Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बन्दी घरको कैदी जस्तै बेहाल भयो जीवन-तीर्थराज जोशी

जनता भ्वाइस by जनता भ्वाइस
June 2, 2020
in साहित्य
0
बन्दी घरको कैदी जस्तै बेहाल भयो जीवन-तीर्थराज जोशी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

गजल १


  • न बगेरै किनाराको छाल भयो जीवन
    रित्ता दिन र महिनाको साल भयो जीवन
  • न ठोक्किदै कति ठाउँमा लडेछु है म त
    गतिहीन र शुन्यताको चाल भयो जीवन
  • उचाइमा त पुग्नै पर्ने रहरहरु थिए
    जेलिएको माकुराझैँ जाल भयो जीवन
  • फुल्न खोजेँ पर्खालभित्र छोपिएछु कतै
    बन्दी घरको कैदी जस्तै बेहाल भयो जीवन
  • बग्न खोजेँ सधैं सधैं एकान्तको बाटो
    सङ्लो मनमै धमिलिने ताल भयो जीवन


गजल २

  • कहिले वामको कुरा कहिले दामको कुरा
    कहिले चल्छ यहाँ गोप्य खामको कुरा
  • छहारीमा बसेकाहरु जुरुक्क उठ्छन्
    अचानक चल्छ अनि चर्को घामको कुरा
  • विकास उत्थान र प्रगतिको वास्ता छैन
    सत्ता, शक्ति अनि आफ्नै नामको कुरा
  • जुट्ने, फुट्ने नगरी सबै मिले हुन्थ्यो नि
    शान्ति, विकास र साझा कामको कुरा


गजल ३

  • फुल्न जाने यहाँ सार हो जिन्दगी
    भुल्न थाल्यो भने झार हो जिन्दगी
  • हुन्छ ढुङ्गो त पर्खालमा राखिँदा
    कुँद्न जाने कलाकार हो जिन्दगी
  • पंक्षी झैँ खेल स्वच्छन्द आकाशमा
    उड्न मानेन ता भार हो जिन्दगी
  • खेल मैदान यो रंगको नृत्य हो
    नाच्न जानेन ता धार हो जिन्दगी
  • युद्ध सङ्केतका छन् हजारौँ ध्वनि
    मौनतामै बसे हार हो जिन्दगी
  • बल्छ बत्ती उता जन्म जन्मान्तर
    कर्म सञ्चारको तार हो जिन्दगी

गजल ४

  • शान्त बस्तीमा पुग्ने रहर थियो
    गाउँबाट केही टाढाको सहर थियो
  • तिमीले पठाएको पत्र खोलेर हेरेँ
    शब्द समेटिएको त्यो जहर थियो
  • आँसु खसाल्दै हेरेँ त्यो तिम्रो पत्र
    आरोप लगाएका अक्षरहरुको लहर थियो
  • पढेकै थिएँ तिम्रा हरेक पत्रहरु
    यसपालि त धोका दिइछौ भन्ने ठहर थियो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालका नेताहरु बिराला हुन्, जो दूधको साक्षी बसेका छन्

Next Post

मन्थलीको क्वारेन्टिनमा बस्नेहरुलाइ (Wi-fi) र ब्याम, राहत बितरणको काम के हुदै छ ? भिडियोसहित

Next Post
मन्थलीको क्वारेन्टिनमा बस्नेहरुलाइ (Wi-fi) र ब्याम, राहत बितरणको काम के हुदै छ ? भिडियोसहित

मन्थलीको क्वारेन्टिनमा बस्नेहरुलाइ (Wi-fi) र ब्याम, राहत बितरणको काम के हुदै छ ? भिडियोसहित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.