Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

५ वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि : मृत्कको संख्या १८,

जनता भ्वाइस by जनता भ्वाइस
June 13, 2020
in समाचार, स्वास्थ्य
0
नेपालमा २ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु, आमा पनि संक्रमित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
 जेठ ३१,

रामेछाप । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरी बढेको छ । शनिबार उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका बाराका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले शुक्रबार ज्वरोसहित अस्पताल भर्ना भएका बालकको शनिबार नै मृत्यु भएको र आज आएको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डाक्टर आनन्दकुमार झाले बालकको भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउँन सम्भव नभएको बताएका छन् । अस्पतालका अनुसार शुक्रबार साढे ११ बजे उपचारका क्रममा ल्याउँदा दुई पटक गरिएको आरटीडी परीक्षणमा नै बालकको पोजिटिभ देखिएको थियो ।

यो पनि पढ्नुहोस्
कोरोनाबाट थप एकको मृत्यु : १७ पुग्यो संख्या

आइसोलेसन सहित भेन्टिलेटरमा राखेर उपचार गर्दा शुक्रबार साँझ ४ ती बालकको निधन भएको हो । आज पीसीआर रिपोर्ट पनि पोजिटिभ आएपछि शव नेपाली सेनालाई हस्तान्तरण गरिसकेको अस्पतालले जनाएको छ।

बालकको उपचारमा संग्लन चिकित्सकहरु क्वारेन्टिनमा गएको र अस्पतालका सेवाहरु सुचारु भैसकेको निर्देशक डा. झाले बताए।

योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक जानकारी दिएको छैन  । शनिबार बिहान पनि एक जनाको मृत्यु भएका थियो । वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। डा. सिंहले युवकको प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने तयारी रहेको जनाए । नेपालमा कोरोना संक्रमित ५ हजार नाघेको छ । ८७७ जना निको भएर घर फर्कीएका छन् । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप जेसिजको : अस्पताललाइ पीपीइसहित स्वास्थ्य सामाग्री र रक्तदान

Next Post

कला संस्कृति संरक्षण समूहद्वारा आर्थिक सहयोग प्रदान

Next Post
कला संस्कृति संरक्षण समूहद्वारा आर्थिक सहयोग प्रदान

कला संस्कृति संरक्षण समूहद्वारा आर्थिक सहयोग प्रदान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.