वीर गोरखालीको रगत पसिनाले सिर्जना भएको मुलुक हो नेपाल । कैयन वीर वीरङ्गानाहरुको योगदानले हामी नेपालीहरु ‘म नेपाली र मेरो देश नेपाल’ भन्ने भावमा आफूलाई विश्वसामु चिनाउन पाएका छन् ।
राजा पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो ।’ भनेपनि लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’ निबन्धमा नेपाललाई व्याख्या गरेपनि वास्तवमा आँखाको नानी सानो तर त्यसले दिने ज्योति विशाल भएजस्तै हामी विशाल नेपालका वीर नेपालीहरु हौं । हाम्रा पिता पुर्खाले आर्जेको मुलुकमा छिमेकी मित्रराष्ट भारतको सँधैको हेपाहा र मिचाह प्रवृत्तिले हाल सम्बन्धमा चिसोपना र केही दरार सिर्जना भएको छ ।
हिजो इष्ट इन्डिया कम्पनीले गरेको साँध सिमालाई कुल्चिएर पटकपटक गिद्देदृष्टि लगाउँदा हुने दुष्परिणामले अनावश्यक तनाव हुने
हाल भारतले नेपाललाई सुगौली सन्धीको आडमा बसेर यो प्रवृत्ति गरिरहेको प्रस्ट देखिन्छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भएका दादागिरीहरु नेपाली माटो र नेपाल आमाको छातीमा गरिएका प्रहारहरु हुन् । हिजो इष्ट इन्डिया कम्पनीले गरेको साँध सिमालाई कुल्चिएर पटकपटक गिद्देदृष्टि लगाउँदा हुने दुष्परिणामले अनावश्यक तनाव हुने गरेको छ ।
नेपालले हालको भारत सरकारसँग सुगौली सन्धी गरेको होइन । हिजोको परिवेश र परिस्थिति अनुसार सन्धी गर्नुपर्ने वातावरण भएको थियो । त्यो बेलामा त्यस्तै खालको वातावरणको प्रभावमा सन्धी गर्नुपर्यो भन्दैमा आज त्यसैमा टेकेर भारतले आफ्नो भाइगिरी देखाउन मिल्दैन । नेपाल आफैंमा आफ्नो मुलुककको स्वतन्त्रता र स्वाधिनताको मामलामा प्रष्ट छ ।
आजका भारतीयहरु अंग्रेजका गुलाम बनेर उनीहरुको सेवा गर्दाको समयमा हिजोको नेपालका वीर नेपालीहरु उनीहरुसँग वीरतापूर्वक लडिरहेका थिए । पूर्वमा टिस्टा र पश्चिममा काँगडा सम्म फैलिएको नेपाली वर्चस्वलाई कटुता र षड्यन्त्रपूर्वक नियन्त्रणमा लिएको आजको भारतले चुरीपुरीको माध्यम बनाउनु उचित हुँदैन ।
अंग्रेजका गुलाम बनेर उनीहरुको सेवा गर्दाको समयमा हिजोको नेपालका वीर नेपालीहरु उनीहरुसँग वीरतापूर्वक लडिरहे
सन् १९४७ बाट महात्मा गान्धीको नेतृत्वले भारतलाई अंग्रेजहरुको चँगुलबाट मुक्त पारेकोले आज भारतीयहरुको दादागिरी सुरु भएको हो ।
भारत सरकार भन्दा पनि यतिबेला भारतीय मिडियाहरुको दादगिरी चरमोत्कर्षमा पुगेको छ । नेशनल टेलिभिजनका प्रस्तोता अर्नब गोस्वामीले त भारतलाई खुलेरै चीनको इशारामा नेपाल चलेको भन्ने सम्मको आरो पलगाउन भ्याएको छ ।
गोस्वामीको यो अभिव्यक्तिलाई नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रस्ट जवाफ दिइसकेका छन् । अतिक्रमित भूमि नेपालले आफ्नो केन्द्रीय संसदमार्फत नक्सा जारी गर्दै सार्वजनिक त गर्यो । तर यस किसिमको कार्यले मात्रै गुमेको भूमि फिर्ता आउँदैन । कुटनीतिक पहल मार्फत आफ्नो गुमेको भूमि फिर्ता ल्याउने सवाल निकै चुनौतिपूर्ण छ ।





