Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज थप ३४ जनामा कोरोना पुष्टिः ७ सय नाघ्यो संक्रमितको संख्या

जनता भ्वाइस by जनता भ्वाइस
May 26, 2020
in समाचार
0
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १३,

सुर्खेत । नेपालमा कोरोना संक्रमित फेरी थपिएका छन् । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनाराण तिवारीले जानकारी दिए । सङ्क्रमितहरुमा वीरेन्द्रनगर नगरपालिका–१, ३ र ६ वडाका सात पुरुष र एक महिला, भेरीगङ्गा नगरपालिका दुई पुरुष र सिम्ता गाउँपालिका–४ का सुर्खेतका दुई पुरुष रहेको उनले बताए ।

उनीहरु सबै भारतबाट आएकाहरु रहेको बताएको छ । १२ जना सुर्खेतमै थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।

यता रौतहटमा थप २२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । मंगलबार मध्यान्न जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार गौर नपाका ७ जना, राजदेवीका १ जना, देवाहिगोनाहीका ३  र ११ जनामा कोरोना पुष्टि भएको छ । आज मात्रै ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संकेमितमा तीनजना बालबालिकासमेत रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए  । रौतहटमा यसअघि ४८ जनामा संक्रमण देखिएको थियो । उनीहरुमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।

उता कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भवावह बन्दै गएको र समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई जिम्मा दिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

त्यहाँ पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिमा सङ्क्रमण देखिएको हो । आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक जानकारी गराएको छैन् । file photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पछिल्लो पुस्ताका लागि बाटो खाली गरि आफू पेन्सनमा बसेको हूँ (भिडियो सहित)

Next Post

प्रधानमन्त्री ओलीले डाके आज साँझ सर्वदलीय बैठक

Next Post
सागमा विजयी खेलाडीलाई प्रधानमन्त्री ओलीको ‘सरप्राइज पुरस्कार’ घोषणा

प्रधानमन्त्री ओलीले डाके आज साँझ सर्वदलीय बैठक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.