जेठ ९,
नेपालगंज । आज थप २१ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि शुक्रबार डिस्चार्ज भएका हुन्। हिजो काठमाडौंको टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना डिस्चार्ज भएका थिए ।
आज डिस्चार्ज भएका २१ जनासँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७० पुगेको छ। उनीहरु नेपालगञ्ज उपमहानगरालिका वडा नम्बर ८ का स्थानिय हुन्। उनीहरु वैशाख १९ देखि २३ गतेसम्म भर्ना भएका थिए।
बाँकेमा कुल संक्रमितको संख्या १ सय १ पुगेको छ। सोही ठाउको नरैनापुरमा एकको कोरोनाको कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सामाजिक संञ्जाल फोटो





