रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन भइरहेको दोस्रो रामेछाप महोत्सवमा आज (मंगलबार) चर्चित गायिक सपना थापा आउने आयोजक रामेछाप उद्योग बाणिज्य संघका सचिव तथा मनोरञ्जान समितिका संयोजक सुरेश उदाशले जानकारी दिनुभयो । त्यस्तै भोली चर्चित गायिक तथा मोडल ज्योती मगरको प्रस्तुती रहने आयोकले जनाएको छ । रामेछापको गौरव र गरिमामय प्रस्तुती रामेछाप महोत्सव एक बर्ष अगाडीदेखी आयोजना हुँदै आएको छ । साथै उहाँले गत सोमबार १२ सय भन्दा माथीको टिकट बिक्री भएको जानकारी दिनुुभएको छ । जारी मोहत्सवमा गत शनिबार सबैभन्दा धेरै ६ हजारभन्दा बढीले अवलोकन गरेका थिए ।
सपनाको गीत र्हेनुस
आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने, जिल्ला भित्रका विभिन्न जात जातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन, हेलिकप्टरबाट मन्थली शैलुङ भ्रमण उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी, तामाकोसी नदिमा ¥याफ्टिङग सेवा, स्थानीय तथा राष्ट्रिय कलाकारबाट गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन भैरहेका छन् । जारी महोत्सवमा ४७ लाख २० हजार खर्च हुने आयोजकको अनुमान छ । गत फागुन ६ गतेबाट सुरुभएको मोहत्सव आगामी फागुन १५ गते सम्म चल्ने छ ।