Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

झगडियाहरुलाई मिलापत्र गराएर दुबै पक्षलाई विनविन गराउनु नै वास्तविक न्याय हो: उपप्रमुख घिसिङ

जनता भ्वाइस by जनता भ्वाइस
July 18, 2020
in जनता स्पेसल, फिचर
0
झगडियाहरुलाई मिलापत्र गराएर दुबै पक्षलाई विनविन गराउनु नै वास्तविक न्याय हो: उपप्रमुख घिसिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन २, जनता भ्वाइस संवादाता, रामेछाप
दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृषला घिसिङ्ले गत आर्थिक वर्ष २०७६–०७७ मा आफ्नो गाउँपालिकाका गौरवका आयोजनाको पूर्ण अनुगमन गरी भुक्तानी दिएको बताएकी छिन् । जनता भ्वाइसले जिल्लाका ८ वटै स्थानीय पालिकाहरुका उपप्रमुखहरुसँग गत आर्थिक वर्षको भौतिक निर्माणका क्षेत्रमा भएको अनुगमनको पाटोलाई बुझ्ने क्रममा घिसिङले यस्तो बताएकी हुन् ।
दोरम्बा गाउँपालिका क्षेत्रभित्र बनेका सडक, खानेपानी, स्वास्थ्यचौकी, वडाकार्यालयका भवनहरुको आवश्यक अनुगमन तथा प्राविधिक बिलिङ्को आधारमा भुक्तानी प्रक्रियालाई अगाडि बढाएको बताएकी हुन् । ‘गाउँपालिका क्षेत्र भित्र संचालन भएका भौतिक निर्माणका कस्ताकस्ता योजनाहरुको अनुगमन गर्नु भयो ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा घिसिङ भन्छिन्, ‘गत आर्थिक वर्षमा गाउँपालिकाभित्र ६० वटा भन्दा बढी योजनाहरुको काम भएको छ ।

५ लाख मूल्य लागतका योजना भन्दा बाहेक अरु धेरै योजनाहरुको अनुगमन गर्नका लागि म स्वयं पुगेको छु । म जहाँजहाँ पुगेको छु, प्राविधिक स्टिमेट अनुसार नै कामहरु भएको पाएको छु । हाम्रो यस्तै अनुगमन बाटै ती आयोजनाहरुले भुक्तानी पाएका छन् । धेरै योजनाहरु भएकोले कुनकुन योजना हो भनेर भन्न त यतिबेला गाह्रो हुन्छ ।’
हरेक पालिकाहरुमा पालिकास्तरीय योजनाहरुको अनुगमन, महिला तथा बालबालिकाहरुको विषय र न्यायिक समितिको पहिलो जिम्मेवारी उपप्रमुखलाई तोकिएको हुन्छ । सोही बमोजिम दोरम्बा गाउँपालिका क्षेत्रभित्रका महिला तथा बालबालिकाहरुको क्षेत्रमा विभिन्न कठिनाईका कारण काम गर्न नसकेको अवस्थालाई घिसिङ स्वीकार गर्छिन् ।


कोरोना भाइरस कोभिड १९ को कारण सोचे र चाहेजति कार्यक्रमहरु संचालन गर्न समस्या परेको उनले बताएकी छिन् । तर पनि दोरम्बा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने लक्ष्य अझै अधुरै रहेको गुनासो गरेकीछिन् । यसै सिलसिलामा ‘दोरम्बा गाउँपालिकाको १ नं. वडाको थामी समुदायमा अझै पनि बालबालिकाहरु विद्यालय नजाने, कम उमेरमा नै विवाह हुने तथा सामाजिक रुपमा महिलाहरु माथि उठ्न नसकेको वास्तविकतालाई कसरी लिनुभएको छ ?


भन्ने जनता भ्वाइसको जिज्ञासामा घिसिङ भन्छिन्, ‘हामी निर्वाचित भएर आउनुभन्दा अघिको समय र हालको समयमा सो सिमान्तकृत समुदायको अवस्था निकै परिवर्तन भएको छ । बालबालिकाहरु विद्यालय जान थालेका छन् । महिलाहरुको सामाजिक हैसियतलाई माथि उठाउने सवालमा पनि धेरै कामहरु भएका छन् । यस्तै कामहरुको कारणले आज हिजोको तुलनामा सो समुदाय धेरै माथि उठिसकेको हामीले पाएका छौं ।


हिजो बालबालिकाहरलाई विद्यालयमा पठाउनु हुँदैन भन्ने मानसिकता आज हराएको छ । हिजोका दिनमा कोक्रोमा नै बालबालिकाहरुको बिहे गरिने चलन थियो, त्यो चलन आज हटेर समाजका अन्य वर्गले जस्तो बालबालिकाहरुको बिहे कलिलो उमेरमा गर्नु हूँदैन भन्ने मान्यता स्थापित भएको छ । ६० को दशक र ७० को दशकको सुरुतिरको भन्दा अवस्था निकै माथि आएको छ । लाग्छ, हामीले गरेका विभिन्न कार्यक्रमहरुको प्रभाव हो त्यो ।’


उपप्रमुख घिसिङलाई हामीले गाउँपालिका भित्र न्यायिक समितिको कार्यप्रगतिका बारेमा पनि सवाल गरेका थियौं । सो सवालको जवाफ दिने कुरामा गाउँघरमा अझै पनि श्रीमान् श्रीमती बीचका झैझगडाका कुरा, साँध सिमाना मिचिएका लगायतका विषयहरु आउने गरेकोमा त्यसलाई सम्बोधन गरी खुशी पारेर दुबै पक्षलाई पठाउने गरेको बताएकी छिन् । यस विषयमा थप प्रष्ट पार्दै उनी भन्छिन्, ‘स्थानीय सरकारको गठन भए भन्दा पछि प्रहरी चौकीमा भन्दा बढी हामीकोमा बढी न्यायका लागि निवेदन आउने गरेको पाएका छौं ।

जब कुनै पनि व्यक्ति आफूलाई न्यायको खोजी गर्दै गाउँपालिका सम्म आइपुग्छ, तब हामी सकेसम्म मिलापत्र गराएरै पठाउने गर्दछौं । यसो गर्दा दुबै पक्ष विनवीन हुने अवस्था आउँछ । झगडियाहरुलाई मिलापत्र गराएर दुबै पक्षलाई विनविन गराउनु नै वास्तविक न्याय हो । भए गरेका विवादहरु आफूआफूमै समाधान गर्ने हो भने अन्त गएर न्याय माग्नु नै पर्दैन ।’
गाउँमा हुने श्रीमान श्रीमती सम्बन्ध विच्छेदका घटनाहरु आएको खण्डमा आफूहरुले जिल्लास्तरमा नै पठाइदिने उनले बताएकी छिन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारलाई इन्सेकको ध्यानाकर्षण

Next Post

CPN secretariat meeting to be held tomorrow

Next Post
भोलि नेकपाको सचिवालय बैठक बस्ने

CPN secretariat meeting to be held tomorrow

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.