Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

यता पालिकामा पनि उस्तै तनाव, किन निस्कियो कोरोना महामारी बीच जुलुश

जनता भ्वाइस by जनता भ्वाइस
September 5, 2020
in समाचार
0
यता पालिकामा पनि उस्तै तनाव, किन निस्कियो कोरोना महामारी बीच जुलुश
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २० । जनता भ्वाइस संवाददाता, रामेछाप


गाउँपालिकामा निर्माणाधिन खानेपानी योजनामा भ्रष्टाचार भएको भन्ने विषयलाई लिएर भएको विवादले चर्को रुप लिएको छ । यो घटना दोलखा मेलुङ गाउँपालिकाको हो ।


गत विहिबार उक्त गाउँपालिकाको भेड्पुमा निर्माणाधिन खानेपानी अयोजनामा भ्रष्टाचार भएको भन्दै राजनीतिक दलका कार्यकर्ताहरुले गाउँपालिका कार्यालयमा तालबन्दी गरेका थिए । राप्रपाका केन्द्रीय सदस्य एवम् स्थानीय युवा प्रवीण थोरक सहितको समूहले गाउँपालिकामा तालाबन्दी गरेपछि विवादले झन चर्को रुप लिएको थियो ।


तालाबन्दी गर्ने थोकर सहित् ५ जनालाई जिल्ला प्रहरी कार्यालय, दोलखाले हिरासतमा राखेर अनुसन्धान गरिरहेका बेला आज एकाएक चरिकोटमा उक्त समूहका समर्थकहरुको पक्षमा सिठी जुलुस निकालेका छन् । राष्ट्रिय प्रजातन्त्र पाटी र नेपाली काँग्रेस सहित्को संयुक्त सिठी जुलुशमा ५० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

आफ्नो पार्टीका केन्द्रीय सदस्य थोकरलाई प्रहरीले पक्राउ गरेपछि राप्रपा केन्द्रले समेत चासो देखाएको छ । यस सम्बन्धी प्रतिक्रिया दिँदै राप्रपाका अर्का केन्द्रीय सदस्य जनकराज पाठकले आफ्ना कार्यकर्तालाई प्रहरीले शक्तिको आडमा पक्राउ गरेका प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘भ्रष्टाचार विरोधी अभियान राप्रपाको घोषित् अभियान नै हो । समाजमा भएको यस्ता भ्रष्टाचार विरोधी कार्य गर्दा विरोध गर्ने हाम्रा साथीहरुलाई जर्बजस्ती पक्राउ गरिएको घटना निकै निन्दनीय छ । राप्रपा त्यसको घोर भत्र्सना गर्दछ । यदि हाम्रो यो मागलाई सुनुवाई हुँदैन भने राप्रपाले थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको हुँदा त्यस्तो अवस्थामा त्यसको सबै परिणामका लागि प्रशासनले जिम्मेवारी लिनुपर्छ ।’


यता दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा मेलुङ् गाउँपालिकाको घटना विश्द्ध राजनैतिक घटना भएको बताउँछन् ।

जनता भ्वाइससँग कुराकारनी गर्दै शर्मा भन्छन्, ‘यो घटना विशुद्ध राजनैतिक रुपमा समाधानको प्रयास खोजिँदै छ । जिल्ला स्थित सम्बन्धित पार्टीका नेताहरु यसको हल खोज्न लागिरहनु भएको छ भन्ने मैले जानकारी पाएको छु । लाग्छ, भोलिसम्ममा यसको हल निस्केला । आज निस्किएको सिठी जुलुश विरोध गर्न पाउने नागरिकहरुको अधिकार बमोजिम नै भएको हो । यस घटनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हाल जिल्लामा निषेधाज्ञा समेत नभएको अवस्थामा यति सामान्य जमघट कानुन विपरित होइन ।’


दोलखाको मेलुङ् गाउँपालिका प्रायः विवादमा आइरहने गाउँपालिका मध्येमा पर्ने गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

के हो यौन शिक्षा ? किन लिने ?

Next Post

रामेछापमै पहिलो अत्याधिक पुरस्कार राशीको अनलाइन निबन्ध प्रतियोगिता, इच्छुकहरुलाई सुवर्ण मौका

Next Post
रामेछापमै पहिलो अत्याधिक पुरस्कार राशीको अनलाइन निबन्ध प्रतियोगिता, इच्छुकहरुलाई सुवर्ण मौका

रामेछापमै पहिलो अत्याधिक पुरस्कार राशीको अनलाइन निबन्ध प्रतियोगिता, इच्छुकहरुलाई सुवर्ण मौका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.