जेठ ०२,
रामेछाप । रामेछापमा विश्वभर फैलिरहेको कोरोना महामारीका कारण समस्यामा परेमाहरुलाई ध्यानमा राखी मनोसामाजिक परामर्श सेवा शुरु भएको छ । आजदेखी जिल्लाको चार स्थानीय तहमाले निशुल्क परामर्श सेवा शुरु गरेका हुन ।
बन्दाबन्दीले मानिसलाइ अनेक खालका समस्या हुनेभन्दै सुरक्षित आप्रवासन सामीको प्राविधिक सहयोग र जिल्लाका ४ स्थानीय तहहरुको संयुक्त पहलमा मनोसामाजिक परामर्श सेवा शुरु गरिएको सुरक्षित आप्रवासन (सामी) का कार्यक्रम संयोजक सागर विक्रम बस्नेतले जानकारी दिनुभयो ।
कोरोना भाइरसका कारणबाट जोगाउन सरकारले जारी गरेको लकडाउले मानिसमा समस्या ल्याने भन्दै फोनमार्फत निःशुल्क जिल्लाका मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र सुनापति गाउँपालिकाले यस्तो परामर्शा दिन लागेका हुन ।
बन्दाबन्दीले मानिसहरुमा अनेकन चिन्ता लाग्ने, निद्रा नलाग्ने, खाना मन नलाग्ने, वैदेशिक रोजगारमा आफ्नता गएकाहरुमा परिवारीक चिन्तन हुने, डर, चिन्ता, छटपट्टी हुने, एक्लै बस्न मन लाग्ने, रिसाउने, झर्किने र दिक्क लाग्ने जस्ता समस्या देखिने सम्भावना रहने विग्यहरुले बताएका छन ।
यसरी समस्या आउने सम्भावने रहेकाले स्थानीय स्थानिय तहहरुले मनोसामाजिक परामर्शका दातासहित परामर्श सुरु गरेका हुन । स्थानिय तहहरुले त्यस्ता समस्या देखिए तत्काल सम्पर्कमा आउन पनि आवह्न गरेका छन् । फाइल फोटो