Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मान्छे दैनिक एक घण्टा अरुको कुरा काट्छन,सत्यता हर्नुस्

Milan Ghimire by Milan Ghimire
February 7, 2020
in जनता स्पेसल, फिचर, मनोरञ्जन, शिक्षा, सूचना प्रविधि, स्वास्थ्य
0
मान्छे दैनिक एक घण्टा अरुको कुरा काट्छन,सत्यता हर्नुस्
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

माघ, २४,

रामेछाप । चाहे जस्तोसुकै मानिस किन नहोस् दिनमा एक पटक भएपनि आफ्ना अगाडि नभएको मान्छेको कुरा काटेकै हुन्छ । यो मानिसको प्रवृत्ति नै हो ।

कसैको कुरा काट्ने बानी हुन्छ भने कतिले प्रशंसा र राम्रो नियतले पनि कुरा गरिरहेका हुन्छन् । यस्तोमा एउटा नयाँ अनुसन्धानपछि युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्ययनकर्ताहरुले मान्छेले दिनमा करिब १ घण्टा अरुका पछाडि कुरा गर्ने अर्थात ‘गसिप’ गरेर बिताउने गरेको खुलासा गरेका छन् ।

यसका लागि उनीहरुले ४ सय ६७ मानिसमा अध्ययन गरेका हुन् । सहभागी सबैमा एउटा सानो पोर्टेबल रेकर्डर लगाइएको थियो र दुईदेखि पाँच दिनसम्म उनीहरुका सबै संवाद र अन्तरक्रियाहरु अध्ययन गरिएको युनिभर्सिटीले जनाएको छ ।

यसरी सबै रेकर्डिङको विश्लेषण गर्ने क्रममा नै एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो तर अध्ययनमा केबल १५ प्रतिशतले मात्र कुरा काट्नेलगायत नकारात्मक कुरा गर्ने गरेको पाइएको छ ।

अध्ययनकी उपप्रमुख तथा विश्लेषक मेगान रोबिन्स भन्छिन्, ‘वास्तवमा हामीले अरुबारे गरिने अधिकांश कुराहरु नकारात्मक, सकारात्मक केही नहुने गरेको पाएका छौँ । अनुसन्धानपछि मानिसहरुले गसिप गर्दा प्रायः तटस्थ अभिव्यक्ति दिने वा ‘न्युट्रल’ रहने गरेको पाइएको हो ।

उनका अनुसार रेकर्डिङका तीन चौथाइ संवाद सकारात्मक वा नकारात्मक केही भन्न मिल्दैन । यसमा आफ्नो अगाडि नभएका मानिसबारे गरिएका सबै कुरालाई ‘गसिप’ का रुपमा लिइएको थियो जसलाई अनुसन्धानकर्ताहरुले सकारात्मक, नकारात्मक र न्युट्रल गरी तीन थरीमा विभाजित गरेका हुन् ।

पुरुषले भन्दा महिलाले धेरै गसिप गर्ने गरेको पाइएको हो तर उनीहरुको कुरा प्रायः न्युट्रल किसिमको हुने वा जानकारीमा आधारित विषयमा रहने गरेको बताइएको छ । जस्तै उनीहरुबीच भतिजीको कामका बारेमा वा साथीको क्यान्सर उपचार सम्बन्धि लगायत यस प्रकारका कुरा हुने गर्दछ ।

यता युवाहरुले भने वयश्कको तुलनामा बढी नकारात्मक कुरा गर्ने गरेको डाटाले देखाएको छ । त्यस्तै सेलिब्रेटीहरुका बारेमा मानिसले कमै कुरा गर्ने गरेको पाइएको हो जसलाई आश्चर्यजनक मानिएको छ ।

अधिकांश मानिसहरु गरिब र अशिक्षितहरुले धेरै गसिप गर्ने गरेको विश्वास गर्दछन् तर अनुसन्धानले सो भनाइ गलत साबित गरेको छ । अनुसन्धानका अनुसार धनी र शिक्षितहरु नै अरुका बारेमा धेरै कुरा काटिरहेका हुन्छन् ।

अध्ययनकर्ताहरुले प्राकृतिक अवलोकनपछि निकालिएको यो निष्कर्ष वास्तवमै यस प्रचलित तर गलत बुझिएको व्यवहारबारे धेरैको धारणा परिवर्तन गराउने दाबी गरेका छन् । अध्ययन अघिल्लो महिना जर्नल ‘सोसियल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स’ मा प्रकाशित थियो ।

एजेन्सि

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको गौरीशंकर र कुशेश्वर मावि २० नमुना विद्यालयमा छनोट : ११ करोड २० लाख बजेट विनियोजन

Next Post

रामेछापमा पनि नेकपा कार्यकर्ताद्धारा परित्याग,देउवाले गराए पार्टी प्रवेश

Next Post
रामेछापमा पनि नेकपा कार्यकर्ताद्धारा परित्याग,देउवाले गराए पार्टी प्रवेश

रामेछापमा पनि नेकपा कार्यकर्ताद्धारा परित्याग,देउवाले गराए पार्टी प्रवेश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.