आज ९ जनामा कोरोना पुष्टि, २५८ पुग्यो संक्रिमितको संख्या

जेष्ठ ०२

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८  जना पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौ र भेरी अस्पताल, नेपालगंजमा ९ जना संक्रमित थपिएका हुन । परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३, र ५ का स्थिानिय १८, १०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।

उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो  ।

Image may contain: text