Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दिपशिखाको पोल्टोमा ‘तेस्रो रामेछाप कप’ को उपाधि

Kumar Shrestha by Kumar Shrestha
October 25, 2024
in खेलकुद, जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
दिपशिखाको पोल्टोमा ‘तेस्रो रामेछाप कप’ को उपाधि
712
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । ‘तेस्रो रामेछाप कप’ को उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले नै हाँसिल गरेको छ। जिल्लाकै सर्वाधिक पुरस्कार राशि नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र आयोजले नै जित्न सफल भएको हो । आयोजक दीपशिखाले सर्वोत्कृष्ट खेलाडी समेत आफ्नो पक्षमा पारेको छ ।

विजेताहरूलाई आयोजक दिपशिखा ब्वाइजका अध्यक्ष आषिस कार्की, प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेल, वडा अध्यक्षहरू लगायतको उपस्थितिमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नगद र ट्रफि प्रदान गरे ।

बिहीबार करम्बोट खेल मैदानमा भएको खेलमा जिल्ला प्रहरी कार्यालय रामेछापको टिमलाई २–० गोलको अन्तरले जित निकालेर आयोजक दिपशिखा आफैले ३ लाख पुरस्कार राख्न सफल भएको हो । जितको लागि दिपशिखाले पहिलो हाप अगाडि १ गोल गरेको थियो । हापटाइम पछि थप १ गोल थपेको थियो । उपविजेता जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा जिल्ला भित्रकै ९ टिमको सहभागिता रहेको थियो । नकआउट चरणमा खेलाइएको सो प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने सानीमदौ सोशियल सिटी र मन्थली सांस्कृतिक समाजले नगद ५०–५० हजार पुरस्कार प्राप्त गरेका छन् । गएको कात्तिक ५ गते सोमबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेद्वारा उद्घाटन गरिएको सो प्रतियोगिता मन्थली नगरपालिका वडा नं २ करम्बोट स्थिति खेल मैदानमा खेलाइको थियो । साथै, उत्कृष्ट ५ विधामा खेलाडीहरूलाई नगद ५–५ हजारसहित ट्रफिद्वारा पुरस्कृत गरिएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा

Next Post

इआरएस टावर मार्फत सञ्चालनमा आयो खिम्ती–लामोसाँघु प्रसारण लाइन

Next Post
इआरएस टावर मार्फत सञ्चालनमा आयो खिम्ती–लामोसाँघु प्रसारण लाइन

इआरएस टावर मार्फत सञ्चालनमा आयो खिम्ती–लामोसाँघु प्रसारण लाइन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.