Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

इआरएस टावर मार्फत सञ्चालनमा आयो खिम्ती–लामोसाँघु प्रसारण लाइन

Kumar Shrestha by Kumar Shrestha
October 26, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार
0
इआरएस टावर मार्फत सञ्चालनमा आयो खिम्ती–लामोसाँघु प्रसारण लाइन
1.1k
SHARES
12.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप। ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले खिम्ती ग्रिड कार्यालयको उपकरण नियन्त्रण कक्षको मुख्य कम्प्युटरको स्विच थिचेर खिम्ती–लामासाँघु १३२ केभि प्रसारण लाइनमा विद्युत् प्रवाह शुभारम्भ गरे । असोज १०, ११ र १२ को अविरल वर्षाका कारण आएको बाढीले प्रसारण लाइनको टावर बगेपछि २८ दिनदेखि अवरुद्ध खिम्ती लामासाँघु १३२ केभी प्रसारण लाइन शुक्रवारदेखि सञ्चालनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणले अस्थायी रूपमा प्रसारण लाइनको एउटा टावर (ईआरएस) निर्माण गरी शुक्रवारदेखि उक्त प्रसारण लाइनमा विद्युत् प्रवाह गरेको हो ।
खिम्ती लामासाँघु १३२ केभि प्रसारण लाइनको ७ नम्बर टावर गत असोज १२ गते तामाकोसी नदीमा आएको बाढीले बगाएको थियो। उक्त स्थानमा तत्काल ठुलो टावर निर्माण गर्न नसकिने भएकाले प्राधिकरणले अस्थायी रूपमा छिटो हुने प्रविधिको टावर खडा गरी विद्युत् प्रवाह गरेको हो । ईआरएस प्रविधिको टावर निर्माणमा करिब ७ दिन लागेको हो । त्यस अघि सो टावर राख्ने स्थानको जग्गा व्यवस्थापनको लागि समय लागेको थियो । राज्य मन्त्री तामाङको अगुवाइमा एक साता अघि भएको छलफल कार्यक्रममा स्थानीय बासिन्दाले अस्थायी टावर निर्माण गर्ने स्थानमा पर्ने र प्रसारण लाइनको तार टाँग्ने क्रममा क्षति हुने अन्न बालीको क्षतिपूर्ति लिने सहमति जनाएपछि प्रसारण लाइन निर्माणको बाटो खुलेको थियो ।
नेपाल विद्युत् प्राधिकरण खिम्ती ग्रिड कार्यालयका प्रमुख मनोज साहका अनुसार शुक्रवार दिउँसोदेखि उक्त प्रसारण लाइन परीक्षण सम्पन्न गरी विद्युत् प्रवाह हुन थालेको छ । प्रसारण लाइन सञ्चालन भएपछि तराई तर्फको विद्युत् काठमाडौँ र काठमाडौँ तर्फको विद्युत् तराई पठाउन बाटो खुलेको हो । प्राधिकरणको भारप्रेषण केन्द्रले उक्त प्रसारण लाइन मार्फत जता विद्युत्को माग धेरै हुन्छ, त्यसै विद्युत् पठाउने काम गर्ने जनाइएको छ । साहका अनुसार खिम्ती– लामासाँघु प्रसारण लाइन सञ्चालनमा नआएको भए यो बर्षको तिहारमा काठमाडौँमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्थ्यो । दुई तर्फी बाटो खुलेकोले अब काठमाडौँ बासिन्दाले तिहारमा अँध्यारोमा बस्नु नपर्ने भएको छ ।
प्राधिकरणका अधिकृत बलभद्र अधिकारीका अनुसार हाल खिम्ती– लामासाँघु १३२ केभि प्रसारण लाइनमा जडान गरिएको इआरएस टावर अस्थायी हो । तत्काल प्रसारण लाइनमा ठुलो टावर निर्माण गर्न नसकिने परिस्थितिमा उक्त अस्थायी टावर जडान गरिने गरिएको छ ।
राज्यमन्त्री तामाङले आउँदो मंसिर मसान्तसम्म स्थायी टावर निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरी निर्माण प्रक्रिया सुरु गर्ने बताएका छन् । साबिकमा टावर रहेको स्थानमा हाल तामाकोसीको बहाव रहेकोले सुरक्षित स्थान खोजेर प्रसारण लाइनको स्थायी टावर निर्माण गर्न लागिएको हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

दिपशिखाको पोल्टोमा ‘तेस्रो रामेछाप कप’ को उपाधि

Next Post

महायज्ञमा ८५ लाख बराबर आर्थिक सहयोग संकलन

Next Post
महायज्ञमा ८५ लाख बराबर आर्थिक सहयोग संकलन

महायज्ञमा ८५ लाख बराबर आर्थिक सहयोग संकलन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.