेतले जानकारी दिनु भयो ।
थप कक्षको आवश्यकता भयो भने सरकारी विद्यालयलाई क्वारेन्टाइन कक्षको रुपमा प्रयोग गर्ने पनि उहाँले बताउनुभयो । उहाँले आवश्यकता अनुसार क्वारेन्टाईन कक्षको लागि आवश्यक सामान खरिद भैसकेको बताउदै बिरामीको चाप बढेमा कक्ष थप गर्न सकिने जानकारी दिनुभयो ।