सुर्यको पहिलो मिठो किरण भर्खरै पृथ्वीलाई स्पर्श गर्दै थियो । चराहरूका सुमधुर स्वरहरुले बिहानीलाई स्वागत गर्दै थिए । म अझै तन्द्रा मै थिए । घर नजिकै को एम्बुलेन्सको चर्को आवाजले मेरो निन्द्रा भङ्ग हुन्छ ।
उफ !बिहान-बिहानै कस्लाई के भएछ ??म जुरुक्क उठे, झ्यालको पर्दा सरर खोलेर बहिर हेरे । मेमोशा भाउजुको आगनमा मान्छेहरुको भिड देखे । एम्बुलेन्स पनि त्यही रोकियो । म झसङ्ग भए अहो ! के भएछ ? दाई धेरै पिउनु हुन्थ्यो बिरामी पर्नु भएछ कि के हो??
रमेश दाई र मेमोशा भाउजु मेरो सामुन्ने घर अगाडिको छिमेकी तर छिमेकी भन्दा बढी मेमोशा भाउजु मेरी मन मिल्ने साथी, बाँया पट्टी आर्यनको डेरा ,उनी बिध्यार्थी अनि मसंगै एउटै अफिसमा काम गर्ने मेरो साथी पनि ।
म हतार -हतार लुगा फेरेर दौडन्छु भाउजुको घर तर्फ । गेट बाट भिड छिचोल्दै आगनमा मात्र के पुगे थे , मेरा आँखाहरु एउटा बिभत्स द्रिष्यमा गएर रोकियो । उफ् म सोच्नै सक्दिन । हात-गोडा थरथरी कामेर भित्ता समाइ उभिन्छु ।
यतिकैमा मेरी अर्की छिमेकी साथी रस्मीले बोलाइन् ।
अलिशा !!!तिमी त भर्खर पो आएकी ??
मैले भने – हो त रश्मी खास के भएको हो ??
रश्मीले भनी -खोइ अलिशा! आर्यन र रमेश दाई दुबैको लाश रगतले लतपतिएको भेटिएको छ रे!! अनी भाउजु पनि बेहोस , सिरियस अवस्थामा हुनुहुन्छ रे केही भन्न सक्ने अबस्थै छैन ।
म केही बोल्न सकिन । छाङ्गाबाट खसे झै हुन्छु । अनि भन्छु – उफ हिजो साझँ त म र भाउजु निकै बेर राम्रै गफ गरेर छुट्टीएका थियौ के यस्तो देख्नु पर्यो आज हे भगवान !!!!
यतिनै बेला मेमोशा भाउजुलाई स्टेचरमा हाली भित्र बाट निकालियो । एम्बुलेन्स तिर लादै गर्दा झुलुक्क देखे,उफ रक्तमुच्छेल अनुहार र लुगा पनि !!हेर्न नसकी मुन्टो मोडे अन्तै । मलाई नानीहरुले देखेछन परैबाट । दौडेर आए र झ्याम्म अङ्गालो हाली रोए । म भनेपछी सधैं पनि हुरुक्कै हुन्थे ।
नानी रुदै बोली – हेर्स्यो न आन्टी बाबा र मामुलाई के भयो??
मैले आखा भरी आसु पार्दै दुबैको आशु पुछ्दै च्याप्प समाइ रहे । बातावरण कोलाहल पूर्ण थियो । म के गरौ कसो गरौ केही सोच्नै सकीराको थिइन । एम्बुलेन्स दौडायो अस्पातल तिर । कसो -कसो गर्दा भित्र झ्यालतिर च्याउन पुगेछु । आङै जिरिङ्ग भएर आयो । उफ आर्यन रक्तमुच्छेल भएर लम्पसार लडिरहेका थिए अनि रमेश दाई आर्यनको छेउमा उस्तै अवस्थामा । अहो !!!कस्तो डर लाग्दो र हेर्नै नसकिने द्रिष्य !!!!!
के भएर यो अवस्था आई पुग्यो मेरो मनमा प्रश्नहरुको भेल उर्लियो । म धेरै बेर त्यहा बस्नै सकिन । रमेश दाइको आमालाई नानीहरु जिम्मा लगाइ घर फर्के ।दिनभरी नै अनुसन्धानको क्रम र सोध पुछ चली नै रह्यो । मान्छेहरुको हो-हल्ला कायमै थियो ।त्यहा हुँदा धेरैले अड्कल काट्दै कुरा कटिरहेका थिए । काम नहुनेले आज राम्रै सँग काम पाएका थिए ।
खाना खान मन पनि लागेन ।लागोस् पनि कसरी ?एक कप चिया मा टाटो मारे भोकलाइ ।केही गर्ने जागर पनि भएन । राती आँखा भरी बारम्बार तिनै जनाको अनुहार पालै -पालो आइ रह्यो । भाउजु र आर्यनले कुनै कुरा नलुकाइ भन्नु हुन्थ्यो मलाई । जीबनमा भाग्य अनी समयले कहिले , कहाँ के गराउछ कस्ले भन्न सकिने रहेछ र ???आज भाउजुले सुनाउनु भएको आर्यन सँगको पहिलो भेट झल्झली सम्झिदैछु म ।
माइती धरानबाट घर काठमान्डौ फर्किने क्रममा रात्री गाडीमा आर्यन र भाउजुको भेट भएको हो रे !आर्यन अफिसको काम बिशेषले धरान गएका थिए । भाउजु र नानी साझ बसपार्क पुग्दा बसहरु काठमान्डौ तिर हुइकिने तयारीमा चर्को स्वरमा कोलाहल पूर्ण हर्न बजाउदै गूड्न लागेको रहेछ ,ढिला पुग्दा झन्डै छुट्नु भएनछ । आर्यन अघी नै आफ्नो सिटमा बसिसकेका थिए । भाउजुको सिट आर्यनको सँगै परेछ । उनी पत्रीका पढिरहेका थिए । केही बेर पछी पत्रीका बिसाए अनी परिचय भयो । गाडी हुइकियो । उनी बोल्दै जान लागे । धरान निकै मन परेछ । खुब खुलेर प्रसन्शा गरे आर्यनले । मलाई आफ्नो माइती गाउँको तारिफ सुन्दा आनन्द लाग्यो ।
भेडेटार जादा त्यो नागबेली बाटोबाट देखिने धरानको दृष्य आहा !!चिसो अनि बादलुमा लुका मारी खेल्ने भेडेटारको सुन्दर प्रक्रीती मनै लोभ्यायो ,मौका मिले फेरी-फेरी आउने छु । बुढा सुब्बा देखी हरेक कुराको मज्जाले तारिफ गरे । मैले पनि खुब चाख मानेर सुनिदिए । चार कोसे झाडी तिर गाडी हुइकीरहदा , जङगल पातलिएकोमा निकै चिन्ता पनि प्रकट गर्दै थिए । हाम्रो देशको गौरब यो जङगल पनि एक हो भन्दै थिए ।
गाडीमा मलाई मात लाग्ने भएकोले अब म धेरै बोल्न गाह्रो मान्दै थिए । उनले कुरा बुजेछन क्यार नानी उस्को काखमा लिए । म सजिलो सँग बसे । ठाउँ-ठाउमा खाना खान अनि खाजा खाना गाडी रोकिदा हामी सङ्गै भयौ । घरी मलाई कागती पानी घरी चट्पटे त नानीलाई खोइ चक्लेट ,बिस्कुट के के किनेर ल्याइरहन्थे । म अचम्ममा परेकी थिए । आफ्नो लोग्नेले कहिले यती ख्याल गरेनन आज एक अन्जान ब्यक्ती आफ्नो भन्दा बढी मानेर हेल्मेलिएको छ ।
रातभरी नै उनी हाम्रो स्याहारमा सुत्न पाएनन् र पनि कत्ति नि झर्को नमानी खटिरहे । मलाई गाडीको दौडाइले मात लागेर म लठ्ठ भै निदाए । नानी पुरै उसैले सम्हाले । बिहानि पख काठमान्डौ पुगियो ।अचम्म र सन्जोक पनि कस्तो ??उनी त हाम्रै घर नजिकको डेरामा बस्दा रहेछन । त्यसैले एउटै ट्याक्सिमा हामी घरतिर लाग्यौ । मैले मेरो घर चिनाईदिए उनले आफ्नो । फुर्सद मा कुनै दिन चिया खान आउछु भन्दै बिदा भइ आफ्नो घर लाग्यौ र म पनि । भाउजुले कुरा सक्दा म निकै हासे थे वहाँ अच्म्म मान्दै सोध्दै हुनुहुन्थ्यो – किन यसरी हास्नु भा अलिशा नानी भनेर ?? मैले वहाँलाई आर्यनलाई पहिला नै चिनेको कुरा बताए त्यस्पछी वहाँ पनि मरि-मरी हास्नु भयो ।अब बिचरी भाउजुलाई थाहा होस् पनि कसरी ???
बिहान- बेलुका खाना बनाउ, घरको काम गर ,नानीहरुको स्याहार गर ,यतिमा दिन बित्थ्यो । आफ्नो घर संसार भन्दा अर्को दुनियाँ हेर्ने फुर्सद कहाँ र उहाँलाई अनि आर्यन पनि आफ्नै दुनियाँमा । कस्लाई कस्को वास्ता हुन्छ र काठमान्डौमा ??? सबै आ-आफ्नै ब्यस्थतामा ?को मर्दैछ ?को जन्मिदैछ थाहा हुन्न यहाँ !!!
धरानबाट फर्केपछिका दिनहरुमा हामी तीन जना प्राय साझ दैनिक गफ गाफ ,हासो ठट्टा गर्ने गर्थेयौ । आर्यन निकै राम्रा लक्का जवान पठ्ठो ठिटो, त्यस्तै २५\२६ को म उस्को समकालिन अनि भाउजु अधबैसे ३२\ ३३ को । आर्यन हेर्दै रहर लाग्दा कल्कलाउदो जवानी अनि उसको आफ्नै फरक पनको हाउभाउ र मोहानि लाउने रुपले जो कोहिलाई मोहित गर्नु खासै नौलो बिषय थिएन । म पनि उस्लाई निकै मन परऊथे तर भन्न कहिले सकिन र उस्ले मलाई कहिले त्यो नजरले हेर्दा पनि हेरेन । अलिक रिसाहा तर बुझकी ।भाउजु दुई सन्तानकी आमा भए पनि मिलेको शरीर गोरो अनि बान्कि परेकी, हामी भन्दा निकै राम्री दुइ सन्तानकी आमा भन्न नि नसुहाउने ,असल सिल्स्वोभाब र शान्त अनि नरम बोली ब्यवहार ।
रमेश दाई जागिरे भइकन पियक्कड,तास औधी खेल्ने ,बाहिर बाहिर केटीसँग मस्त हुने । बेलुका खुट्टा नटेक्न सक्ने गरी पिएर आउने घर । रमेश दाइले घर आएर कहिले शान्ती नदिने भाउजुलाई । बेलुका दैनिक कुट-पिट र झै झगडा गरेर रडाको मचाउने । भाउजु भन्दा झदै २० बर्ष जेठो रमेश दाई । ससुरा -बुहारी भन्न सुहाउने तर भाउजुले आफ्नो श्रीमानको बारेमा कहिले सिकायत गरेको पाईन मैले । दाइको रातदिनको कच-कच, कुट -पिट सहेर पनि कैले दु ;ख कही नपोख्ने ,दुखको सागर छातीमा लुकाउन सक्ने मेमोशा भाउजु ।
आर्यन पहिला त्यस्ता थिएनन। देश प्रति निकै चिन्तन गर्थे । आफ्नो देशलाई एक दिन स्वर्ग जस्तै हेर्ने उन्को इच्छा थियो। काठमाडौंको फोहोर प्रदुषण देखेर साह्रै चिन्तित हुन्थे र सधै उपाए के होला भनी सोचिरहन्थे । प्रकिर्ती प्रेमी उनी काठमान्डौको फोहोर देखेर निकै चिन्तित हुन्थे । पछी पानीको समस्या कसरी समाधान होला भनी म सँग प्राय चर्चा गरिरहन्थे तर उनमा आएको एक्कासीको परिवर्तनले म पनि निकै छक्क परेकी थिए ।
आर्यनले जब आफ्नो आँखाले देखे रक्सिमा धुत भै बिना कारण भाउजुलाई पिटेको ,त्यस पछी बाट उनी पागल झै हुन लागे । हाम्रो समाजको रुडी बादी कुराको खुब बिरोध गर्न लागे । कहिले काही मेरो घरमा हामी तीन जनाको भेट हुँदा कोमल शरीरमा निल – डाम लुकाउदै केही नभए झै भाउजुले दाइको दोष लुकाउने कोशीस गर्नु हुन्थ्यो । हामीले सोधेमा – लडेर -ठोक्किएको बाहाना सधैं हुन्थ्यो भाउजुको ।
भाउजुले कुटाइ खाएको दिन आर्यन मेरोमा आएर निकै रुन्थे ,चुरोट तान्दै आफ्नै हात भित्तामा हानेर आँफैलाई पनि दुखाउथे । भाउजु कुटाइ सहन नसकी चिच्याउदा मलाई गएर छुटाउन भनी पाउ पर्थे म कती पटक छुटाउन जादा दाइको अमिलो र छुरा जस्तो बचनले म जान चाहन्न थे। उनी यो सब हेर्न सुन्न नसकी छट्पटाउडै बट्टाको चुरोट सिनित्त पारी कोठा तिर जान्थे ।.म राती उनको कोठा नियाल्थे उनी रातै भरी धुवाको मुस्लो सँगै आकाश र मेमोशा भाउजुको घर नियाली रहेका हुन्थे । उनी भाउजुलाई साह्रै माया गर्थे ,अनि यस्तो देखेर सुत्न कसरी सक्थे र उनी ।
सायद भाउजुको बिजोक देख्दा उनलाई टिठ लाग्थ्यो । दिनभरी अफिसमा पनि भाउजुको कुरा गरेर कहिले अघाउदैन थे आर्यन, म छक्क पर्थे उनको यस्तो माया देखेर, न कुनै स्वार्थ न कुनै प्राप्ती, निस्वार्थ दिल बाट चाहन लागेका थिए उनले भाउजुलाई । मेमोशा भाउजुको सधैं कुरा गरिरहदा त कहिले काही मलाई पनि भित्र भित्रै जलन नभएको पनि हैन। तर उन्को चोखो मायालाई सम्झी मन बुजाए ।
दाइले पटक्कै वास्ता नगर्ने भाउजुलाई । निर्दई दाई रक्सिले धुत भै कुट्दा कती पटक हात भाचिदिन्थे त कती पटक टाउको फुटाइ दिन्थे । आर्यन यो देखेर झनै बिचलित हुन्थे र झन माया मा डुब्न पुग्थे सायद ।
सारा उपाचार गर्न उनी लान्थे भाउजु डराइ – डराइ जानु हुन्थ्यो । तर उनीहरु बिच शारिरीक् आकर्शण बील्कुलै थिएन । माया न हो जहाँ जो सँग जहिले पनि हुन सक्ने रहेछ । माया गर्न बिहे नभएका केटा केटी नै हुनु पर्छ भन्ने कहाँ हुने रहेछ र ?? अनि बिहे हुँदैमा माया पाउने र खुशी हुने यहाँ कती नै पो हुन्छन र ???
आर्यन म सँग भन्ने गर्थे -जिबन भर बिहे नगरी मेमोशा भाउजुलाई माया गर्दै सकेको साथ दिने अनि समाजले तोकेको साईनो मात्र साईनो हैन ,उनीसँग मेरो अद्रिश्य तर मिठो बेग्लै साईनो बनाइ राख्ने छु भन्थे । उनको दु:ख को साथी बन्न सकु, अरु म उनी बाट केही आशा राख्दिन । मैले कती पल्ट त आर्यन तिमी पागल नबन कती दिन तिमी साथ दिन्छौ? यो समाज यो दुनियाँ तिम्रो खिलाप हुनेछ ।
उनी भन्थे -हेर अलिशा मलाई दुनियाँको केही पर्बाह छैन जस्ले एउटा १४|१५ बर्षकी ,.. केटीलाई त्यस्तो बाउजस्तो मान्छेलाइ सुम्पन्छ,रात दिन यातना दिदा पनि केही नबोल्ने अनि भाग्यमा जे जस्तो भए पनि आफ्नो भाग्य हो भन्दै अर्काको फुल जस्तो जीबन बबार्द भएको हेर्न सक्ने समाज लाई म मान्दिन । उनको खुशी के खुशी हैन ?? उस्लाई हासेर बाच्ने के अधिकार छैन ??के गल्ती छ उनको ??पशु भन्दा गएको जीबन जिउदै छिन् । रातदिन को यातना,बहिरी खुशी के हो थाहा पनि छैन बिचरीलाई । उफ !!! भन्दै खुइया सुश्केरा हान्दै ठुलो सास फेर्थे उ ,रुढी बादी र कुरितिको कुर्लेर बिरोध गर्थे ।
आज तीन दिन पछी भाउजुको होस् खुलेको छ तर कसैलाई भेट्न दिइएन ,चार दिनको दिनमा प्रहरिको निग्रानीमा एकैछिन भेट्न पायौ । भाउजुको माइती पक्ष म अनि नानीहरु । उहाँ कोहिसँग केही बोल्नु भएन । प्रहरिको सोध्पुछ र अनुसन्धान पछी केस अदालतमा पुग्यो । भाउजुले आफ्नो बचाउमा केही बोल्न चाहनु भएन । दुनियाँ सब छक्क थिए ।..शंका नै शंका भरिएका थिए सबका मन मा । मैले पनि आफ्नो बचाउमा बोल्न धेरै कर गरे तर उहाँ कसैको एक सुन्ने पक्षमा हुनु भएन । हामी सबै हैरान भयौ । एक महिना सम्म केस चल्यो भाउजुको बचाउ पक्ष कम्जोर देखाउदै आर्यन र रमेश दाइको हत्यको आरोपमा उहाँलाई आजिबन कैद घोषणा सुनाइयो । उहाँलाई जेल लगियो हामी निराश भै घर फर्किन वाध्य भयौ । नानीहरु खुब रोएथे त्यो सब हेर्न नसकी म पनि धेरै भक्कनिन पुगे ।
राती अबेरसम्मा सोचे .।उफ कस्तो मान्छे कहाँ कसरी आज फस्न पुग्नु भो ?? रातभरी नै घरि भाउजुको अन्धकार घर त घरि आर्यनको कालो कोठा नियाल्दै बिगतमा हामीले सँगै बिताएका रमाइला पलहरु सम्झिदै आशु झार्दै टोलाइरहे अरु गर्न नै सके र ??
एक हप्ता पछी म भाउजुलाई भेट्न गए । मलिन अनुहार कमजोर शरीर ,बिचरी भाउजुलाई देख्नसाथ मेरा आँखाहरुमा आसु छचल्कियो । अलिशा नानी मेरो नानीहरु लाई कस्तो छ भनी सोध्नु भयो भाउजुले । म के भनी जवाफ दिन सक्थे ?बा _आमा बिनाको नानीहरुको हाल कसरी बताउन सक्थे र म?? कुरा टार्दै भने ठिकैछ भाउजु तपाईंलाई कस्तो छ ?? उहाँ केही नबोली मेरो हातमा एउटा कागज थमाएर जानु भो भक्कानिदै ।म पनि फर्किए ।घर आइ हतार हतार पत्र खोले । पत्र यस्तो थियो।
“बैनी अलिशा !!”
आभागि तिम्रो भाउजुको अबिरल सम्झना । हरेकसँग आफ्नो मनको ब्यथा पोख्न मन लागेन । पोखेर बुज्ने पनि त हुनु पर्यो नि हैन त ?तिमी सँग पनि साचो कुरा नलेखे , दुनियाँको सामु त दोषी भए भए ,तिमी र नानीहरुको लागि पनि कलंकीत हुनेछु। त्यसैले आफुलाई बचाउन त हैन नानीहरुको आँखामा म गलत थिइन भन्ने कुरा तिमीले बुझाउली भन्ने पूर्ण विश्वास्का साथ् त्यो दिनको यथार्त कोर्दैछु । घट्ना कसरी भयो भनेर सबै भन्दा तिमी अचमीत् भएकी छौ मलाई थाहा छ . ।
”त्यो दिन साझँ म तिमीसँग गफ्गाफ सकी छुटिएपछि घर आए र नानीहरुलाई गृहकार्य गर्न मद्दत् गरी खान पिन गराए र सुताए । काम सक्दा करिब रातको ११ बजिसकेको थियो ।दाई अझै आउनु भएको थिएन । म दाईलाई कुर्दै टि ;भी हेर्दै स्विटर बुन्दै पर्खिरहेथे । कारीब १२ बजे तिर दाई निकै पिएर आउनु भएछ । ठुलो स्वर सुनेर म गेट्सम्म गएर भित्र लिएर आए ।
अलिशा !!!
तिमीलाई त थाहै छ दाइको बानी । केही नबोली मैले खान पस्किए । तरकारी मिठो भएन भन्ने सानो निहु लिएर भाडाहरु हुर्याउन थाल्नु भो । मैले छिमेकीहरुले सुन्छन नानीहरु उठ्छन भनी लाख बिन्ती गरे । तर मान्नुको सट्टा झन झन चर्को स्वर ले कराउन लाग्नु भो ।
खोइ त्यो दिन सायद तिमी थाकेर गहिरो निन्द्रामा परेर थाहा पाएनौ होला वा सबैले सोचे होलान् ‘यो सधैंको घर झगडा हो ‘ ।एक्कासी दाइले खोर्सानीको धुलो मेरो आँखामा फालनु भएछ । म जलन भै सहन नसकी आतिएर चिच्याउन पुगेछु ,,,,,पानी ,,,,,पानी भन्दै ।
रुदै कराए पनि सबैले वास्ता गरेनन ….आर्यन सायद सुतेका थिएनन । “हुन हार दैब नटार ” मैले गेट बन्द गर्न भुलेछु हतारमा। ढोका पनि खूल्लै रहेछ । आर्यन कसरी आइपुगे म जान्दिन । कहिले मेरो घरको आगनमा सम्म पाइला नराखेका मध्य रातमा त्यसरी मेरो पिडा सुन्न नसकी आए होलान् सायद ।
म अझै भत् भति पोलेर पानी मागिरहेथे । उनले चिसो पानी छ्याप्दिए मेरो आँखामा र दाइलाई भने- ‘के गर्नु भएको दाई यस्तो ??” उस्को आवाजले म झन डराए, तर्सिए, अब दाइलाई के चाहिन्थ्यो र ??’के निहु पाउ कनिका पकाउ ”भैहाल्यो । बस आर्यन त्यहा आएकोले काम पुग्यो । आर्यनले मलाई धारामा छाडे अनि भन्न लागे – ‘दाइ !के भयो भोली कुरा गर्दा हुन्छ नि !आज सबै सुतेका छन ,किन तमासा गर्ने ?हुन त हजुरहरु को आपसी मामला हो म बिचमा आउन नहुने कृपया मलाई माफ गर्दिनु होला। “यती सुने आर्यनको मुखबाट ।आँखा धोइ फर्के केही बिसेक भए नि अझै पोल्न छाडेको थिएन ।
हतार हतार भान्सामा छिरे , दाई चर्किदै हुन्हुन्थ्यो आर्यन सङ्ग । दुइ थप्पड लाएको देखे। अनि आर्यनलाई तिमी गइहाल यो हाम्रो घरेलु मामला हो भने। यती के भन्न भ्याएको थिए, दाई दौडेर गएर ए तिमीहरुको चर्तीकला त बल्ल आज पो बुजे भन्दै तरकारी काट्ने धारिलो छुरा निकालेर आर्यनलाई जतासुकै प्रहार गर्न लग्नु भयो । म आत्तिए आर्यन रक्तपक्ष भए,रगतको भल देखेर मैले होस् गुमाए ।।
कथा : भाग्य आफ्नो आफ्नो
कथाकार : बनु श्रेष्ठ