Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको गौरीशंकर र कुशेश्वर मावि २० नमुना विद्यालयमा छनोट : ११ करोड २० लाख बजेट विनियोजन

Milan Ghimire by Milan Ghimire
February 6, 2020
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार
0
रामेछापको गौरीशंकर र कुशेश्वर मावि २० नमुना विद्यालयमा छनोट : ११ करोड २० लाख बजेट विनियोजन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

माघ, २३,

रामेछाप । रामेछाप जिल्लाका दुइ विद्यालय प्रदेशको नमुना विद्यालय बन्नको लागि छनोटमा परेका छन् । रामेछाप जिल्लाको रामेछाप नगरपालिकास्थित गौरिशंकर मावि र सुनापाती गाउँपालिकास्थित कुशेश्वर मावि जिल्लाबाट नमुना विद्यालय बन्नको लागि छनोटमा परेका हुन ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशमा नमुना विद्यालय विकासका लागि ११ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले यस वर्ष प्रदेशभरीका जम्मा २० वटा विद्यालयलाई नमुना विद्यालय विकास योजनामा छनोट गरेको छ । जसमा चितवनको तीन वटा,रामेछाप, धादिङ, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक भने दुई – दुईवटा विद्यालय छनोटमा परेका छन् ।


त्यस्तै, नुवाकोट, भक्तपुर, ललितपुर, काठमाडौं र दोलखा जिल्लाको भने एक–एकवटा विद्यालय नमुना विद्यालय विकास योजनामा परेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयका योजना तथा कार्यक्रम शाखा प्रमुख रुद्रहरी भण्डारीले जानकारी दिनुभयो । प्रदेश सरकारको नमुना विद्यालय विकास योजनामा १२ वटा जिल्लाबाट छनोट भएका विद्यालयहरुमा चितवनको तीनवटा विद्यालय जन जीवन मावि माडी, वीरेन्द्र आदर्श मावि, राप्ती र भिमोदय मावि कालिका छनोटमा परेका छन्।


यस्तै, मकवानपुरको मनहरी गाउँपालिकामा रहेको महेन्द्रकिरण मावि, र मकवानपुरगढी गाउँपालिकामा रहेको भानु मावि मक्रान्चुलीलाई बागमती प्रदेश सरकारले नमुना विद्यालय विकास योजनामा समावेश भएको छ।


यस्तै, नुवाकोटको मुकुन्देश्वरी मावि, ललितपुरको फुलचोकी मावि, धादिङको आदर्श मावि र जनकल्याण मावि, भक्तपुरको बागेश्वरी मावि, सिन्धुलीको श्री मावि र जनज्योती मावि, काभ्रेको खाँडादेवी मावि र आजाद मावि, सिन्धुपाल्चोकको सिद्धी गणेश मावि र इन्द्रेश्वरी मावि, काठमाडौंको गान्धी आदर्श मावि, दोलखाको कालिञ्चोक मावि रहेका छन्। केन्द्र सरकारले भने नमुना विद्यालय विकासको योजना आर्थिक वर्ष २०७५÷०७६ मा नै सुरु गरेको हो ।


जसमा दुई सय २२ वटा विद्यालयलाई योजनामा समावेश गरिएको थियो । जसमा मकवानपुर जिल्लाका महेन्द्र मावि, जनप्रिय मावि, चन्द्रोदय मावि र आधुनिक राष्ट्रिय मावि गरी चारवटा विद्यालय छनोटमा परेका थिए । यी विद्यालयमा हाल संरचना निर्माणको कार्य भइरहेको छ । बागमती प्रदेश सरकारले गुणस्तरिय शिक्षा विकासको लागि शैक्षिक सामग्री, गतिविधि र मनोविज्ञानमै परिवर्तन गर्नु जरुरी भन्दै नमुना विद्यालय छनोट गरेको हो ।

प्रदेश सरकारकाले तोकेको मापदण्ड पूरा भएको विद्यालयलाई छनोट गरेको भण्डारीले बताएका छन् । मापदण्डमा विद्यालयमा पर्याप्त जग्गा, विद्यार्थी संख्या, शैक्षिक उपलब्धी, शिक्षक ९विद्यार्थीको अवस्था, माध्यामिक विद्यालय हुनुपर्ने शैक्षिक स्थिति, विद्यालय रहेको समुदायमा विद्युत् र इन्टरनेटको सुविधा हुनु पर्ने, सामुदायको तत्परता, विद्यार्थीको सिकाइ० राम्रो र विकास गर्न सक्ने क्षमता भएको विद्यालय हुनु पर्नेलगायतका पक्षहरुको मुल्यांकन हुने छ।
उक्त मुल्यांकनको आधारमा विद्यालय छनोट गरिएको बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ। गुरु योजनालाई नै ६ लाख शिक्षा विकास निर्देशनालयको अनुसार छनौट भएको विद्यालयको विकासको लागि भन्दै प्रदेश सरकारले प्रत्येक विद्यालयलाई नमुना विद्यालय विकास गुरुयोजना निर्माण रकमु भन्दै ६ लाख रुपैयाँ बजेट पठाइसकेको छ । विद्यालयलहरुको गुरुयोजना निर्माण गर्न सरकारले नै ठूलो रकम उपलब्ध गराउने निर्णय गरेको निर्देशनालयले जनाएको छ ।

छोनोटमा परेका विद्यालयहरु

छोनोटमा परेका विद्यालयहरु

यस्तै, गुरुयोजनापश्चात नमुना विद्यालयलाई यो चालु आर्थिक वर्षमै ५० लाख बजेट पठाउने तयारी गरेको निर्देशनालयका प्रमुख रुद्रहरी भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार आउँदा आर्थिक वर्षहरूमा भने विद्यालयले तयार पारेको गुरुयोजनाअनुसार मात्रै बजेट विनियोजन हुने छ।

उहाँले दिएको जनकारी अनुसार विद्यालयहरूले आ–आफ्नो विद्यालयको नमुना विद्यालय विकासका लागि गुरुयोजना तयार पारेर शिक्षा विकास निर्देशनालयमा पेश गरिसकेका छन् । अब ती गुरुयोजनाको निर्देशनालयले मुल्यांकन गरी विद्यालयलाई स्थानीय सरकारसँग स्वीकृति लिएर काम अगाडि बढाउन निर्देशन दिने छौ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुंगामा मकै बिउको अभाव,

Next Post

मान्छे दैनिक एक घण्टा अरुको कुरा काट्छन,सत्यता हर्नुस्

Next Post
मान्छे दैनिक एक घण्टा अरुको कुरा काट्छन,सत्यता हर्नुस्

मान्छे दैनिक एक घण्टा अरुको कुरा काट्छन,सत्यता हर्नुस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...