जेठ,
रामेछाप । ७४ दिनदेखी जारी बन्दाबन्दी रामेछापमा आजबाट केही खुकोलो हुने भएको छ । आजबाट रामेछाप जिल्लामा पसलहरु खुल्ने भएका छन् । तर पसल खुले पनि सामाजिक दुरी र अन्य सुरक्षाका उपाय भने कायम अप्नाउनु पर्ने छ । रामेछाप उद्योग वाणिज्य संघले सहजिकरण गर्दै सबै पसलको बाहिर सेनिटाइजर, हात धुने साबुन, पानी लगायतको व्यवास्थ गर्नुपर्ने गरिनेछ । जिल्ला प्रशासन कार्यालोमा हिजो प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माको अध्यक्षतामा बसेको बैठकले आज बिहान ६ बजेदेखी दिउँसो १ बजे बजेसम्मको लागि पसल खोल्न दिने निर्णय गरेको हो ।

जिल्लाका होटल ब्युटिपार्लर शैलुन बाहकका पसलहरु भने खुन्ने छैन । तर किराना, कपडा, हार्डवेर, कस्मेटिक, कृषि औजार लगायतका पसल खोल्ने निर्णय गरिएको छ । जिल्लामा यस अघि दुधडेरी, तरकारी तथा फलफूल, कृषिका बिऊबिज र खाद्यान्न पसलहरु बिहान १० बजे सम्म खुल्ला गरिदै आएको छ । लकडाउन खुकोलो बनाउदाँ मानिसहरुको दैनैकी भने सहज हुने छ ।
जिल्लामा हालसम्म कोरोनाका संक्रमत नदेखिएको अवस्थामा छिमेकी जिल्लाहरु सिन्धुली, दोलखा, काभ्रे, सोलुखुम्बुमा कोरोना संक्रमित भटिएको अवस्थामा जिल्लामा कोरोनाको उच्च जोखिम रेहको छ । जिल्लामा भारतलगाएतका मुलुकबाट १ सय २२ जना भित्रीएका छन् । अझै पनि आउने क्रम जारी छ ।
जिल्लाका नगर तथा गाउँपालिकाहरुमा क्वरेन्टिनको पनि अभाव हुने देखिएको छ । ५० जनाको स्वाब संकलन गरि कोरोनाको आशंकमा रामेछापबाटै पनि थप परिक्षणको लागि काठमाडौं पठाएको छ । यद्यपि रिपोर्ट सबै नेगेटिभ आएको छ । थप ६४ जनाको रिपोर्ट भने आउन बाँकी छ । photo file





