रामेछाप, साउन २८
प्रति ब्याक्ति १३ हजार ९ सय ७५ नगद र प्रमाण पत्रसहित सम्मान
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगामा सिलाई बुनाई तालिम मंगलबार सम्पन्न भएको छ । गत वैशाख १२ गतेदेखी वडा कार्यालय हिमगंगाले संचालन गरेको तीन महिने तालिममा २० जनाको सहभागिता रहेको थियो । तालिम सोही वडा कार्यालको सभाहलमा संचालन गरिएको थियो । तालिम कुल ६ लाख बजेटमा संचालन भएको थियो ।
पिछाडीएका महिला,दलित,(अपाङ्ग) विशेष क्षमता भएका ब्यक्ति,एकल महिला, बेरोजगारी महिला लगायतलाई लक्षित गरि तालिम संचालन गरिएको सोहि वडाका सचिव तथा सुचना अधिकारी अशोक सुनुवारले जानकारी दिए ।
दैनिक ८० रुपौयाँ बराबरको खाजा सहित उनिहरुलाई तालिम दिएको थियो । सहभागिहरुलाइ मंगलबार प्रमाण पत्र वडा अध्यक्ष टुपेन्द्र बहादुर तामाङले हस्तानतरण गरेका हुन ।
उनिहरुले टू लेबलमा समावेश सम्पुर्ण कपडा सिलाउन सिकेको सुचना अधिकारी सुनुवारले जनता भ्वाईस्लाई जानकारी दिए ।
सोही अवसरमा २०७४ सालमा एस्.इई परिक्षामा रेणुका देवी मावी र माहारुद्र मा.वीबाट उत्कृष्ट्र नम्बर ल्याएर पास गर्ने दुई छात्रा र छात्रलाई प्रति ब्याक्ति १३ हजार ९ सय ७५ नगद र प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।