Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फेरी थपिए कारोना संक्रमित, कति जिल्लामा फैलियो काेराेना हेर्नुहोस्,यस्तो आदेश सर्वोच्चको,

जनता भ्वाइस by जनता भ्वाइस
May 18, 2020
in जनता स्पेसल, समाचार, स्वास्थ्य
0
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ०५,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेका छ । आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
धनकुटा अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि सो क्षेत्रलाई स्थानीय प्रशासनले सिल गरेर शंकास्पद व्यक्तिको खोजी सुरु गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार साँझ सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। थपिएका तीनै जना संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले आइतबारसम्म करिब ९६ हजार मानिसमा कोरोना परीक्षण गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर विधिमार्फत २८ हजार १ सय ६० वटा र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६७ हजार ७ सय ६९ वटा गरी कुल ९५ हजार ९ सय २९ वटा परीक्षण गरिएको जनाएको हो।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार ३ जना थपिएसँगै नेपालमा कोरोनाको संक्रमण ३० जिल्लामा फैलिइसकेको छ। भने २ जनाको मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको तथ्याकं छ। सिन्धुपाल्रचाेक र बाँकेमा मृत्यु भएकाे हाे ।

उता,कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका बनाइएको क्वारेन्टाइनमा राखिएका ४५ जना भागेका छन् । गत शुक्रबार र शनिबार राति गरी उनीहरु भागेका बताइएको छ । वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्‍वारेन्टाइनबाट ३० जना र उक्त वडाकै राष्ट्रिय निमाविको क्‍वारेन्टाइनमा राखिएका १५ जना भागेका बताइएको छ। उनीहरु के कारणले भागे भन्नेबारे खुल्न आएको छैन। भागेका व्यक्तिबारे पत्ता लागिसकेको छैन। उनीहरुको खोजी कार्य भैरहेको छ ।

यस्तो आदेश सर्वोच्च अदालत

सर्वोच्च अदालतले भारतलगायत देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरी मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘भारतलगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीजस्ता वस्तुहरुमा पाइने विषादी र कोभिड–१९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी मात्र आयात गर्नू ।’ आदेशमा आन्तरिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड–१९ को परीक्षण गरी वितरण गर्नाका साथै उत्पादनलाई उपभोक्तासम्म पु¥याउन भनिएको छ।

सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

त्यस्तै कोरोना संक्रमण बढदै गएकाले सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले यो निर्णय गरेको हो। आइतबार संझा बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन वैशाख २० गतेसम्म लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको हो । साथै लकडाउनलाई झनै कडाइसाथ लागु गरिने पनि बताइएको छ। याे पटक थपिएकाे बन्दाबन्दीकाे ७ अाैँ पटक थपिएकाे हाे फाेटाे/फाइल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कान्छारामले दिएको एम्बुलेन्स चल्न नदिने वडा अध्यक्षको धम्की

Next Post

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा, भोटिङ खुल्ला

Next Post
दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा, भोटिङ खुल्ला

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा, भोटिङ खुल्ला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.