बहुविवाहको आरोपमा विवाहमण्डपबाटै बेहुलाबेहुली पक्राउ


बहुविवाहको आरोपमा प्रहरीले विवाह मण्डपबाटै एक जोडीलाई पक्राउ गरेको छ । गत बुधबार काठमाडौंको भद्रकाली मन्दिरमा विवाह समारोह भइरहेका बेला प्रहरीले रामेछापको दुरागाउँका पूर्णबहादुर खत्री र ललितपुरकी अन्जु दुलाललाई पक्राउ गरेको हो ।

उनीहरुलाई सिंहदरबार बृत्तमा राखिएको छ । घरमा श्रीमती हुँदा हुँदै खत्री र दुलालले भद्रकालीमा विवाह गर्दै गरेका थाहा पाएपछि खत्रीकी श्रीमती उमा आचार्यले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि उनीहरुलाई प्रहरीले विवाह मण्डपमबाटै पक्राउ गरेको हो ।

खत्रीसँग विवाह गर्ने दुलाल नेपाली सेनाकी लप्टन रहेको खुलेको छ । खत्री यसअघि पनि विभिन्न समयमा युवतीसँग लिभिङ टुगेदरमा बस्ने र पछि छाड्दै हिँड्ने गरेको खुलेको छ । यस्तो अभियोगमा उनले सशस्त्र प्रहरीको जागिरसमेत छाडेका थिए । खत्रीकी श्रीमती उमा आचार्यले दुवैलाई कुनै हालतमा कारबाही हुनुपर्ने बताएकी छन् ।

तपाईको प्रतिकृया दिनुहोस्