Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पनि नेकपा कार्यकर्ताद्धारा परित्याग,देउवाले गराए पार्टी प्रवेश

Milan Ghimire by Milan Ghimire
February 8, 2020
in जनता स्पेसल, टिभि, फिचर, समाचार
0
रामेछापमा पनि नेकपा कार्यकर्ताद्धारा परित्याग,देउवाले गराए पार्टी प्रवेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ, २५

रामेछाप । नेपाली कांग्रेसका सभापति देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट प्रभावित भएर आफ्नो पार्टीका नेतामाथी ललिता निवास जग्गा प्रकरणको आरोप लगाएको दावी गर्नुभएको छ ।

सम्बन्धीत फोटो देउवा

शनिबार रामेछापको सदरमुकाम मन्थलीमा कान्छाराम तामाङ प्रतिष्ठानले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा देउवाले भ्रष्टचारीलाई कारवाही गर्नुपर्ने सरकार आफै भ्रष्टचार गर्न तल्लीन भएको आरोप पनि लागाउनुभयो ।
यस्तै उहाँले कार्मचारी कसैको निर्देशन र धम्किमा नभई विधिको शासनमा चल्नु पर्नेमा जोड दिनुभयो । कुनैपनि कर्मचारी राज्यबाट तलब भत्ता खाएर संचालन हुने बताउदै उहाँले राज्यकै नागरिकको सेवामा लाग्न अनुरोध पनि गर्नुभयो । विधिको शासनमा नचल्ने कुनै पनि सरकारी कर्मचारीहरुलाई कडा कारवाहि हुने चेतावनी दिनुभयो ।

प्रवक्ता ले के भने ।

सम्बन्धीत फोटो जिल्ला नेतासंग प्रवक्ता शर्मा

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मिडिया काउन्सिल विधेयक र्फिता लिन माग गर्नुभयो । शर्माले अहिलेको सरकार नागरिकको बोल्न पाउने अधिकार कुण्ठित पार्ने खेलमा लागेकाले सो विधेयक र्फिता गराउन आम जनताहरुलाइ एक हुन आग्रह पनि गर्नुभयो । नेता शर्माले समय सधै एकै किसिमको नरहने भन्दै अहिले कांग्रेस सत्तामा छैन् भनेर नआतिन कार्यकर्तालाई आग्रह गर्नुभयो । राम्रो काम गर्नको दिन आउने भन्दै सबैजना मिलेर राम्रो काम गर्न सुझाव दिनुभयो । नेता शर्माले सबै नागरिक आफै सचेत हुने समय आएको दाबी समेत गर्नुभयो ।
नेता शर्माले रामेछापको विभिन्न गाउँपालिकाको विभिन्न समयको स्थलगत अवलोकन तथा भ्रमण गरेको स्मरण गर्दै आगामी दिनमा रामेछापको विकास र समृद्धि गर्न रामेछापका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । नेता शर्माले राष्ट्रिय राजनीतिमा रहेको सरकार अहिले भ्रष्टचारमा लिप्त रहेकाले कांग्रेसका सबै एक भएर त्यसको विरुद्धमा लाग्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली कांग्रेसका रामेछाप जिल्ला सभापती लव श्रीन्यौपालीले रामेछापका डिएसपी बसन्त पाठकले जिल्लामा शान्ति सुरुक्षामा खल्लल पु¥याएको आरोप लगाउनुभयो ।

एम्बुलेन्स हस्तान्तरण

  • सम्बन्धीत फोटो
    मिलन बि.क
  • सम्बन्धीत फोटो
    मिलन बि.क
  • सम्बन्धीत फोटो
    मिलन बि.क
  • सम्बन्धीत फोटो एम्बुलेन्स
    मिलन बि.क
    उपस्थित मानिसहरु
  • सम्बन्धीत फोटो एम्बुलेन्स
    मिलन बि.क

त्यस्तै जिल्लाका विभिन्न गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा रामेछाप जिल्लाको मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकालाई चार वटा एम्बुलेन्स र एक शव बहान वितरण गरिएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि कान्छाराम तामाङले ब्यक्तिगत लगानीमा खरिद गरि जिल्लाका विभिन्न गाउँपालिकामा रहेको नागरिकको सेवामा विस्तार र सहयोग पुगोस भनि एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । तामाङले गत निर्वाचनमा रामेछापबाट प्रतिनिधिसभा निर्वाचमा पराजित भएपनि निर्वाचन उठ्दा गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स र शव बहान वितरण गर्नुभएको हो ।

पार्टी प्रवेश

  • सम्बन्धीत फोटो
    मिलन बि.क
  • सम्बन्धीत फोटो
    मिलन बि.क
  • सम्बन्धीत फोटो
    मिलन बि.क
  • सम्बन्धीत फोटो
    मिलन बि.क
  • सम्बन्धीत फोटो
    मिलन बि.क

कार्यक्रमा जिल्लाका विभिन्न गाउँपालिकामा विगतमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध रहेका र नेकपा परित्याग गरि कांग्रेसमा केहि नेकपाका कार्यकर्ता प्रवेश गरेका थिए । जसमा ईश्वर कार्की, विर बहादुर थोकर र विष्णु कार्की रहेका छन् । उनीहरुलाई पार्टी सभापती देउवाले कांग्रेसमा उज्वाल भविष्यको कामना गर्दै पार्टी प्रवेश गराउनुुभएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मान्छे दैनिक एक घण्टा अरुको कुरा काट्छन,सत्यता हर्नुस्

Next Post

दोस्रो रामेछाप महोत्सवको तयारी पूरा : उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने

Next Post
दोस्रो रामेछाप महोत्सवको तयारी पूरा : उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने

दोस्रो रामेछाप महोत्सवको तयारी पूरा : उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...