Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न नेपाल सरकारलाई इन्सेकको ध्यानाकर्षण

Milan Ghimire by Milan Ghimire
July 17, 2020
in राष्ट्रिय समाचार, समाचार
0
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको इन्सेकको ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०२

रामेछाप । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अन्तर्राष्ट्रिय कानुनको सम्मान, प्रकट गर्न सरकारको ध्यानाकर्षण गराएको छ । (इन्सेक) ले अन्तर्राष्ट्रिय न्याय दिवसका दिन शुक्रबार एक ध्यानाकर्षण पत्र जारी गरि अन्तर्राष्ट्रिय फौजदारी अदालत (रोम विधान) अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको होे । इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराथ पथिकले जारी गरेका ध्यानाकर्षण पत्रमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान संसारका विभिन्न १ सय २३ राष्ट्रले अनुमोदन गरिसकेको अवस्थामा यसलाई नेपाल सरकारले पनि सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । दक्षिण एशियाका बंगलादेश, अफगानिस्तान, मालदिभ्स लगायत एशियाका देशहरू पनि रोम विधानको पक्ष राष्ट्र भइसक्दा पनि नेपाल हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र नभएको भन्दै इन्सेकले सरकारको ध्यानाकर्षण गराएको छ ।

रोम विधान अन्र्तगत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध, आमनरसंहार र मानवता विरूद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्ने भएकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप नहुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

इन्सेकले पुर्नस्थापित प्रतिनिधि सभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको ( रोम विधान) अनुमोदन गर्न निर्देशनात्मक आदेश जारी गर्दै सर्वसम्मत रूपमा सङ्कल्प प्रस्ताव पारित गरेको तथ्य पनि स्मरण गराएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर अन्तर्राष्ट्रिय न्याय दिवस मनाउने गरिएको छ । तर नेपालमा भने दण्डहीनताको अपसंस्कृतिको अन्त्य गर्न अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धताहरूको सरकारलाई स्मरण गराउनु तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सम्मिलन गर्न घच्घच्याउनु मात्रै यो दिवस मनाउनुको मूल उद्देश्य भएको इन्सेकको ठहर छ ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण तथा निर्देशन

Next Post

झगडियाहरुलाई मिलापत्र गराएर दुबै पक्षलाई विनविन गराउनु नै वास्तविक न्याय हो: उपप्रमुख घिसिङ

Next Post
झगडियाहरुलाई मिलापत्र गराएर दुबै पक्षलाई विनविन गराउनु नै वास्तविक न्याय हो: उपप्रमुख घिसिङ

झगडियाहरुलाई मिलापत्र गराएर दुबै पक्षलाई विनविन गराउनु नै वास्तविक न्याय हो: उपप्रमुख घिसिङ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.