जेठ ०३,
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम शुक्रबार अपरान्ह सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
यो नीति तथा कार्यक्रमा कोरोना भाइरसको महामारीबाट जुध्न भन्दै ६३ पेजको कृषिलाई केन्द्रित गरेर विशेष कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रममा भारतले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता पनि घोषणा गरेको छ।
विदेशबाट आफर्केका युवलाई लगानी, सबै घरमा खानेपानी र देश बिजुली पुर्याउने योजना ल्याएको उल्लेख गरेको छ।