Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा लकडाउन खुकुलो भएसँगै कोरोनाको प्रभाव कडा हुन सक्ने सङ्केत

जनता भ्वाइस by जनता भ्वाइस
June 5, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा लकडाउन खुकुलो भएसँगै कोरोनाको प्रभाव कडा हुन सक्ने सङ्केत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ २२, जनता भ्वाइस संवाददाता, रामेछाप
झण्डै साँढेदुई महिनासम्म कोरोना भाइरस (कोभिड १९) को कारण बन्द रहेका रामेछापका पसलहरु खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा बिहिबार बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
होटल, शैलुन र व्युटिपार्लर बाहेकका अन्य पसलहरु बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्मका लागि संचालन गर्न अनुमति दिइएको बैठकको निर्णयमा जनाइएको छ ।
बिहिबार जिल्ला प्रशासन कार्यालय, रामेछापमा जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले सामाजिक दूरी कायम गर्दै आ आफ्ना व्यवसायहरु पूर्ववत् रुपमा संचालन गर्न अनुमति दिइएको हो ।


व्यवासयीहरुको मागलाई ध्यानमा राख्दै सशर्त व्यवसाय संचालन गर्न दिएको अवस्थामा व्यवसायीहरु स्वयंले पूर्ण सावधानी अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भएको छ । लकडाउनको कडाईलाई खुकुलो पर्नुको कारण बारे शर्माले जनता भ्वाइसँग कुराकानी गर्दै भन्नुभयो, ‘हामीले यो निर्णय व्यवसायीहरुका लागि नै गरेका हौं । तर यो निर्णय र हामीले उहाँहरुलाई दिएको शर्तहरु पूर्ण रुपमा पलना हुन्छ भन्ने मलाई विश्वास छ । यदि यो निर्णयलाई व्यवसायीहरुले नै पालना गर्नुभएन भने फेरि अर्को नियर्णय गरेर बजार बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ । तसर्थ सबै जनसमुदाय, स्थानीय बुद्धिजीवि, व्यवसायी तथा स्थानीय सरकार समेतले यो कार्यका लागि सहयोग गर्नु पर्छ ।’


तर व्यवसाय संचालन गर्न अनुमति दिइएको भए पनि हरेक व्यवसायीले आफ्नो व्यवसाय गर्दा स्टक सामानको मात्रै व्यवसाय गर्ने र आ आफ्नो पसलको अगाडि हात धुने व्यवस्था गर्दै स्यानिटाइजरको समेत व्यवस्था गर्न भनिएको छ ।
जनता भ्वाइसले बुधबार मन्थलीका व्यवसयीहरुले लकडाउनका कारण पाएको सास्ती तथा हैरानीको बारेमा समाचार प्रकाशन गरेसँगै यो निर्णय समेत सार्वजनिक भएको हो ।
७३ दिन लामो लकडाउनले कतिपय अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि भन्दा बाहेक अन्य व्यवसायहरु संचालन गर्न स्थानीय प्रशासनले दिएको थिएन । व्यवसायीको गुनासोलाई सम्बोधन गर्ने वचन दिएको रामेछाप उद्योग वाणिज्य संघको समेत पहलकदमीमा यो निर्णय भएको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ ।
लकडाउनलाई खुकुलो पारिएसँगै मन्थलीमा सामाजिक दूरी कायम हुनेमा धेरै सर्वसाधरणलाई शंका उत्पन्न भएको छ । लकडाउन भएको समयमा त बजारमा बाक्लो जनसाधारणको उपस्थिति रहेको थियो भने झन लकडाउनलाई यति सम्म खुकुलो बनाउँदा भोलि कोरोना भाइरसको संक्रमण बढ्ने हो कि भन्ने शंका जनसाधारणमा बढ्नु स्वभाविक पनि हो । तसर्थ स्थानीय प्रशासनले आफूले गरेका निर्णयलाई कठोरतापूर्वक लागु गर्नुपर्ने स्थानीयबासीको आग्रह रहेको छ ।

फोटो :जय मानन्धर।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाका कारण १० औं ब्यक्तिको मृत्यु

Next Post

रामेछाप : लाकडाउन खुकुलो, व्युटीपार्लर, शैलुन र होटल बाहेकका सबै पसलहरु खुले,

Next Post
रामेछाप : लाकडाउन खुकुलो, व्युटीपार्लर, शैलुन र होटल बाहेकका सबै पसलहरु खुले,

रामेछाप : लाकडाउन खुकुलो, व्युटीपार्लर, शैलुन र होटल बाहेकका सबै पसलहरु खुले,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.