Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

के राजा बाहेक यो देश बचाउने तागत अरु नेतासँग छैन र ?

जनता भ्वाइस by जनता भ्वाइस
June 8, 2020
in अन्तर्वार्ता, जनता स्पेसल
0
के राजा बाहेक यो देश बचाउने तागत अरु नेतासँग छैन र ?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

भुवन पाठक
पूर्व शिक्षा राज्यमन्त्री तथा नेता, राप्रपा

(अहिले कोरोनाको कारण देशको शैक्षिक गतिविधि अनुमानभन्दा बाहिर छ । अधिकांश सामुदायिक विद्यालयहरुलाई क्वारेन्टिन बनाइएको छ । अबको शैक्षिक माहोल के होला त ?
यसको अलवा यहाँ हामीले थोरै राजनैतिक भलाकुसारी पनि प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, संवार्ताकार उद्धव अविचलले पूर्व शिक्षा राज्य मन्त्री तथा राप्रपाका तत्कालिन पार्टी प्रवक्ता एवम् प्रभावशाली नेता भुवन पाठक सँग गर्नुभएको कुराकानीको सम्पादित अंश– प्रधान सम्पादक)

तपाईं पूर्व शिक्षा राज्यमन्त्री भएको नाताले अहिलेको यो अवस्थामा भएको शिक्षा क्षेत्रको प्रभावलाई शुक्ष्म विश्लेषण गर्नुस् न ।
वास्तवमै यो लामो समयको लकडाउनले नेपालको शैक्षिक जगत नै तहसनहस भएको छ । झण्डै छ लाख विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित भएका छन् । यो विषम् परिस्थितिका कारणले विद्यार्थीहरु विद्यालय जान पाइरहेका छैनन् । जसबाट विद्यार्थीमा शैक्षिक र मानसिक असरहरु देखापर्न सक्छन् । तसर्थ विद्यार्थीको लागि भर्चुअल कक्षा सञ्चालन गरी वा रेडियो टेलिभिजनको माध्यमबाट भए पनि व्यस्त बनाउनु आवश्यक छ । हुन त असार १ गतेबाट शिक्षा मन्त्रालयले पनि नयाँ निर्देशिका जारी गरी भर्चुअल कक्षा सञ्चालनको बाटो खोलिदिएको छ तर यो निर्देशिका कार्यान्वयन हुन्छ हँुदैन अर्को चिन्ता पनि छदै छ । यद्यपि नयाँ शैक्षिक सत्र सुरु हुनुपर्ने बेला शिक्षण संस्था बन्द हुनु भनेको यस वर्षको शैक्षिक क्षेत्रमा भयावह स्थिति आउन सक्छ भन्नु नै हो ।


सरकारले सामुदायिक विद्यालयको शैक्षिक प्रगतिका लागि निजी विद्यालयलाई जिम्मा दिँदै छ, के अब नेपाल सरकारको सरकारी शिक्षा नीति असफल भएकै हो त ?
सरकारले बजेट मार्फत् निजी विद्यालयले माध्यमिक तहसम्म पढाई हुने एक सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधारको सामग्री सहित् विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने जुन व्यवस्था गरेको छ, यो सैद्धान्तिक र व्यवहारिक दुबै दृष्टिकोणले आपत्तिजनक छ । देशको ८० प्रतिशत विद्यार्थी पढ्ने सामुदायिक विद्यालययको शैक्षिक गुणस्तरको जिम्मेवारी २० प्रतिशत विद्यार्थी पढाउने निजी विद्यालयलाई दिनु भनेको निजी विद्यालय संचालकहरुलाई रिजाउनु मात्र हो । यसको अलवा मौलिकहकको रुपमा रहेको शिक्षा जगतबाट सरकार पन्छिन खोजेको साथै देशका सामुदायिक विद्यालय सञ्चालनमा सरकार पूर्णरुपमा असफल रहेको देखिन्छ ।


कोरोना भाइरसका संक्रमितहरु राख्नका लागि विद्यालयलाई क्वारेन्टिन बनाइएको छ, यस कार्यमा यहाँको प्रतिक्रिया कस्तो छ ?
अहिले विश्वनै कोरोनाको चपेटामा छ । हाम्रो देशमा पनि दिनदिनै यसको संक्रमण बढिरहेको छ । आज हामी यो संक्रमणसँग सचेत हुन थालेको चार महिना भइसक्यो । यो बेला यो भाइरससँग लड्न जुन युद्ध स्तरमा काम हुनु पथ्र्यो त्यो भएन । केन्द्र, प्रदेश र स्थानीय सरकार बीचमा समेत तालमेल देखिएन । मन्त्रालय र मन्त्रालय, कोरोना रोकथामका लागि बनेका विभिन्न समितिहरु बीचमा समेत सहकार्य र समन्वयनको चरम अभाव देखियो । आजसम्म लकडाउन बाहेक अन्य प्रभावकारी काम खासै केही भएको छैन । सरकारले सुरुका दिनमा फास्ट ट्रयाकबाट काम गरेको भए आज हाम्रा विद्यालयलाई क्वारेन्टिन बनाउनु पर्दैन थ्यो । जे नहुनु भैसक्यो, अब क्वारेन्टिनलाई सफा र सुग्घर राख्नुपर्छ । क्वारेन्टिनमा बस्नेहरुको स्वास्थ्यको ख्याल गर्दै उक्त स्थललाई आवश्यकता अनुसार निर्मलीकरण गरिरहनु पर्छ ।

अब फरक प्रसङ्गको कुरा गरौ, तपाई त राप्रपाको प्रभाबशाली नेता अहिलेको बिषम परिवेशमा तपाईको पार्टीको भूमिका काहा छ?
अहिले देशमा इतिहासकै बलियो कम्युनिष्ट सरकार छ । यो सरकारलाई जनताले प्रष्ट दुई तिहाई बहुमत दिएका छन् तर जनअपेक्षा अनुसार सरकारले काम गर्न सकिरहेको छैन । जताजतै विकृति र विसङ्गति मात्र छ, भ्रष्टाचारले डरलाग्दो रुप लिएको छ । यो सरकारबाट नागरिकले यथोचित् शान्ति सुरक्षाको प्रत्यभूति गर्न पाएका छैनन् । धर्म परिवर्तनले भयावह अवस्था सिर्जना गरेको छ । सामाजिक र जातीय विभेदको कारण आज पनि मानिसहरुको हत्या भइरहेको छ । तिव्र राजनैतिक कारणले सबै संघ संस्थाहरु आक्रान्त बनेका छन् । न्यायलयमा समेत राजनैतिक गन्ध आउन लागेको छ । यो समयमा न्याय निमुखाहरुको लागि आकाशको फल भएको छ । सबै नेपालीमा नैराश्यता छाएको छ । सरकार पूर्ण रुपमा नै असफल भइसकेको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको भूमिका समेत जन चाहना अनुसारको छैन । लाचार र सङ्कुचित बिचार लिएर बसेको छ नेपाली काँग्रेस । बैदेशिक हस्तक्षेप ह्वात्तै बढेको छ । यो डरलाग्दो अवस्थामा सबै जनाताले एउटा भरपर्दो राष्ट्रिय निकास दिने पार्टी खोजेका छन् । त्यो भनेको हाम्रो पार्टी राप्रपा हो । किनकि हामी आफ्नो विचार र सिद्धान्तमा प्रष्ट छौँ । उत्कृष्ट नेतृत्व छ । तसर्थ अहिले हाम्रो पार्टीको स्थान वैकल्पिक शक्तिको रुपमा पहिलो नम्बरमा छ ।


‘राजा आउ देश बचाउ’ भन्छन् केही नागरिकहरु, के राजा बाहेक यो देश बचाउने तागत अरु नेतासँग छैन र ?
देश अहिले गम्भिर मोडमा उभिएको छ । विदेशी हस्तक्षेप ह्वात्तै बढेको छ । अर्को तर्फ पछिल्लो चार वर्षको अवधिमा जनताले चाहेको कामहरुमा शुन्य प्रतिशत समेत हुन सकेन । राजनैतिक दलहरुको फोहोरीपनले दिक्क भएपछि जनताहरु आफैले “राजा आऊ देश बचाऊ” भनेका हुन् । हुन पनि देशको नेतृत्वमा अहिलेका नेतृत्व गरेका दलहरु असफल भइसके पछि हाम्रो जस्तो भू–राजनैतिक अवस्था, धार्मिक र सामाजिक अवस्था भएको देशमा अहिलेको राजनैतिक पृष्ठभूमिलाई आधार मान्ने हो भने राजा सहितको प्रजातन्त्र अब एकमात्र विकल्प हो ।


अन्त्यमा बताइदिनुहोस्, तपाईको पार्टी जनताबाट रुचाइदा पनि किन राष्ट्रिय पार्टी हुन सकेन ?
हाम्रो पार्टी चुनावकै मुखमा पुगेपछि जसरी अकल्पनीय रुपमा फुट्यो, यसबाट हाम्रा कार्यकर्ता र शुभेच्छुकहरुमा नराम्रो असर पर्यो । उहाँहरुमा एक्कासी नैराश्यता छायो । यसबाट पनि हाम्रो पार्टीलाई क्षति पुग्यो । यसको अलवा हाम्रो पार्टी प्रतिको जुन जनमासमा भ्रम थियो, त्यस भ्रमलाई पनि हामीले आवश्यकता अनुसार चिर्न सकेनौँ । हामीसँग प्रयाप्त श्रोत र साधनको पनि अभाव देखियो । काङ्रग्रेस सँगको चुनावी तालमेल पनि हाम्रो लागि सकारात्मक हुन सकेन । हो यिनै कारणले गर्दा हाम्रो दल जनअपेक्षा हुदाँहँुदै पनि राष्ट्रिय पार्टी हुन सकेन ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बन्दाबन्दीका विद्यार्थीलाई एक शिक्षिकाको खुल्ला पत्र

Next Post

लिखु हाइड्रोको इन्धन बोकेको गाडी दुर्घटना

Next Post
लिखु हाइड्रोको इन्धन बोकेको गाडी दुर्घटना

लिखु हाइड्रोको इन्धन बोकेको गाडी दुर्घटना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.