प्राचीन समयदेखि नै सूर्यको प्रकाश पृथ्वीका लागि अति महत्वपूर्ण रहदै आएको छ | पृथ्वीमा जे जति सजीव र निर्जीव वस्तुहरु रहेका छन तिनीहरुको जीवनचक्र चल्नका लागि सूर्यको प्रकाश अति आवश्यक रहेको छ | यी सबै प्राणीमध्ये पनि मानव चेतनशील प्राणी हो | सूर्यले हाम्रो शरीरको मात्र नभई सूक्ष्म शरीरको आफ्नो चैतन्य शक्तिलाई जीवन्तता दिन्छ | मानव शरीर पन्चतत्वबाट बनेको हुन्छ | आजको मान्छे आफ्नो शरीरलाई ध्यान नदिएर अगाडी बढीरहेको देखिन्छ | सर्वप्रथम मान्छेले आफू कसरी स्वस्थ हुने भन्ने सोच्नु अनिवार्य रहेको छ | आजभोलि मानिसहरु थाहा पाई नपाई पनि विभिन्न योगादी क्रियाहरु गरिरहेका हुन्छन् | विभिन्न योगादी क्रियाहरु गरिरहेका हुन्छन | जसमध्ये सूर्य नमस्कार पनि महत्वपूर्ण रहेको छ |
सूर्यनमस्कार र यसबाट स्वास्थ्यमा पुग्ने फाइदाहरु :
क) प्रार्थना मुद्रा / नमस्कारासन
फाइदाहरु – रक्त सन्चार सामान्य हुन्छ |
– मनलाई एकाग्र गराउदछ र मनमा शान्ति ल्याउदछ |
ख) हस्तउत्तानासन :
फाइदाहरु :- शरीरको बोसो घटाउछ |
– पाचनतन्त्र बलियो बनाउनुका साथै पेटका रोगहरुबाट बचाउछ |
– हात र काँधको मांसपेशी बलियो बनाउछ |
ग) पाद हस्तासन :
फाइदाहरु : – पेटको अनावश्यक बोसोलाई घटाउछ |
– कब्जियत हुनबाट बचाउछ |
– मेरुदण्ड लचकदार हुन्छ |
– रक्तसन्चार सुचारु बनाउछ
घ) अश्व संचालनासन :
फाइदाहरु:- मेरुदण्डमा लचकता आउछ |
– पाचनतन्त्रमा रक्तसन्चार बढाउछ |
ङ) पर्वतासन :
फाइदाहरु :- रक्तसन्चार कम हुने लाई फाइदा हुन्छ , यसले रक्तसंचार बढाउँछ |
– आँखाको ज्योति बढ्छ |
– शरीरमा लचिलो बढ्छ |
च) अष्टांग नमस्कारासन :
फाइदाहरु – छाती र फोक्सोलाई बलियो बनाउछ |
– खुट्टा र हातको मांशपेसी बलियो हुन्छ |
छ) भुजंगासन :
फाइदाहरु: – कब्जियत हटाउछ |
– फोक्सोलाई सक्रिय बनाउछ |
– मेरुदण्डलाई लचिलो बनाउछ |
सूर्य नमस्कारको १२ ओटा आसन गरेपछि एक चक्र पुरा हुन्छ | सूर्य नमस्कार गर्दा श्वास लिने र छोड्ने क्रियामा ध्यान दिनु जरुरी देखिन्छ | श्वाससंग तालमेल मिलाएर सूर्य नमस्कार गर्यौ भने हाम्रो शरीरका सम्पूर्ण मांशपेशी , जोर्नी तथा शरीरका भित्रि अंगहरुमा फाइदा पुग्ने देखिन्छ | त्यसैले सूर्य नमस्कारलाई अति फाइदाजनक आसनको रुपमा लिइन्छ | यसले बाहिरी शरीरको व्यायाम गर्नुका साथै शरीरभित्रका अंगहरुको अभ्यासमा पनि सहयोग पुरयाउने भएकाले यसलाई निकै महत्वपूर्ण आसनका रुपमा लिइन्छ |