मंसिर २१
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले रामेछाप जिल्लमा ब्याडमिन्टन खेल सुरुभएकोमा खुसी ब्यक्त गर्दै महत्वपुर्ण कामको सुभारम्भ भएको दाबी गर्नुभएको छ । शनिबार रामेछापको मन्थली नगरपालिकाद्धारा आयोजित राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ खेलाएको तेस्रो नगर कप ब्याडमिन्टन प्रतियोगितको पुरस्कार वितरण तथा समापन कार्यक्रमा बोल्दै उहाँले त्यस्तै बताउनुभएको हो । उहाँले आगामी दिनमा सो खेल जिल्ला स्तरमा मात्रै नभै अन्तर जिल्ला स्तरमा प्रतियोगिता आयोजना हुनुपर्नेमा जोड्दिनुभयो ।
त्यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले चाडैनै मन्थलीमा राष्ट्रपती रानिङसित, मन्थली मेयर कप आयोजना हुने जानकानरी दिनुभयो । उहाँले खेलकुद क्षेत्रले राष्टिय तथा अन्तराष्टिय स्तरमा देशको नामचाउने बाटो भएकोले खेल र खेलाडीको विकासको लागि नगरपालिकाले सक्दो भुमिका खल्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । नगर प्रमुख बस्नेतले विगतमा पनि नगरले खेलक्षेत्र र खेलाडीको उत्पादनको लागि भुमिका खेलेको स्मरण गराउनदै आगामी दिनमा खेल र खेलाडीको उच्चा मनोवल बढाउने गरि कार्यक्रम गर्ने प्रतिवद्धता ब्यक्ता गर्नुभयो ।
त्यस्तै मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायण दास श्रेष्ठले आगामी दिनमा खेल क्षेत्रको लागि मन्थली नगरपालिकाले सहयोगको माग गर्दै राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जानकारी दिनुभयो ।
गत मंसिर १८ गतेबाट सुरुभएको ब्याडमिन्टनमा जिल्ला स्तर र नगर गरी ८ टिमको सहभागिता रहेको थियो । जिल्ला र नगरपालिकामा विभाजित गरि खे्लाएको खेलमा प्रतिस्प्रधा भएका थिए । जस्मा जिल्ला स्तरमा र नगरस्तरमा छुट्टा छुटै पुरस्कार रासी राखिएको थियो ।
जिल्ला स्तर प्रतियोगिता अन्र्र्तगत खेलमा सहभागि प्रथम द्धितिय र तृतिय हुने टिमले नगद २५ हजार २० हजार, १५ हजार र नगर स्तररियमा प्रथमले १५ हजार , द्धितियले १० हजार र तृतियहुनेले ५ हजारसहित सिलड मेडल प्रमाणपत्रले सम्मान गरिएको थियो ।
फोटोहरु