Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘मैले पहिलो आर्थिक वर्षमा बनाएको घुम्ती कोषको व्यवस्था कार्यविधि बिना अधुरो रह्यो ।’ वडाध्यक्ष: तामाङ

जनता भ्वाइस by जनता भ्वाइस
July 9, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
‘मैले पहिलो आर्थिक वर्षमा बनाएको घुम्ती कोषको व्यवस्था कार्यविधि बिना अधुरो रह्यो ।’ वडाध्यक्ष: तामाङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २३, जनता भ्वाइस संवादाता, रामेछाप
गाउँ कार्यपालिकाको आन्तरिक विवादको कारण आफ्नो वडाको कार्यप्रगति सुस्त भएको लिखु तामाकोसी गाउँपालिका वडा नं. २ सैपुका वडाध्यक्ष पदमबहादुर तामाङले बताएका छन् । गाउँ कार्यपालिकामा आएको आन्तरिक विवादका कारण बजेटको तर्जुमा गर्न नसकेको कारण आफ्ना वडाका विकासे कामहरुमा समस्या भएको बताएका हुन् ।
‘गाउँ कार्यपालिकामा यत्तिको विवाद हुँदा समेत तपाईं जस्ता युवा पंक्तिले किन सहजिकरण गर्न सक्नु भएन ?’ भन्ने जनता भ्वाईसले राखेको जिज्ञासामा वडाध्यक्ष तामाङ भन्छन्, ‘पूर्व नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको व्यक्तिगत इगोको कारण पनि हुनसक्छ या त लिखुतामाकोसी गाउँपालिकालाई पछाडि धकेल्ने मनासाय समेतको कारणले हुनसक्छ, यस्तो अकल्पनीय कार्य हाम्रो गाउँपालिकामा भएको छ । हामी युवा जनशक्तिहरुले यो विवादलाई समाधान गर्ने अवस्था नै नभएको होइन ।

यहाँ यो मुद्धालाई अदालती प्रक्रियामा लगिएको कारणले पनि हामी र हाम्रो स्तरबाट कुनैपनि काम गर्न मिल्ने अवस्था नै थिएन । यो विवादको कारकको रुपमा को दोषी हो या को होइन भन्ने समग्रमा अध्यक्ष र उपाध्यक्ष दुई जनाको मतान्तर भएको भने पक्कै हो ।’
एक अर्को प्रसंगको क्रममा तामाङले आफ्नो गाउँपालिकाको कार्यविधि नबनेको कारणले आफूले आफ्नो वडामा खासै केही गर्न नसकेको गुनासो तामाङको रहेको छ । कोरोना भाइरस कोभिड १९ को कारण विदेशमा सीप र अनुभव लिएर आएका युवाहरुलाई गाउँमा नै रोक्न र उताको सीप र अनुभवलाई आफ्नै माटोमा प्रयोग गर्न ठोस रणनीति बनाउन नपाएको उनको धारणा रहेको छ । ‘मैले पहिलो आर्थिक वर्षमा बनाएको घुम्ती कोषको व्यवस्था कार्यविधि बिना अधुरो रह्यो ।’ उनले भने ।


चालु आर्थिक वर्षमा थालेका विकास निर्माणका कामहरु ६० प्रतिशत भन्दा बढी कार्यान्वयनको चरणमा गएको तामाङको भनाई रहेको छ । सडकमा ग्याबिन जाली राख्ने र सोलिङ गर्ने कार्यका लागि कोभिड १९ का कारण गाउँ फर्किएका युवाहरुलाई परिचालन गरेर काम अघि बढाइएको उनको भनाई रहेको छ ।
बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चार जिल्ला भए कोरोना मुक्त जिल्ला, कुन कुन हेर्नुहोस्

Next Post

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त

Next Post
नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.