Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नगरपालिकालाई आवश्यक परे क्वारेन्टाइनका लागि खाट दिन तयार छौं : अध्यक्ष श्रेष्ठ

Milan Ghimire by Milan Ghimire
March 27, 2020
in समाचार
0
नगरपालिकालाई आवश्यक परे क्वारेन्टाइनका लागि खाट दिन तयार छौं : अध्यक्ष श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
चैत्र ,१४, प्रकाश परिष्कार,

रामेछाप । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठले मन्थली नगरपालिकालाई क्वारेन्टिन निर्माणका लागि आवश्यक परे आफूहरुका होटलमा रहेका खाटहरु दिन तयार रहेको बताएका छन् । मन्थली नगरपालिकाले मन्थली मा.वि.को एक भवनलाई क्वारेन्टिन बनाएपछि त्यसको अवस्था र प्रभावकारिताका बारेमा सामाजिक संजालमा निकै टीकाटिप्पणी भएको थियो । जनता भ्वाइसमा प्रकाशित भएको एक आलेखमा टिप्पणी गर्दै मन्थली नगरप्रमुख रमेशकुमार बस्नेतले आफूलाई कोही कसैबाट सहयोग नभएको र होटल व्यवसायीहरुले भोलि हुने सम्भावित कोरोना संक्रमितहरुलाई खाना खुवाउन भन्दा पनि नमानेको र क्वारेन्टिन बनाउँन खोज्दा पनि धम्की आएको आषयपूर्ण प्रतिक्रिया दिएका थिए तर धम्की कसले कहाँबाट दियो भन्ने उनले खुलाएनन् ।

अडियो सुन्नुस्

यसै बीच रामेछाप होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठले नगरपालिकालाई आवश्यक परे आफ्ना टीमका साथीहरुसँग समन्वय गरी विपद्को अवस्थामा राज्यलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जनता भ्वाइससँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘म यतिबेला ठोसेमा छु । यो कार्यका लागि मैले यहाँबाट मेरा साथीहरुसँग समन्वय गरेर सहयोग गर्न सक्छु । विश्व नै कोरोनाबाट आक्रान्त भइरहेको बेला सबैले सबैका निम्ती सहयोग गर्नुपर्ने हुन्छ ।’ यस्तो आषयपूर्ण अभिव्यक्ति उनले दिएका छन् ।
जनता भ्वाइससँग कुराकानी गर्दै उनले अगाडि भने, ‘यतिबेला होटलहरु बन्द छन् । यस्तो अवस्थामा मन्थलीमा भएका लजहरुका १÷२ वटा खाटहरु दिन नमिल्ने भन्ने कुरा नै हुँदैन । म ठोसेमा भए पनि यसका लागि यहीँबाट वातावरण निर्माण गर्न सक्छु ।’

रामेछाप जिल्लाकै भौगोलिक रुपमा दुर्गम मानिएका गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाले पनि थोेरै संख्यामा भए पनि बिरामीमैत्री क्वारेन्टिन बनाएका छन् । कोहीले विद्यालयका बेन्चहरुलाई जोडेर खाट बनाइ तयारी हालतमा बसेका छन् भने कहीँ वास्तविक खाटलाई नै प्रयोग गरिएको छ । तर मन्थली नगरपालिकाले भने मन्थली माविको एलआरसी भवनको भुँइमा म्याट ओच्छ्याएर २० शैयाको क्वारेन्टिनको व्यवस्था गरेको छ ।

सामाजिक संजाल फेसबुक प्रयोगकर्ता होम खड्काको वालमा सार्वजनिक भएको मन्थलीमा निर्मित २० शैयाको आपतकालिन क्वारेन्टिनलाई प्रतिक्रिया दिँदै धेरै फेसबुक प्रयोगकर्ताहरुले नगरप्रमुखको यस प्रकारको कार्यको प्रशंसा गरेका छन् भने केही फेसबुक प्रयोगकर्ताहरुले प्राविधिक रुपमा परिपक्क क्वारेन्टिन निर्माण नभएको समेत प्रतिक्रिया दिएका छन् ।

(यो समाचार तयारकर्ता मालश्री साप्ताहिक, मन्थलीका सम्पादक हुन्)


Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी

Next Post

हेटौंडामा दुई दिनमा आइसोलेशन तयार हुने

Next Post
हेटौंडामा दुई दिनमा आइसोलेशन तयार हुने

हेटौंडामा दुई दिनमा आइसोलेशन तयार हुने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.