Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

के-के मा असर प¥यो कोरोनाको प्रभाव रामेछापमा, स्थगित भएका कार्यक्रमकाे पूर्ण पाठसहित

Milan Ghimire by Milan Ghimire
March 21, 2020
in जनता स्पेसल, फिचर, विचार, शिक्षा, स्वास्थ्य
0
के-के मा असर प¥यो कोरोनाको प्रभाव रामेछापमा, स्थगित भएका कार्यक्रमकाे पूर्ण पाठसहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, ०८

रामेछाप । विश्वभरी अतङको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले अहिले विश्व आतङकित बनेको छ । यो समाचार तयार पार्दा सम्म १ सय ७० देशमा फैलिएको छ । कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ हजारको मृत्यु भैसकेको छ भने साँढे २ लाख मानिस संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटलीमा २४ घण्टामा ६ सय २७ जनाको ज्यान गएको छ । योसँगै इटलीमा ज्यान गुमाउनेको संख्या आज बिहानसम्ममा चार हजार ३२ पुगेको छ । यस्तै २४ घण्टामा पाँच हजार ९ सय ८६ जनामा संक्रमण पुष्टि भएर संक्रमितको संख्या ४७ हजार २१ जना पुगेको छ ।
यसैगरी, नेपालसँग खुल्ला सिमा रहेको देश भारतमा पनि संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएर भारतमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने एकै दिन ४० जनामा संक्रमित पुष्टि भएर संक्रमितको संख्या दुई सय ४९ पुगेको छ ।
भारतका २२ राज्यमा कोरोना फैलिएको छ । महाराष्ट्रका चार शहर मुम्बई, पुने, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लक डाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ ।
यस्तै, अमेरिकामा पनि पछिल्लो २४ घण्टामा ५७ जनाको ज्यान गएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या शनिवार बिहानसम्ममा दुई सय ६४ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या १९ हजार ६ सय ४० पुगेको छ । यस्तै इरानमा एकै दिनमा एक सय ४९ जनाको ज्यान गएर ज्यान गुमाउनेको संख्या एक हजार चार सय ३३ पुगेको छ ।
स्पेनमा पनि शनिबार बिहानसम्ममा एक हजार ९३ जनाको ज्यान गएको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा पछिल्लो एक दिनमा थप सात जनाको ज्यान गएको छ । ४१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
चीनमा अहिलेसम्म तीन हजार दुइ सय ५५ जनाको ज्यान गएको छ भने ८१ हजार आठ जना संक्रमित मध्ये ७१ हजार ७ सय ४० जना निको भएर बिरामीको संख्या ६ हजार १३ मा झरेको छ । शनिवार बिहानसम्म १ सय ८५ देश र एउटा पानीजहाजमा गरी २ लाख ७६ हजार १०४ जना संक्रमित भएकोमा ११ हजार ४०२ जनाको ज्यान गैसकेको छ । ९१ हजार ९५२ जना उपचारपछि निको भएका अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।
यता रामेछापमा पनि तत्कालिन अवस्थामा जिल्ला प्रशासन तथा नेपाल सरकारको निर्देशन अनुुसार विभिन्न कार्यक्रमहरु स्थगित भएका छन् । कोरोना भाइरस नियन्त्रण गर्ने २५ जना भन्दा बढी मानिस भेला हुन नपाइने भएपश्चात जिल्लाका पूर्व निधारित विभिन्न कार्यक्रमहरु स्थगित भएका छन् । सामाजिक संजालमा देखीएका कार्यक्रम स्थगित गरिएका बारेमा सुचना जस्ताको तस्तै ः

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव एक महिना धकेलियो

२०७६ चैत ६ बिहीबार ०७ ः ३६ ः००
नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा अधिवेशन एक महिना पर धकेलिने भएको छ । यही २८ र २९ चैतमा तोकिएको महासंघको साधारणसभा कोरोना भाइरसको महामारीका कारण जेठको पहिलो साता गर्ने तयारी भएको छ । बिहीबार बस्ने महासंघको पदाधिकारी बैठकले चुनाव सार्ने निर्णय लिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । ‘चुनाव जेठको ८ देखि १० गते गर्ने मोटामोटी सहमति भइसकेको छ,’ उनले भनिन्, ‘बिहीबारको बैठकले निर्णय गर्नेछ ।’

यसअघि कोरानाको महामारी नियन्त्रण, न्यूनीकरण तथा व्यवस्थापनमा जुट्नुपर्ने निजी क्षेत्र चुनावमा रुमल्लिएको भन्दै आलोचना भएको थियो । जसले गर्दा महासंघलाई चुनाव सार्न सरोकारवालाले दबाब पनि दिँदै आएका थिए । महामारी त्रास फैलँदै गएपछि चुनाव सार्ने निर्णयमा पुगेको उनले बताइन् ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले धार्मिक तथा सांस्कृतिक कार्यक्रम स्थगित गर्न र २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ । समितिको सो निर्णयपछि चुनाव सार्न महासंघ बाध्य भएको हो । तर, सरकारी निर्णय आउनुअघि नै नागरिक तथा सामाजिक दायित्व बोध गर्दै चुनाव सार्ने सहमति गरिसकेको उनले बताइन् ।

यस्तो अवस्थामा ७७ जिल्लाकै १५ सय प्रतिनिधि सहभागी हुने साधारणसभा रोक्नुको विकल्प नरहेको महासंघका एक अधिकारीले बताए । ‘यत्रो ठूलो सहभागिता हुने साधारणसभा रोक्नुको विकल्प थिएन, अहिलेको प्राथमिकता चुनाव र साधारणसभाभन्दा पनि महामारीको प्रभाव न्यूनीकरण तथा व्यवस्थापन हो,’ उनले भने, ‘जब हामी रहन्छौँ, तब मात्रै महासंघ रहन्छ, त्यसैले स्थगित गर्ने भएका हौँ ।’

सरकारलाई मास्क र सुरक्षा सामग्री

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारलाई मास्क तथा व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पुर्या उन महासंघले १० हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण सरकारलाई दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा महासंघ अध्यक्ष भवानी राणाले उद्योगमन्त्री लेखराज भट्टलाई ती सामग्री हस्तान्तरण गरिन् । अहिलेको जटिल परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले अगाडि बढाएका कार्यक्रममा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मास्क तथा व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण हस्तान्तरण गरेको उनले बताइन् । सहयोग कार्यलाई थालनी गरेको र यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरिन् । साभार : नबिन के सि

हेर्नुस सामाजिक संजालमा के-के देखीयो

हामीले रामेछाप जिल्लाका आठ वटै स्थानीय तहहरुको अन्लाईन ओएव साइटमा देखीएको जस्ताको तस्तै र जिल्लाका विभिन्न राजनीतिक तथा वाणिज्य संघमासम्मा परेको प्रभाव बारेमा सुचना हेर्नुस

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने रामेछापका युवक पक्राउ

Next Post

मायाँलाइ देख्न मन लाउँछ, रामेछापेली सर्जको गीत सार्वजनिक (भिडियो सहित )

Next Post
मायाँलाइ देख्न मन लाउँछ, रामेछापेली सर्जको गीत सार्वजनिक (भिडियो सहित )

मायाँलाइ देख्न मन लाउँछ, रामेछापेली सर्जको गीत सार्वजनिक (भिडियो सहित )

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...