Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कान्छारामले दिएको एम्बुलेन्स चल्न नदिने वडा अध्यक्षको धम्की

जनता भ्वाइस by जनता भ्वाइस
May 18, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
कान्छारामले दिएको एम्बुलेन्स चल्न नदिने  वडा अध्यक्षको धम्की

No Ambulance sign illustration.

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जेठ ४ । जनता भ्वाईस संवाददाता ।

रामेछाप । पुर्णबहादुर तामाङ (कान्छाराम) ले दिएको एम्बुलेन्स चल्न नदिने भन्दै वडा अध्यक्षले एम्बुलेन्स चालकलाई धम्कि दिएका छन् । मन्थली नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीले  बिरामी बोकेर गाउँ आउदै गर्दा धम्की दिएको बा १९ च ३९१९  का चालक सुबास खड्काले बताए । खड्का भन्छन् ” म बिरामी बोकेर गाउँ फर्कदै थिए । वडा अध्यक्षज्यूको फोन आयो । मलाई नसोधि किन बिरामी बोकिस ? वडाको पास बिना किन बिरामी बोकिस भन्दै असभ्य भाषा प्रयोग गर्नुभयो । धम्कीपुर्ण  बोलि प्रयोग गर्नु भयो । त्यसैले यसै एम्बुलेन्सको समिति गेलु चनखु एम्बुलेन्स सेवा समितिका अध्यक्ष खिलेन्द्र खत्रीज्यू सँग गुनासो राखेँ ।”

यता समितिका अधयक्ष खिलेन्द्र खत्री पनि यो समस्या पहिलो चोटीको नभएको बताउछन् ।अध्यक्ष खत्री भन्छन् : चालक खड्काको निवेदन आए पछि संस्थाको आधिकारिक पत्र सहितको उजुरी जिल्ला प्रशासन कार्यलयमा बुझाई सकिएको छ ।वडा अध्यक्षको JCB चलाउने चालक र बोलेरो चलाउने ड्राईभरले फाल्गुण ११ गते पनि वडा अध्यक्षकै अगुवाईमा एम्बुलेन्स तोडफोड गरेका थिए । एम्बुलेन्स बनाई दिने सहमति पछि यो विवाद बाहिर ल्याएनौ । तर अहिले आएर पुन: एम्बुलेन्स चल्न दिन्न भन्दै चालकलाई धम्कि समेत दिएकोले हामीले प्रशासन कार्यालयमा उजुरी गरेका हौँ ।

चालक खड्का र अध्यक्ष खत्रीको यी आरोप प्रति वडा अधयक्ष कृष्णहरी अधिकारी भने सहमत छैनन् । अध्यक्ष अधिकारी भन्छन् : “मैले अनावश्यक मानिसहरू नबोक्नु मात्रै भनेको हो । एम्बुलेन्स चालकले बिरामी ल्याएको भन्दै अन्य मानिसहरू गाउँ भित्र्याएको हुनाले त्यस्तो नगर्न सुझाव दिएको हुँ ।”

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउनको कारण गाईपालक कृषक थला पर्दै (भिडियोसहित)

Next Post

फेरी थपिए कारोना संक्रमित, कति जिल्लामा फैलियो काेराेना हेर्नुहोस्,यस्तो आदेश सर्वोच्चको,

Next Post
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

फेरी थपिए कारोना संक्रमित, कति जिल्लामा फैलियो काेराेना हेर्नुहोस्,यस्तो आदेश सर्वोच्चको,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.