जेठ २३,
रामेछाप । रामेछापबाट ६४ जनाको स्वाब थप परीक्षणको लागि काठमाडौं पठाएको छ । भारतबाट लगाएत, अन्य जिल्लाबाट रामेछाप आएर क्वारेन्टाइनमा बसेकाहरु मध्येबाट ६४ जनाको कोरोना आशंकामा पिसिआर परीक्षणको लागि पठाएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाइसलाइ जानकारी दिए ।
उनका अनुसार मन्थली नगरपालिकाका ९ जना, रामेछाप नगरपालिकाका ८ जना, दोरम्बा गाउँपालिकाका १० जना, लिखु तामाकोसी गाउँपालिकाका १८ जना र गोकुलगंगा गाउँपालिकाका १९ जना व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको छ ।
हाल २ सय २ जना जिल्लाका क्वारेन्टिनमा बसेका छन् ।file photo





