Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज चैते दशैं, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

जनता भ्वाइस by जनता भ्वाइस
April 1, 2020
in जनता स्पेसल, फिचर, समाचार
0
आज चैते दशैं, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत १९,

रामेछाप । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन।

केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्। आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दशैंलाई बडादशैं भनिन्छ। बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।

चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन। हनुमानढोका दशैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ। चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैतेदशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ।

विगत वर्षमा चैते दशैं पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिकरुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम बताउँछन्। ‘वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले हाफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ,’उनले भने।

बडादशैंजस्तै चैते दशैंको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो। बडादशैंमा जस्तै चैते दशैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ। यस वर्ष कोरोना भाइरसको सन्त्रासले जारी लकडाउनका कारण परिवारका सदस्यलाई एकै ठाउँमा जुटाइदिएको छ। आफन्तजनका जान भने सकिने अवस्था छैन। यसैले घरमै रमाइलो गरी चैते दशैं मनाउने अवसर भने जुटेको छ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा हुन्छ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यस वर्ष विशेष परिस्थिति भएकाले घरबाटै मानसिक पूजा गरेको सम्झी दर्शन गर्न सकिने अध्यक्ष गौतमले जानकारी दिए। धेरैजसो मन्दिर भक्तजनका लागि सूचना टाँस गरी बन्द गरिएको छ। त्यहाँ नित्य पूजाका लागि पुजारीले मात्र प्रवेश गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ।

हनुमानढोकामा बलि नदिइने

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैं घरमा चैते दशैंका दिन पनि बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष पूजा हुने तर बलि नदिइने भएको छ। कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिने भनी माथिबाट निर्देशानुसार गर्न लागिएको दशैंघरका मूल पुजारी देवरजा अर्यालले जानकारी दिए।

चैत्र शुक्ल प्रतिपदादेखि नै दशैं घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भने भइरहेको छ। २०६३ सालसम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको दशैंघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत छ। कोरोना भाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको हो। Thahakhabr

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सरकारले किनेको ७५ हजार थान कोभिड परीक्षण किट उपयोग भएन

Next Post

ऋषि धमलाकी श्रीमती एलिजाको आक्रोशः मानहानी गरेर मान्छे मार्न खोज्ने ?

Next Post
ऋषि धमलाकी श्रीमती एलिजाको आक्रोशः मानहानी गरेर मान्छे मार्न खोज्ने ?

ऋषि धमलाकी श्रीमती एलिजाको आक्रोशः मानहानी गरेर मान्छे मार्न खोज्ने ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.