प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी

चैत १४

रामेछाप । बिहीबार राति असहज महसुस भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यासिंह शाहले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल भर्ना गरेर मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको थियो । स्रोतका अनुसार उहाँमा मिर्गौलाको समस्या नभइ उच्च रक्तचापको समस्या भएपछि अस्पताल लगिएको हो ।

यसअघि गएको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई ३० गते अस्पतालबाट सरकारी निवास बालुवाटार फर्काइएको थियो