Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गर्भावस्थाको ९ महिना : के गर्ने, के नगर्ने ?

जनता भ्वाइस by जनता भ्वाइस
September 3, 2020
in स्वास्थ्य
0
गर्भावस्थाको ९ महिना : के गर्ने, के नगर्ने ?
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्था एक संवेदनशिल अवस्था हो । यतिबेला गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । शारीरिक मात्र होइन मानसिक स्वास्थ्यको समेत ।गर्भ रहेपछिको अवस्थादेखि नै उचित खानपान जीवनशैली र सोंच-चिन्तन आवश्यक हुन्छ ।

यतिबेला गर्भवतीले मात्र होइन उनका श्रीमान र परिवारले नै राम्रो वातावरण तय गरिदिनुपर्छ । अतः कुन अवस्थामा गर्भवतीले कस्तो सावधानी अपनाउने ? के गर्ने ? के नगर्ने ? ख्याल राख्नुपर्छ ।गर्भावस्थाको प्रारम्भिक लक्षण

– महिनावरी महिना चक्रक्रम रोकिनु– चक्कर लाग्नु– वान्ता हुनु– कहिलेकहीा ज्वरो पनि आउन सक्छ– सुरुवाती दिनमा हर्मोनल परिवर्तनको कारण केहि शारीरिक समस्याहरु देखापर्छ

के गर्ने ?

– कुनैपनि भार उठाउन हुादैन– व्यायाम पनि त्यती गरौं जो चिकित्सकले भनेका छन्– ताजा र पौष्टिक भोजन सेवन गरौ बच्चालाई पूर्ण रुपमा पोषण मिलोस्– आफुनो भोजनमा पत्तेदार सब्जी दुध र दुधजन्य पदार्थ सामेल गरौ– भिटामिन-सिले भरपुर पदार्थ लिनुहोस् ।– दिनमा कम्तीमा ६-७ गिलास पानी पिउनुहोस् ।

दोस्रो महिना– सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ ।– थकान लाग्ने चक्कर लाग्ने हुन्छ । धेरै पटक पिसाब लाग्न सक्छ ।– झर्को लाग्न सक्छ ।

के गर्ने ?– यस समयमा मदिरा ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्न । आफ्नो मर्जी अनुसार कुनैपनि औषधी सेवन नगर्ने ।– आफ्नो खानेकुरामा प्रोटिन क्याल्शियम कार्बोहायडे्रट, ताजा फल आदि सामेल गर्नुहोस् ।– यतिबेला हल्का थकान लाग्नसक्छ त्यसैले पर्याप्त आराम लिनुहोस् ।

तेस्रो महिना– यस अवधीसम्म आइपुग्दा तपाईको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुादैन । भ्रुण तिब्र रुपले बिकास हुन थाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुनसक्छ । यतिबेला तपाईको गर्भवती पेट देखिन थाल्छ ।

के गर्ने ?– बच्चाको तौलको बढेकाले कम्मरमा पीडा हुनसक्छ । त्यसैले गह्रौं बस्तु उठाउन हुन्न । फ्ल्याट जुत्ता लगाउनुपर्छ । आरमले बस्नुपर्छ ।– पर्याप्त मात्रामा क्याल्शियमको सेवन गर्ने, हल्का व्यायम गर्ने ।

चौथो महिना:यतिबेला गर्भको बच्चा चल्न थालेको महसुष हुन्छ । गर्भाशय बढ्न थाल्छ । थकान लाग्न सक्छ कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ । भोक लाग्छ । सफा योनीश्राव हुन्छ ।

के गर्ने ?– छाला र मांसपेशी गर्भस्थ शिशुको समायोजित गर्नका लागि फैलन सुरु गर्छ । त्यसैले खुला एवं हल्का पहिरन लगाउने ।– तरल पदार्थ पिउने । सब्जी र फलफूल सेवन गर्ने ।– यतिबेला डेढ देखि दुई किलोसम्म तौल बढ्न सक्छ चिन्ता नगरौ ।

पाँचौ महिना:तपाईको गर्भमा तिब्र रुपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुष गर्न सकिन्छ । यतिबेला थकान लाग्ने पेट फुल्ने भोक लाग्ने, सास लिन गाह्रो हुने कम्मर दुख्ने समस्या हुनसक्छ ।

के गर्ने ?– आरमदायक ढंगले बस्ने । सन्तुलित भोजन लिने ।– मुलायम पहिरन लगाउने ।– मनलाई प्रशन्न राख्ने । मनमा चिन्ता नलिने । कुनै भय नलिने । किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ ।– विहान-बेलुकी टहल्ने ।– अचानक उठ्ने वा बस्ने नगरौ । कुनैपनि काम गर्दा विस्तारै गर्ने ।– भोग लाग्नु स्वभाविक हो तर जंक फूडको सेवनबाट बचौं ।

छैठौं महिना:यतिबेला शरीरको तौल तिब्र रुपमा बढ्न थाल्छ । शरीरको तापमान बढ्न सक्छ । स्तनको आकार बढ्छ र निप्पलमा कालो घेरा लाग्न सुरु गर्छ । पेटमा हलका पीडा हुन सक्छ ।

के गर्ने ?– यसबेला आरम गर्नु निकै महत्वपूर्ण हुन्छ । सहि मुद्रामा आरम गर्ने ।– खुट्टा सुन्निने संभावना भएको धेरै समय खुट्टा झुन्ड्याएर नबस्ने । सुतेको बेला खुट्टामा सिरानी राख्ने ।– गहिरो सास लिने र छाड्ने अभ्यास गर्ने । पौष्टिक आहारा लिने ।– अधिक मात्रामा पेय पदार्थ लिने ।

सातौ महिना:भ्रुणको विकाससागै तपाईको शरीरमा रगतको आवश्यक्ता पर्न थाल्छ । त्यसैले रगत बनाउने खाद्य पदार्थ सेवन गर्नुपर्छ । स्तन कोलेस्ट्रम नामक एक सफा तरल पदार्थ चुहिन सक्छ । कम्मर दुख्ने र सास बढ्ने समस्या देखापर्छ ।

के गर्ने ?– आफ्नो अन्तिम तेस्रो महिना चिकित्सकको सम्पर्कमा रहने ।– मनमा भय र चिन्ता नलिने ।– खानपान र जीवनशैलीमा सन्तुलन ल्याउने ।– आरम गर्ने ।

आठौं महिना:गर्भावस्थाको आठौं महिना आफ्नो स्वास्थ्यप्रति एकदमै सर्तक हुनुपर्छ । गर्भ र आफ्नो शारीरिक संरचनामा धेरै परिवर्तन हुन सक्छ । यतिबेला गर्भको बच्चा पनि उर्जावान भइसकेका हुन्छन् ।

के गर्ने ?– पानी फल र रसको सेवन गर्ने ।– मसलेदार वा एसिडयुक्त भोजना सेवन नगरौ ।– नकारात्मक बिचार त्याग्नुपर्छ । नकारात्मक स्थानमा बस्नु हुादैन ।– जति सकिन्छ शान्त भएर बस्ने

नवौं महिना:गर्भावस्थाको यो महिना पूर्ण अवधी मानिन्छ । कुनैपनि समयमा तपाईमा प्रसव पीडा हुन सक्छ । शारीरिक एवं मानसिक रुपले आफुलाई तयार राख्नुपर्छ ।

के गर्ने ?– प्रसवको समयमा लगाउनका लागि आरमदायक पहिरन तयार गर्ने ।– नवजात शिशुको लागि आवश्यक सामग्री खरिद गर्ने ।– प्रसुती गृह एवं अस्पतालको पायक पर्ने स्थानमा बस्ने । यातयातको व्यवस्था गर्ने ।

केहि जानकारी– नियमित रुपमा स्वास्थ्य जााच गराउनुपर्छ । सास लिन गाह्रो भएको वा अन्य कुनै अवरोध छ भने चिकित्सकको निगरानीमा बस्नैपर्छ ।– चुरोट म’दिरा आदिको सेवन नगरौं, जसले गर्भको बच्चालाई सोझो असर पर्छ । मदिराले बच्चाको शरीर एवं मस्तिष्क कमजोर हुन्छ ।

गर्भधारणपछिको पहिलो वा छ सप्ताहको समय बच्चाको शारीरिक रचनाका लागि एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले यसबेला त्यस्ता खानेकुरा सेवन नगरौ जसले गर्भको बच्चामा नराम्रो असर गर्छ ।– गर्भधारण गर्नअघि नै महिलाले सन्तुलित भोजन गर्नुपर्छ । खानामा अधिक मात्रामा

हरियो सब्जी सलाद दाल दुध पनिर फल लाभदायक हुन्छ ।– आफ्नो शरीरलाई चुस्त सुडौल र स्वस्थ्य बनाइराख्न बिहान हल्का व्यायाम गर्नुपर्छ । केहि समय टहल्नु पर्छ । बिहान टहल्नाले दिनभर थकान अनुभव हुादैन ।– गर्भधारणपछि मानसिक शान्तिका लागि मनोरञ्जन ध्यान धार्मिक कार्यक्रममा सहभागी हुनु राम्रो हो ।– गर्भधारणका लागि २१ बर्ष उमेर पुगेको राम्रो हो भने ३५ बर्षभन्दा कम उमेरको हुनुपर्छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एउटा यस्तो सादगी जीवन, जसले कहिल्यै गुनासो गरेन

Next Post

मन्थलीमा गरे एक युवकले आत्महत्या, आत्महत्याको कारण प्रेम हुनसक्ने

Next Post
लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

मन्थलीमा गरे एक युवकले आत्महत्या, आत्महत्याको कारण प्रेम हुनसक्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.