Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

व्यापारी र सरकार गम्भिरता पूर्वक लागि सही निचोड निकाल्नु आजको आवश्यकता हो

जनता भ्वाइस by जनता भ्वाइस
May 23, 2020
in विचार
0
व्यापारी र सरकार गम्भिरता पूर्वक लागि सही निचोड निकाल्नु आजको आवश्यकता हो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक विविधता, मनोरम कलाकृतिले मात्र हैन अतिथि देवो भवः को हाम्रो व्यवहारले संसार भरको घुम्नैपर्ने दशओटा देशको सूचिमा नेपालले आफूलाई उभ्यायको छ । संसारभरका मानिसको मन मस्तिष्कमा भू–स्वर्गको रुपमा स्थापित हाम्रो मुलुकका होटलहरु पर्यटकको दोस्रो घरका रुपमा बिकास भएका छन् ।
आदिमकाल देखि नै पाहुनाको सेवामा आफूलाइ समर्पण गर्दै आएको हाम्रो मुलुकले विगत केही दशकदेखि मात्र यसलाई व्यवसायिकीरण गर्दै आएको छ । पछिल्लो समय सरकारले आफ्ना नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दा “मुलुकको आर्थिक विकासको मेरुदण्ड पर्यटन विकास” हो भन्नुले नै मुलुकमा पर्यटन उद्योगको औचित्य र आवश्यकतालाई पुष्टि गर्दछ ।

विकसित भनिएका मुलुकलेसम्म सहन नसक्ने आर्थिक क्षति व्यहोरी रहेको अवस्थामा हाम्रो जस्तो विकासोन्मुख मुलुकले यसको ठूलै मूल्य चुकाउनु पर्ने निश्चित छ ।


स्वदेशी लगानी र स्वदेशी श्रमिकको उपयोग गरी स्थापित भएको होटल तथा पर्यटन उद्योगले केही हदसम्म भएपनि बेरोजगारी समस्यालाई समधान गरि मुलुक विकासको मूल प्रवाहमा आफूलाइ समर्पित गरेको छ ।
सुलभ मूल्यमा स्तरीय होटलको विकासमा जुटेका होटल व्यवसायीले “पर्यटकका लागि स्तरीय होटलको लागि आम पर्यटक” भन्ने नाराका साथ आफूलाई तयारी राखिरहेका थिए । कोरोना महामारीको कारण मुलुकले हर्षोउल्लास साथ मनाएको नेपाल भ्रमण वर्ष २०२० स्थगन गरी मुलुकमा बन्दाबन्दीको घोषणा गरियो । यो घोषणाले होटल तथा पर्यटन व्यवसायीहरु आफू व्यवसायीक रुपमा असुरक्षित महसुस गर्न लागेका छन् । संसारभर नियन्त्रणभन्दा बाहिर रहेको कोरोना भाइरस महामारी तुरुन्तै नियन्त्रणमा आउने सम्भावना नदेखिनु पटक पटक बन्दाबन्दी थपिरहनुले व्यवसायीमात्र हैन आम नागरिक त्रसित छन् ।


विकसित भनिएका मुलुकलेसम्म सहन नसक्ने आर्थिक क्षति व्यहोरी रहेको अवस्थामा हाम्रो जस्तो विकासोन्मुख मुलुकले यसको ठूलै मूल्य चुकाउनु पर्ने निश्चित छ । सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साथ अगाडि बढिरहेको हाम्रो मुलुक सामू यो महामारी अवरोध बनेर उभिएको छ ।
यसले व्यवसायी व्यवसायबाट पलायन हुने खतरा मात्र निम्त्यायको छैन बेरोजगारी र भोकमरीको समस्यालाई समेत सँगै लिएर आएको छ ।

यसले व्यवसायी व्यवसायबाट पलायन हुने खतरा मात्र निम्त्यायको छैन बेरोजगारी र भोकमरीको समस्यालाई समेत सँगै लिएर आएको छ ।


संसारभरका पर्यटकलाइ मध्यनजर गरी बेला बेलामा पर्यटन वर्ष मनाएर संसारभरका पर्यटकको ध्यान नेपालतर्फ खिच्न प्रयत्नशील हुनु आफैँमा सरहानीय कार्य हो । सन् २०२० लाई नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरेसँगै होटल तथा पर्यटन व्यवसायमा व्यवसायिक रुपमा सफल हुने आशा बढ्दै गएको थियो । नेपाल भ्रमणवर्ष २०२० लाई सफल पार्ने सरकारी घोषणालाई साथ दिँदै व्यवसायीहरु सोही अनुरुप होटेल व्यवसायको स्तर उन्नतिको लागि अरबौँ लगानी गरि स्वदेशी तथा विदेशी पाहुनालाई पर्खिरहेका थिए । देश हर्षोल्लास साथ भ्रमण वर्ष मनाउन जुटिरहेको थियो । यो खुशी हाम्रो लागि धेरै समय टिकिरहन सकेन । छिमेकी मुलुक चीनको बुहान प्रान्तमा देखापरेको कोरोना भाइरसले तिव्रगतिमा संसारभर आफ्नो साम्राज्य विस्तार गर्दै जाँदा नेपाल पनि अछुतो रहन सकेन । यसको गम्भिर प्रभाव नेपाली होटल तथा पर्यटन व्यवसायमा पर्यो नै ।

व्यवसायिक जोखिमलाई मध्यनजर गरि उच्च, मध्यम र न्यून जोखिम भएको क्षेत्रको पहिचान गरी उद्योग व्यवसायलाई पुनर्जीवन दिन ‘रोडम्याप’ तयार पारी सोही अनुरुप बैंक तथा वित्तिय क्षेत्रबाट न्यून व्याज दरमा बिनाधितो कर्जा लगानी गर्न सके व्यवसायी पलायन हुने समस्या टर्ने मात्र हैन नयाँ रोजगारी सिर्जना गर्न समेत टेवा पुग्दछ ।


हाम्रो जस्तो विकासोन्मुख मुलुक एकातर्फ हाल नियन्त्रण बाहिर रहेको कोरोना महामारीसँग लडिरहेको छ भने अर्को तर्फ आफूलाई राष्ट्रियताको लडाइँमा समाहित गरिरहेको छ । यो महावित्तिको घडीमा आफूलाई असल छिमेकी भन्नेले नै सीमा रेखा मिचेर स्वाधिन राष्ट्रको भूमिप्रति धावा बोलिरहेको छ । यो कुनैपनि हालतमा हामी नेपालीको लागि क्षम्य हुन सक्दैन । यस्तो विषम् परिस्थितिमा व्यवसायलाई सवल रुपमा माथी उठाउनु चुनौतिपूर्ण कार्य हो । यो बेला हामी व्यापारी र सरकार गम्भिरता पूर्वक लागि सही निचोड निकाल्नु आजको आवश्यकता पनि हो । हाम्रा सामु यत्रतत्र समस्या नै समस्या छन् । समस्याबाट भाग्नु समधान हैन नयाँ समस्या जन्माउनु मात्र हो । यो विषम् परिस्थितिलाई धैर्यतापूर्वक समाधान गर्नु हाम्रो बुद्धिमानी हो । स्वोदेशी उद्योगमा स्वदेशी श्रम लगानी गरि राष्ट्रिय पूँजीको संरक्षण गर्न औद्योगिक र व्यवसायिक नीति निर्माण गर्नु आजको आवश्यकता हो । व्यवसायिक जोखिमलाई मध्यनजर गरि उच्च, मध्यम र न्यून जोखिम भएको क्षेत्रको पहिचान गरी उद्योग व्यवसायलाई पुनर्जीवन दिन ‘रोडम्याप’ तयार पारी सोही अनुरुप बैंक तथा वित्तिय क्षेत्रबाट न्यून व्याज दरमा बिनाधितो कर्जा लगानी गर्न सके व्यवसायी पलायन हुने समस्या टर्ने मात्र हैन नयाँ रोजगारी सिर्जना गर्न समेत टेवा पुग्दछ । तसर्थ स्वदेशी पूँजीको रक्षा र मुलुक विकासको खातिर नेपाल सरकारले सोच समझपूर्ण कदम उठाउनु जरुरी छ ।


(लेखक होटल तथा पर्यटन व्यवसायीसंघ महोत्तरीका सचिव हुन् । )

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा थप एकमा आरडिटी पोजेटिभ : संख्या ६ पुग्यो

Next Post

भएन केहि उपलब्धि तिम्रो तस्बिर हेरेर

Next Post
भएन केहि उपलब्धि तिम्रो तस्बिर हेरेर

भएन केहि उपलब्धि तिम्रो तस्बिर हेरेर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.