Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महायज्ञमा ८५ लाख बराबर आर्थिक सहयोग संकलन

Kumar Shrestha by Kumar Shrestha
October 26, 2024
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
महायज्ञमा ८५ लाख बराबर आर्थिक सहयोग संकलन
587
SHARES
5k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछापको खिम्तीमा शुक्रवार सम्पन्न धार्मिक एवं पुण्यको कार्य महायज्ञमा ८५ लाख बराबर दान संकलन भएको छ । ५ हजार बढी दर्शक एवं भक्तजनले महायज्ञको दर्शन गरेको दाबी आयोजकले गरेको छ ।
खिम्ती जनजागृति मावि विद्यालय परिवारले नमुना विद्यालय सञ्चालनको लागि भन्दै आयोजना गरेको महायज्ञमा देश तथा विदेशमा रहेका नेपालीहरूले सम्म आर्थिक सहयोग एवं दान गर्दा महायज्ञ आयोजकले अपेक्षा गरेको भन्दा उल्लेख्य सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।
लिखु तामाकोसी गाउँपालिका ६ का वडाध्यक्ष शिव प्रसाद न्यौपानेको अध्यक्षतामा भएको महायज्ञमा दैनिक लाखौँको संख्यामा दान संकलन भएको अध्यक्ष न्यौपानेले बताए । न्यौपानेले भने ‘अब उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, रामेछाप नगर, टोखा नगर जस्ता स्थानीय तहहरूले सहयोग दिन बाँकी छ । उहाँहरूबाट बचन पाएको छौँ । यसरी उठ्न बाँकीसहित गर्दा हाम्रो संकलन ८५ लाख हुने छ ।
नमुना विद्यालय निर्माणका निम्ति जग्गा खरिद तथा छात्रावास स्थापनाको लागि श्रीमद् भागत महायज्ञमा ७३ लाख ७ हजार ९ सय ५८ रुपैयाँ दान सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञको अन्तिम दिन शुक्रवार मात्रै ८ लाख ९१ हजार ५ सय ६९ रुपैयाँ दान सङ्कलन भएको विद्यालयका सूचना अधिकारी प्रकाशबहादुर रानाले बताए ।
२५ लाख जति खर्च हुने आयोजकले आकलन गरेको छ । केही समय पछि पत्रकार सम्मेलन गरेर खर्चको विवरण सार्वजनिक गर्ने आयोजकले जनाएको छ । महायज्ञको शुक्रवार ऊर्जा जलस्रोत तथा सिचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यमा समापन समारोह गरिएको हो ।
शुक्रवार पूर्णाहुति सहित महायज्ञ समापन गरिएको थियो । प्रचारप्रसार र खिम्तीका स्थानीय सरकार, जनता सबै एक हुँदा महायज्ञ भव्य रूपमा सफल भएको महायज्ञ आयोजक समितिको भनाई छ ।
ऊर्जा राज्य मन्त्री तामाङ लिएर महायज्ञमा पुगेका लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले पालिकाले सबै एकै ठाउँमा र एक जुट भएर गरिने धार्मिक कार्यलाई सक्दो सहयोग गर्ने बताए धार्मिक कार्यमा राजनीति भन्दा माथि उठेर सबैले सहयोग गरेको उनले बताए ।
ऊर्जा राज्य मन्त्री तामाङले १ लाख ११ हजार व्यक्तिगत दान प्रदान गर्दै यो विद्यालय नमुना बनाएर सञ्चालन गर्नका लागि आवश्यक सहयोग जुटाउन आफू लागि पर्ने प्रतिबद्धता जनाए । साथै, यसरी हजारौँ भक्तजनले गरेको सहयोग उचित कार्यान्वयन नभएमा आफूले कसैलाई नछोड्ने चेतावनी समेत दिए ।
आफ्नो विद्यालयलाई नमुना विद्यालय बनाउन, जग्गा खरिद गरी थप भौतिक संरचना निर्माण गर्न र विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति दिई पढाउनका लागि अक्षय कोष खडा गर्न दसैँ र तिहारको बिचमा बिदाको समय पारेर विद्यालयमा श्रीमद्भागवत महापुराण लगाइएको प्रधानाध्यापक छविलाल श्रेष्ठले बताए।
७ दिन सम्म भागवत मन्जरी गरिमा उपाध्यायले कथा वाचन गरेकी थिईन् । दैनिक रुपमा विभिन्न झाकी र भजन सहित प्रस्तुत महापुराण श्रवण गर्न दैनिक सयौँको भिड लागेको स्थानीय गणेश प्रसाद दाहालले जानकारी दिए । २ वटा पक्की भवन रहेको यस विद्यालयमा प्राविधिक धार सहित कुल ६ सय भन्दा बढीको संख्यामा विद्यार्थीहरू पढ्ने गरेका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

इआरएस टावर मार्फत सञ्चालनमा आयो खिम्ती–लामोसाँघु प्रसारण लाइन

Next Post

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा

Next Post
स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.