Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पर्यटनमन्त्रीलाई पाँच प्रश्न ?

Milan Ghimire by Milan Ghimire
August 15, 2019
in जनता स्पेसल, फिचर
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन २८

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई मन्त्रीका रुपमा नियुक्त भएको पहिलो हप्ता सकिएको छ । उनी यो हप्ताभर पर्यटन सम्वद्ध जानकारी लिने दौडमा केन्द्रीत रहे । आफू विलकुलै नयाँ भएकाले तुरुन्त एक्सनमा जान नसकिएको स्वीकार गर्दै उनले आफू सिकारी नभई सिकारु भएको बताउने गरेका छन् ।
शुक्रबार पनि मन्त्री भट्टराईले पर्यटन व्यवसायीसँग सुझाव माग गरे । चुनौती के के छन्, समाधानका उपाय के हुन सक्छन् रु भ्रमण वर्ष २०२० कसरी सफल पार्न सकिन्छ लगायतका विषयमा उनले व्यवयासीका राय लिए । मन्त्री भट्टराईसँग हामीले संक्षिप्त कुराकानी गरेका छौँ, प्रस्तुत छ सम्पादित अंशः

भिजिट नेपालको सुरुवात कहाँबाट गर्नुहुन्छ ?
सुरु भईसकेको छ । मैले यहाँभन्दा अगाडी पनि यो कार्यक्रममा निकै चासोका साथ अपडेट राख्ने गर्थे । अब त झन नेतृत्वमा नै आएको हुनाले पछाडी फर्किने कुरा छैन । हिजो बनेका योजना अध्ययन गरेर र नयाँ थप गरेर कम्तीमा १५ दिन भित्रमा हामी नयाँ योजना सार्वजनिक गर्छौँ ।
म यसको लागि तयार छु । भाग्ने कुरा छैन । भागेर काहीँ पनि पुगिँदैन ।

भ्रमण वर्षकै लागि आएका पर्यटक हुन भन्ने तथ्यांक कसरी राख्नुहुन्छ ?

नेपाल पर्यटन बोर्डले डिजिटल स्योलाईट बनाएको छ । काम लगचग सुरु हुने चरणमा छ । योबाट पनि यकिन तथ्यांक आउँछ । अर्को भनेको नेपाल आउने एयरलाईन्ससँगको सहकार्यमा टिकटमै भ्रमण अंकित लोगो वा छाप प्रयोग गर्ने योजना छ । यो म डिटेलमा पछि भनौला ।
यकिन तथ्यांक राख्न हामी तयार छौँ भनेर बुझन् आग्रह गर्छु ।
२० लाख पर्यटक भित्र्याउने भनेर संख्या तोकिएको छ । विदेशमा संख्या सँगै आर्थिक कारोबार मुद्रा आम्दानीको लक्ष्य पनि राखिन्छ । हाम्रोमा चाँही आम्दानीको लक्ष्य नराखिएको हो रु
नराखिएको भन्ने पक्कै होईन । सन् २०१८ मा पर्यटक आगमनको तथ्यांक हेर्दा हाम्रोमा ३ मिलियन डलरभन्दा धेरै आम्दनी भएको तथ्यांक छ । अहिले कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशतको हाराहारीमा देखिन्छ । यसलाई बढाएर १० प्रतिशत पुर्याउने भनिएको छ । यो नै लक्ष्य हो, आम्दानीको लक्ष्य राखिएन भन्ने हैन ।
भ्रमण वर्षकै लागि १०० गन्तव्य छानिए । ५०÷५० लाख पैसा गयो । सुधार भए नभएको बारे कत्तिको अपडेट हुनुहुन्छ ?
यो बारे मैले बुझ्दै छु । भएको भए अझ सुधार गर्ने र काम नभएका गन्तव्यमा पनि द्रुत गतिमा काम गर्न विभिन्न सरोकारवालासँग समन्वय हुन्छ । नयाँ नयाँ गन्तव्यको विकासमा पनि हामी केन्द्रित हुन्छौँ ।
फाट्ट फुट्ट नेपाल बन्द पनि हुन थालेको छ आजकाल । यसले पनि असर गर्ला । कम्तीमा १ वर्ष बन्द नहुने वाताकरण मिलाउन मन्त्रालयले केही योजना बनाउने तयारी गरेको छ कि ?
एक वर्षमात्रै होईन, बन्द हुनै हुँदैन । अब हाम्रो बाटो भनेको देशलाई देशलाई आत्मनिर्भर र आर्थिक रुपमा समृद्ध बनाउनु छ । त्यसको लागि उपर्युक्त माध्यम पर्यटन हो । हामीकहाँ धेरै सम्भावना छ ।
म बन्द गर्ने, आन्दोलन गर्ने काम नगर्न साथीहरुलाई आग्रह गर्छु । यसले मूलुकको समृद्धिको यात्रा विथोलिन्छ । अब हातेमालो गरौँ ।
प्रधानमन्त्रीको उपस्थितीमा सकेसम्म धेरै व्यवसायीलाई एकै ठाउँमा भेला गराएर, कहाँ सकिन्छ टुडिखेलमा सकिन्छ कि त्यस्तै ठाउँ अन्यत्र कतै छ कि । त्यस्तो ठाउँमा राखेर सामूहिक सपथ खुवाउने कुरा पनि सोचेको छु ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप जिल्ला प्रशासनद्धारा सरकारी कार्यालयमा छड्के जाँच

Next Post

६ लाख वडाको बजेटमा सिलाई बुनाई तालिम रामेछापमा

Next Post
६ लाख वडाको बजेटमा सिलाई बुनाई तालिम रामेछापमा

६ लाख वडाको बजेटमा सिलाई बुनाई तालिम रामेछापमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.