- गजल १
- भएन केहि उपलब्धि तिम्रो तस्बिर हेरेर ।।
झन् के नै होला र सधैंभरि मन्दिर हेरेर ।। - अचेल यो दुनियाँ यति स्वार्थि भइसक्यो
मात्र ताली बजाउँछन अर्काको पीर हेरेर ।। - लाज सरम खै कता गए यो कलियुगमा
मुख मिठ्याउछन् नारीको शरीर हेरेर ।। - अचेल मन मिले बिहे जहिले गर्दा नि हुन्छ
जमाना गइसक्यो बिहे गर्ने मंसिर हेरेर ।। - डाक्टर धामी झाक्रिको अन्तिम निष्कर्ष
यमराज खुुशि हुदैं छ रे मेरो तक्दिर हेरेर ।।
- गजल २
- बनाउन तिम्रो सुन्दर संसार भोलिको लागि ।।
त्यसैले नै गरे टाढिने बिचार भोलिको लागि ।। - पाउनु मात्र पनि त माया हुँदै होइन नि सानू
याद नै हो मेरो बांच्ने आधार भोलिको लागि ।। - कुनै निर्णय यस्तो पनि गर्नुपर्छ हामिले यहाँ
नाध्न हुँदै हुन्न घरको सङ्घार भोलिको लागि ।। - हो, यहि भनेर नै मन बुझाएको हुं तिमि बिना
केही न केही गुमाउनै पर्छ यार भोलिको लागि ।।
- गजल ३
- लाखौं युवा छन बेरोजगार अब त केही गर ।।
कति मौन बस्छौ सरकार अब त केही गर ।। - पैसाको लागि मान्छे बेच्न थालिसके अचेल
समातेर ती हात हतियार अब त केही गर ।। - समातिन्छन निर्दोषहरु विना कुनै कसुर यहाँ
समातिदैनन दोषको हकदार अब त केहि गर ।। - भत्काईन्छन यहाँ लाखौं सुकुम्बासीका घर
हटाईदैन किन यहाँ दरबार अब त केही गर ।। - खै कसरी बसेका छन गरिब जनता चुपचाप
बारम्बार सहेर यो अत्याचार अब त केही गर ।।





